बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ FilmyKhabar
FK
FilmyKhabar
filmykhabar.com · मनोरञ्जन
filmykhabar.com
अहिले
FK
FilmyKhabar
· अहिले
‘पाँच पाण्डव’को ट्रेलरमा स्वर्गलोकबाट युधिष्ठिर बनेर आए हरिवंश
काठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । नवरात्रिको अवसर पारेर बिहीबार सार्वजनिक साढे २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । फिल्मले महाभारतका पाँच पाण्डवलाई बिम्ब बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको ट्रेलरले संकेत गर्छ ।
५४ मिनेट अघि
FK
FilmyKhabar
· ५४ मिनेट अघि
ज्ञानेन्द्र देउजा भन्छन्, ‘टिकट नकिनेकै कारण ‘झिँगेदाउ २’ फ्लप भयो’
पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा निर्माता आफैँले फिल्मको टिकट किन्ने प्रवृत्ति मौलाएको छ । शो राताम्मे देखाएर दर्शकलाई हलमा तान्न निर्माताले टिकटमै लाखौँ रुपैयाँ खन्याउने गरेका छन् । अवस्था कस्तोसम्म छ भने काठमाडौंको अनामनगर, पुतलीसडक, नयाँ बसपार्क, बागबजारलगायतका क्षेत्रमा नेपाली फिल्मका टिकट पसल−पसलमा निःशुल्क भेटिने गरेका छन् ।
७ घण्टा अघि
FK
FilmyKhabar
· ७ घण्टा अघि
मेरो जीवनमा आधारित फिल्म कहिल्यै बन्ने छैन : सलमान खान
काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले आफ्नो जीवनमा आधारित फिल्म कहिल्यै नबन्ने बताएका छन् । उनले आफ्ना व्यक्तिगत अनुभवलाई निजी नै राख्न चाहेको स्पष्ट पारेका छन् । निर्देशक करण जोहरले सञ्चालन गर्ने चर्चित कार्यक्रम ‘कफी विथ करण’को नवौँ सिजनमा अतिथिको रूपमा पुगेका उनले एक प्रसंगमा आफ्नो बायोपिक नबन्ने जिकिर गरेका हुन् ।
८ घण्टा अघि
FK
FilmyKhabar
· ८ घण्टा अघि
‘छ माया छपक्कै २’को ट्रेलर : बाइक राइडर बने दीपकराज
दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शन हुन तीन दिन बाँकी रहँदा बुधबार साँझ ९ बजे ज्योतिषले दिएको साइतमा ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । फिल्मले विवाहेत्तर सम्बन्धलाई कथाको केन्द्रमा राखेको ट्रेलरले प्रस्ट पार्छ ।
१ दिन अघि
FK
FilmyKhabar
· १ दिन अघि
दीपेन्द्रले २३ दिनमै सकाए ‘श्रीमान् श्रीमती’को छायांकन
काठमाडौं । नेपालमा सबैभन्दा चाँडो फिल्मको छायांकन सकाउने निर्देशकको रूपमा चिनिन्छन्, दीपेन्द्र के. खनाल । उनले आफ्नो करिअरमा सबैभन्दा बढी खिचेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ मात्र हो । नभए उनले फिल्मको छायांकनमा महिना दिन पनि लगाउँदैनन् । उनले आफ्नो नयाँ फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन पनि जम्मा २३ दिनमा सकाएका छन् ।
१ दिन अघि
FK
FilmyKhabar
· १ दिन अघि
‘आ बाट आमा २’को ट्रेलर ग्लोबल ट्रेन्डिङमा, ‘कबड्डी ५’ कहाँ छ ?
काठमाडौं । यसपालिको दसैंका दुई फिल्म ‘आ बाट आमा २’ र ‘कबड्डी ५’बीच बक्स अफिसमा एक साताको अन्तरमा प्रतिस्पर्धा हुँदैछ । ‘आ बाट आमा २’ असोज ३० मा आउँदैछ भने ‘कबड्डी ५’ कात्तिक ६ मा । रिलिज नजिकिँदै गर्दा दुवै फिल्मले ट्रेलर सार्वजनिक गरिसकेका छन् । एक दिनको अन्तरमा रिलिज भएका दुवै ट्रेलरले युट्युबमा बलियो पकड बनाएका छन् ।
१ दिन अघि
FK
FilmyKhabar
· १ दिन अघि
‘म मदनकृष्ण’को सेटमा भावुक भए मदनकृष्ण
काठमाडौं । कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनीमा निर्माण भइरहेको फिल्म हो, ‘म मदनकृष्ण’ । फिल्मको छायांकन सुरु भएदेखि मदनकृष्ण धेरैपटक सेटमा पुगिसकेका छन् । मंगलबार काभ्रेको पनौतीमा पहिलो चरणको अन्तिम दृश्य खिच्दा पनि उनी सेटमै थिए । निर्देशक मिलन चाम्ससँग घन्टौं ‘मोनिटर’ हेर्दै बसेका उनले आवश्यक सुझाव समेत दिए ।
१ दिन अघि
FK
FilmyKhabar
· १ दिन अघि
‘१२ गाउँ २’को ट्रेलरमा विराज र समीर आमनेसामने
काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ प्रदर्शन हुन अब तीन दिन मात्र बाँकी छ । दसैंलाई लक्षित गर्दै यही शुक्रबार (३० असोज)बाट प्रदर्शन हुन लागेको फिल्मका टिजरदेखि गीतसम्मले दर्शकमाझ राम्रै चर्चा पाइरहँदा मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै चार मिनेट लामो ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।
२ दिन अघि
FK
FilmyKhabar
· २ दिन अघि
‘कबड्डी ५’को ट्रेलर : नयाँ सोल्टिनीसँग बिहे, मैयाँसँग मिलन
काठमाडौं । ‘कबड्डी’ भन्नासाथ दर्शकले सबैभन्दा बढी सम्झिने पात्र हुन्, काजी र मैयाँ । यो फिल्मको पहिलो दुई भागमा काजीले मैयाँलाई एकोहोरो प्रेम गरे । त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आए । अब भने ‘कबड्डी ५’मा काजी र मैयाँको मिलन भएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलरले यसको खुलासा गरेको हो ।
२ दिन अघि
FK
FilmyKhabar
· २ दिन अघि
‘सारथी’को टिजरमा निरुताको पीडा
FilmyKhabar मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर FilmyKhabarका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।