FK‘पाँच पाण्डव’को ट्रेलरमा स्वर्गलोकबाट युधिष्ठिर बनेर आए हरिवंश
काठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । नवरात्रिको अवसर पारेर बिहीबार सार्वजनिक साढे २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । फिल्मले महाभारतका पाँच पाण्डवलाई बिम्ब बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको ट्रेलरले संकेत गर्छ ।