होम / विषय

विचार

४ स्रोतबाट ४६ समाचार · पछिल्लो ९ घण्टा अघि

सबै समाचार

नयाँ पहिले
अनलाइनखबर विचार· १४ घण्टा अघिरेमिट्यान्सको कीर्तिमान र सङ्कुचित रोजगारीनेपालमा एकातिर रेमिट्यान्सको आप्रवाह ऐतिहासिक बिन्दुमा पुगिरहेको छ भने अर्कोतर्फ वैदेशिक रोजगारीका नयाँ ढोकाहरू सीमित हुँदै गएका छन्। यसले तत्कालका लागि परिवारको आर्थिक अवस्था र देशको विदेशी मुद्रा सञ्चिति बलियो देखिए तापनि दीर्घकालमा रोजगारी र उपभोगका लागि विदेशमै निर्भर रहनुपर्ने गम्भीर सङ्कटलाई उजागर गर्छ।नेपाल प्रेस चिन्तन· १६ घण्टा अघिविदेशमा रहेका नेपाली युवाको मानसिक स्वास्थ्यबारे गम्भीर बहस आवश्यकहामीले विदेश जाने सपना बेचिरहँदा त्यसको मूल्य पनि बताउनुपर्छ । हामीले कमाइको कुरा गर्दा त्यससँग जोडिएको मानसिक बोझको कुरा पनि गर्नुपर्छ । हामीले सफलताको कथा सुनाउँदा असफलता, एक्लोपन र पीडाका कथालाई पनि ठाउँ दिनुपर्छ ।Kathmandu Alley Cat· 1dDashain is in the airhaven’t spotted a ping yet, but there’s still timeMySansar· १ दिन अघिआफ्नो पक्षमा भए प्रमाण, विपक्षमा भए एआई !रास्वपा सांसद खगेन्द्र सुनारको भनिएका चारवटा अडियो सामाजिक सञ्जालमा भाइरल छन्। ती अडियोमा प्रयोग भएका शब्द, गालीगलौज र अभिव्यक्ति यति निकृष्ट छन् कि परिवारसँग बसेर सुन्नसमेत अप्ठ्यारो पर्छ। एउटा सामान्य परिवारको कुरा छाडौँ, साथीभाइसँग बसेर पनि ती अडियो सुन्न असहज हुन्छ। अझ एउटा अडियोमा किशोरजस्तो सुनिने आवाजले आफ्नै आमा र आफूमाथि लक्षित गालीगलौज सुनिरहेको प्रसङ्ग… Continue readingअनलाइनखबर विचार· १ दिन अघिहिउँ पग्लिँदै छ, जोखिमको नक्सा पनि बदल्नुपर्छपछिल्ला वैज्ञानिक अनुसन्धानहरूले माथिल्लो कर्णाली क्षेत्रमा हिमनदी खुम्चिँदै, हिउँ आवरण घट्दै र हिउँरेखा माथि सर्दै गएको देखाएका छन्। यी परिवर्तनले हिमालको स्वरूप मात्र होइन, तल्लो तटीय क्षेत्रको पानीको उपलब्धता, कृषि, जलविद्युत् र विपद् जोखिमसमेत बदलिँदै गएको स्पष्ट सङ्केत दिन्छन्।नेपाल प्रेस चिन्तन· १ दिन अघिआरक्षणको लाभ कसका लागि : सामाजिक न्याय कि सुविधाको पुस्तान्तरण ?आरक्षणभित्र पनि असमान प्रतिस्पर्धा उत्पन्न हुन्छ । समुदायगत प्रतिनिधित्व बढ्नु सकारात्मक उपलब्धि हो । तर आरक्षित समुदायभित्रै अवसर सीमित परिवारमा केन्द्रित हुन थालेको छ कि छैन भन्ने जाँच गर्न नसक्नु नीतिगत कमजोरी हो ।अनलाइनखबर विचार· १ दिन अघिएमालेमा एन्ट्रोपी, सङ्गठनात्मक क्षय र रूपान्तरणको प्रश्नराजनीतिक दललाई भौतिकशास्त्रको प्रयोगशालामा राखेर नाप्न सकिँदैन। तर समाजशास्त्र, सङ्गठनशास्त्र र राजनीतिशास्त्रका जटिल प्रक्रियालाई बुझाउन विज्ञानका केही रूपक अत्यन्त उपयोगी हुन्छन्; जस्तै- ऊर्जा र एन्ट्रोपी।अनलाइनखबर विचार· १ दिन अघिबेलायतमा कसरी लोकप्रिय बन्दैछ ‘होम एजुकेसन’ ?बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार घरमै पढाउने (होम एजुकेसन) अभ्यास बेलायतमा बढ्दै गएको छ। यसरी घरमै पढेका बालबालिकाले पछि कसरी विश्वविद्यालयसम्मको शिक्षा र योग्यता हासिल गर्न सक्छन् त ?अनलाइनखबर विचार· १ दिन अघिनदी किनारका बस्तीमाथि मडारिएको हिमाली सङ्कटरसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकीमा आएको लेदोसहितको विनाशकारी बाढीले हिमाली क्षेत्रमा विपद्को स्वरूप कसरी बदलिँदै छ भन्ने स्पष्ट सङ्केत दिएको छ। अब हिमालदेखि तराईसम्मका नदी करिडोरहरूको विपद्-जोखिम बुझेर विकासको ढाँचा परिवर्तन गर्नुको विकल्प छैन।नेपाल प्रेस चिन्तन· १ दिन अघिएमाले बैठक- पराजयको समीक्षा र जनविश्वास पुनर्निर्माणको सन्देशएमालेको पुनर्जागरण विगतको गौरव दोहोर्‍याएर होइन, वर्तमानका कमजोरी सच्याएर र भविष्यप्रति जनविश्वास जगाएर सम्भव हुनेछ। पराजयलाई शिक्षामा, शिक्षालाई रूपान्तरणमा र रूपान्तरणलाई जनविश्वास तथा राजनीतिक सफलतामा बदल्ने संकल्प नै अपानी–३ को सार हो।नेपाल प्रेस चिन्तन· २ दिन अघियो विजय पौडेलको मात्रै मृत्यु होइन !एउटा अर्थशास्त्रको विद्यार्थी विजय पौडेल हावा र नक्कली समाजवादको सिकार भएकोमा धेरै दुःख लाग्यो। समाजवाद क्षणिक रोमाञ्चक यौवन हो कि वास्तविक आर्थिक व्यवस्थापन र व्यक्तिको सुखी जीवन हो ?नेपाल प्रेस चिन्तन· २ दिन अघिबुवाको प्रजातन्त्र, मेरो गणतन्त्र, छोराको सुशासननेपालको आधुनिक राजनीतिक इतिहास क्रान्ति, विद्रोह र प्रणालीगत परिवर्तनको एउटा निरन्तर यात्रा हो। विक्रम संवत् २०४६ को ऐतिहासिक जनआन्दोलनदेखि वि.सं. २०८२ सम्मको साढे तीन दशकको अवधिमा नेपाली समाजले बहुदलीय प्रजातन्त्र, १० वर्षे सशस्त्र द्वन्द्व, जनआन्दोलन–२, धर्मनिरपेक्षता, संघीय गणतन्त्र र नयाँ संविधान निर्माणजस्ता युगान्तकारी घटनाहरू प्रत्यक्ष भोगेको छ। राजनीतिक प्रणालीहरू बदलिए, तर यससँगै समाजको सोच र […]MySansar· २ दिन अघिछापा पत्रिकालाई डिजिटल प्रविधिले मार्दैछ कि पत्रिका आफैँले?अरूलाई जवाफदेहिताको पाठ पढाउने मिडियाले आफ्नै पाठकलाई चाहिँ किन जवाफ दिनुपर्दैन? यो जम्मा १,७०० रुपैयाँको होइन, पाठकको विश्वासको कुरा हो। बाहिर जिल्लातिर गएको बेला स्वाभाविक रूपमा सोधिने प्रश्न हो, ‘घर कहाँ हो?’ ‘काठमाडौं।’ ‘अनि काठमाडौं कता?’ ‘भक्तपुर।’ ‘एऽऽ! भक्तपुर रहेछ, काठमाडौं पो भन्नुहुन्छ!’ धेरैपटक ‘काठमाडौं भनेको काठमाडौं हो, भक्तपुर होइन’ भन्ने छेडखानी भेटेपछि मैले घर… Continue readingअनलाइनखबर विचार· २ दिन अघिसम्बन्ध सुधार्दै छन् भारत–चीन : के हुन सक्छ नेपालको अपेक्षा ?आज चीन र भारतका बीच सम्बन्धमा सुधार हुँदै गर्दा उनीहरूले नेपाल लगायत दक्षिण एशियाली मुलुकहरूसँगको सम्बन्धमा कस्तो नीति अपनाउने छन् र त्यसले यस क्षेत्रको शान्ति, विकास र स्थायित्वमा के कस्तो भूमिका खेल्नेछ जस्ता विषय आज दक्षिण एशियाली मुलुकका अधिकांश राजधानीमा चर्चामा रहेको छ ।अनलाइनखबर विचार· २ दिन अघिजातको प्रश्न विश्वव्यापी बनाउने नभीलाई नोबेलसन् २०२६ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित अन्तर्राष्ट्रिय न्यायविद् तथा मानव अधिकार रक्षक नभी पिल्लेको योगदानलाई शान्ति, न्याय र मानव अधिकारको विश्वव्यापी अभियानसँगै जातीय विभेदविरुद्धको सङ्घर्षका सन्दर्भमा पनि स्मरण गर्नुपर्छ।नेपाल प्रेस चिन्तन· २ दिन अघिनाफाको ३० प्रतिशत शेयरहोल्डर सरकारव्यवसायीले ऋण लिँदा राज्य सामान्यतः जमानी बस्दैन, घाटा हुँदा पुँजीको जोखिम बाँड्दैन । नाफा भएपछि कर लिन्छ। राज्यले निजी व्यवसायको सबै घाटा बेहोर्नुपर्छ भन्ने मेरो तर्क होइन ।अनलाइनखबर विचार· २ दिन अघिबूढीगण्डकीको बाढीले उठाएका थप प्रश्नहरूउङ्गिलुङ खोलाको छाल तुलनात्मक रूपमा बढी भएको हुँदा पहिरोले थुन्दा बनेको ठूलो ताल फुटेर त्यत्रो ठूलो बाढी आउने सम्भावना कमै देखिए तापनि अर्को प्रमाण नभेटेसम्म त्यसलाई नकार्न सकिँदैन।अनलाइनखबर विचार· २ दिन अघिगगनको विद्रोह अब संस्थागत सुधारमा बदलिनुपर्छअब निर्णायक प्रश्न को कति लोकप्रिय छन् भन्ने होइन; कसले नेपाली कांग्रेसलाई कति लोकतान्त्रिक, पारदर्शी, जनाधारित र उत्तरदायी बनाउन सक्नुहुन्छ भन्ने हो।नेपाल प्रेस चिन्तन· २ दिन अघिपुरातन ढर्राका पार्टीमा रुपान्तरण आवश्यकपुराना पार्टीहरूमा आमूल सुधार नभएमा ती पार्टीहरू विलय हुने अवस्थामा पुगेका छन् । यस कारण पनि पुस्तान्तरण र रूपान्तरण जरुरी छ ।अनलाइनखबर विचार· २ दिन अघिचाडपर्वमा सुरक्षाकर्मीको कर्तव्य र नागरिकको दायित्वमुलुकमा देखा परेको एकपछि अर्को विपत्तिले समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कार्यमा सुरक्षा चुनौती थपिएको छ ।नेपाल प्रेस चिन्तन· ३ दिन अघिश्रमिक अधिकार र वंशजको नागरिकता : प्रवासी नेपालीको प्रतिबद्धताविदेशमा रहेका नेपालीहरूको मेहनतबाट आर्जित आयले लामो समयदेखि परिवारको जीवनस्तर सुधार्न र नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । अब यस योगदानलाई अर्को चरणमा लैजान आवश्यक छ ।MySansar· ३ दिन अघिसंस्थापकको अन्तिम ब्लगम माइसंसारबाट अलग भएँ, तर माइसंसारको यात्रा रोकिँदैन २२ वर्षदेखिको साथ। हजारौँ ब्लग। असङ्ख्य सम्झना। अनि आज एउटा यस्तो निर्णय, जुन गर्न मलाई सजिलो थिएन। कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँदो रहेछ, जहाँ आफूले सबैभन्दा माया गरेको चिजबाटै केही समयका लागि टाढिनुपर्ने हुन्छ। आज म त्यही मोडमा उभिएको छु। मैले माइसंसार छाड्ने निर्णय गरेको छु। तर… Continue readingनेपाल प्रेस चिन्तन· ३ दिन अघिडा. विजय, कसरी पराजित हुनुभयो ?औषधी ओभरडोज, साइलेन्ट सुसाइड या जे भनौँ । ‘माइलस्टोन’मा सफल विजय जनतामा असफल हुनु भयो । बीचमा राजधानी दैनिक, सौर्य दैनिकसँग जोडिने कुरा थियो । मिलेन । कुनै बेला जनता टेलिभिजन, रेडियो जनता र जनता समाचार डटकमको मूल्य ५५ करोड रुपैयाँसम्म पुगेको थियो ।अनलाइनखबर विचार· ३ दिन अघिराजनीतिक हस्तक्षेप र न्यायिक जवाफदेहिताबीच रुमल्लिएको अदालतदुई दशकदेखि नेपालमा न्यायपालिका सुधारको बहस चलिरहेको छ। विभिन्न समिति र अध्ययनले समस्या पहिचान गर्दै सुधारका उपाय सुझाए पनि कार्यान्वयनको प्रश्न भने अझै अनुत्तरित छ। न्यायिक स्वतन्त्रता र उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै संस्थागत सुधार गर्ने कि प्रतिवेदन थप्दै जाने, अहिलेको मूल प्रश्न यही हो।नेपाल प्रेस चिन्तन· ३ दिन अघिपदको आडमा मानसिक हिंसा : कार्यालयमा कनिष्ठ महिला कर्मचारीमाथि उपेक्षा कहिलेसम्म ?महिला कर्मचारीलाई दया होइन, सम्मान चाहिन्छ । दबाब होइन, न्याय चाहिन्छ । डर होइन, सुरक्षित कार्यस्थल चाहिन्छ । किनकि पदले कसैलाई वरिष्ठ बनाउन सक्छ । तर सम्मानित बनाउने कुरा उसको व्यवहार नै हो ।नेपाल प्रेस चिन्तन· ३ दिन अघिएआई युगमा एमालेकाे वैचारिक कार्यभारमानव श्रमको विस्थापन होइन, श्रमको मानवीकरणको कार्यक्रम, प्रविधिको निजीकरण होइन सामाजिकीकरणमा रूपान्तरण, उत्पादकत्वको निजीकरण होइन, सामाजिक वितरणको कार्यक्रम नै एआई युगको समाजवादी कार्यक्रमको मूल दिशा यही हुनुपर्छ ।नेपाल प्रेस चिन्तन· ३ दिन अघिएमालेमा ओलीको शक्ति, विद्याको पुनरागमन र नेताहरूको मौनताओलीले भण्डारीलाई नेतृत्वमा समेट्नु मेलमिलापको प्रयास हुन सक्छ, अथवा बदलिएको शक्ति सन्तुलनको व्यवस्थापन । यसको वास्तविक अर्थ आगामी निर्णय र व्यवहारले स्पष्ट पार्नेनैछ तर एमालेले एउटा प्रश्नको जवाफ दिनैपर्छ ।अनलाइनखबर विचार· ३ दिन अघिमाओवादी सशस्त्र द्वन्द्वपीडितको बदलिँदो आवश्यकतासङ्क्रमणकालीन न्यायसम्बन्धी बहस लामो समयसम्म कानुन, आयोगको गठन र दोषीलाई अभियोजनजस्ता विषयमा बढी केन्द्रित रह्यो। तर भुइँतहका पीडितको जीवनसँग जोडेर हेर्दा न्यायको वास्तविक अर्थ फरक देखिन्छ।अनलाइनखबर विचार· ३ दिन अघिशिक्षाको मूल्य कि जातीय दमन ?दलित समुदायलाई उधारो आश्वासन वा आलङ्कारिक क्षमायाचना होइन, आफ्नै जीवनमा महसुस गर्न सकिने व्यावहारिक र संरचनात्मक न्याय चाहिएको छ ।नेपाल प्रेस चिन्तन· ४ दिन अघिविद्युतीय फोहोर चक्रीय अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सामोबाइल, चार्जर, केबल, ब्याट्री, स्क्रिन, इयरफोन, ब्लुटुथ, कम्प्युटर, ल्यापटप, प्लग, एक्सटेन्सन कर्ड जस्ता साना तथा दैनिक उपकरणहरूलाई ‘छिटो प्रविधि’ भनिन्छ।नेपाल प्रेस चिन्तन· ४ दिन अघिगगन-रविका कौरव सभा र उन्नत लोकतन्त्रको चीरहरणसंकटले अवसर पनि ल्याउँछ । गगन र विश्वबाट कांग्रेसमाथिको यो ऐँठनले एमालेका लागि महानायकत्वको मैदान खाली भएको छ । राजनीतिमा चुनौती पाउनु सौभाग्य हो भने सामना गर्न नसक्नु पतनशीलता । अहिलेलाई यति भनौँ, नेपाली जनताको चेतनासँग जिस्किएकोमा बाल क्लबहरूलाई साधुवाद छ । समय बलवान छ । समयले हरेक बाठालाई महामूर्ख साबित गर्छ ।नेपाल प्रेस चिन्तन· ४ दिन अघिएल्गोरिदमको चक्रव्यूहले गुमाउँदै मानवीय विवेक र समवेदनाएल्गोरिदममा लोकतान्त्रिक नियन्त्रण होस् र चेतनामा राष्ट्रिय स्वाभिमान होस् । जहाँ मानिस मानिसको उपयोग गर्ने साधन होइन, समान अधिकार, सम्मान, माया, सहकार्य र साझा राष्ट्रिय भविष्य निर्माण गर्ने सहयात्री होस् । त्यही समाज नै प्रविधिले समृद्ध, तर मानवीयताले निर्देशित समाज हुनेछ ।नेपाल प्रेस चिन्तन· ४ दिन अघिपरिवर्तनकारी कांग्रेस, यथास्थितिको एमालेअहिलेको प्रश्न कांग्रेस राम्रो भयो कि एमाले खराब भन्ने मात्र होइन । प्रश्न हो—कुन पार्टीले बदलिँदो जनमत र पुस्ताको आकाङ्क्षा बुझेर आफूलाई बदल्न सक्छ ? कांग्रेसले कम्तीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहसलाई व्यवहारमा उतार्ने प्रयास गरेको छ ।नेपाल प्रेस चिन्तन· ५ दिन अघिमिडियाको ‘मेल गेज’ माथि एलिनाको प्रतिवादएलिना चौहानले देखाएको व्यावसायिक साहस र अन्तर्वार्तामा सोधेको प्रतिप्रश्नले नेपाली सञ्चार माध्यम र सामाजिक चेतनालाई पेसागत मर्यादामाथि विश्लेषण गर्नुपर्ने ठाउँमा उभ्याएको छ ।नेपाल प्रेस चिन्तन· ५ दिन अघिकांग्रेसमा गगन युग : पहिलो तगारो आफ्नै ‘दास र लास’नयाँ सभापतिको रूपमा गगन थापाको कार्यकाल स्वर्णिम र ऐतिहासिक रहोस् । उनको सबल नेतृत्वमा नेपाली कांग्रेसले केवल चुनाव जित्ने मेसिन होइन, स्वतन्त्र विवेक, उच्च लोकतान्त्रिक संस्कार, सुशासन र पूर्ण जबाफदेहितासहितको जीवन्त राजनीतिक दलका रूपमा पुनर्जन्म गरोस् ।नेपाल प्रेस चिन्तन· ५ दिन अघिबदल्नु पर्ने बडीमालिका, बदलिनु पर्ने मानवीय सोचएउटा जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा गर्दा पनि बडीमालिका सुरक्षित हुन्छ । र हजारौँ मानिसले यही सोच अपनाए भने बडीमालिका केवल धार्मिक गन्तव्यका रूपमा होइन, स्वच्छता, संरक्षण र जिम्मेवार पर्यटनको राष्ट्रिय नमुनाका रूपमा स्थापित हुन सक्छ ।नेपाल प्रेस चिन्तन· ६ दिन अघिनेपालमा भूराजनीतिक प्रभाव-चुनौती र अवसरनेपालको समस्या केवल भूगोल होइन । हाम्रो वास्तविक समस्या भूगोललाई आर्थिक शक्तिमा बदल्न नसक्नु हो । नेपाल समुद्रसँग जोडिएको छैन । तर भारतका बन्दरगाहसँग जोडिन सक्छ । नेपाल चीनको विशाल बजारको दक्षिणी प्रवेशद्वार बन्न सक्छ।अनलाइनखबर विचार· ६ दिन अघिराष्ट्रिय स्वार्थ, वैदेशिक सहयोग र राष्ट्रिय समृद्धिका कुराठूला लगानी र सहयोगमा दातृ राष्ट्रका स्वार्थ जोडिएका हुँदैनन् भन्न सकिँदैन। तर, अतिराष्ट्रवादको नारा दिएर विकास र समृद्धिमा पछि पर्नुभन्दा बुद्धिमत्तापूर्वक वैदेशिक सहयोग र लगानी भित्र्याएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनुको विकल्प छैन।नेपाल प्रेस चिन्तन· ६ दिन अघिमलेसिया रोजगार विवाद : ६ प्रश्नोत्तरमा बुझौं के हो FWCMS र नेपालले के गर्ने ?हाम्रो प्राथमिकता कुन व्यवसायीले कति कारोबार पायो भन्नेमा मात्र सीमित हुनु हुँदैन। नेपाली श्रमिकको रोजगारी, श्रमिक अधिकार, सुरक्षित भर्ती, रेमिट्यान्स र नेपाल–मलेसिया सम्बन्धको दीर्घकालीन हित नै प्रमुख प्राथमिकता हुनुपर्छ ।अनलाइनखबर विचार· ६ दिन अघिरसुवा-भोटेकोशी : पुनर्निर्माण कि नयाँ आर्थिक करिडोर ?चालीसको पुस्ताले चलाएको नेपाल सरकारले उत्तर आर्थिक करिडोर विकासको नयाँ मोडेल अधिकतम ३.५ खर्ब रुपैयाँको सीमाभित्र जनतासामु आगामी चार वर्षभित्र पस्कन सक्छ र देशको उत्तरी आर्थिक करिडोर विकासका लागि एउटा कोसेढुङ्गा साबित हुन सक्छ।नेपाल प्रेस चिन्तन· ६ दिन अघिराजनीतिक शक्ति : निर्णय, जिम्मेवारी र जवाफदेहिताको संस्कृतिआजको आवश्यकता केवल ‘निर्णय मान्ने कार्यकर्ता’ बनाउनु होइन, ‘निर्णय निर्माणमा सहभागी, कार्यान्वयनमा प्रतिबद्ध र परिणामप्रति जवाफदेही राजनीतिक कार्यकर्ता निर्माण गर्नु’ हुनुपर्दछ । त्यस्तै आवश्यकता केवल शक्तिशाली नेता बनाउनु होइन, ‘उत्तरदायी नेतृत्व निर्माण’ हुनुपर्दछ ।नेपाल प्रेस चिन्तन· ६ दिन अघिश्रमको माटो, समृद्धिको बाटोहामीले यो बुझ्न अब कति पनि ढिला गर्नु हुँदैन कि समृद्धि कुनै आयातीत वस्तु होइन, यो त देशभित्रै पसिना बगाएर फलाइने प्रतिफल हो । दोस्रो विश्वयुद्धपछि पूर्ण रूपमा ध्वस्त भएका जापान, जर्मनी र दक्षिण कोरिया आज जुन आर्थिक उचाइमा पुगेका छन्, त्यो केवल त्यहाँका नागरिकको कडा परिश्रम र श्रमप्रतिको उच्च निष्ठाका कारण सम्भव भएको हो ।