सबै समाचार
नयाँ पहिले२ दिन अघिAksharang· २ दिन अघिकविता प्रतियोगितामा प्रथम भए करुण सुवेदी र द्वितीय भइन केवारा भट्टराईकाठमाडौं । टोखा नगरपालिकाद्वारा आयोजित खुला शिक्षक कविता प्रतियोगितामा करुण सुवेदी प्रथम भएका छन् । ‘सपनाको सहर, हाम्रो टोखा नगर’ शीर्षकमा आयोजित प्रतियोगितामा करुण सुवेदी प्रथम, केवारा भट्टराई द्वितीय र होमनाथ सुवेदी तृतीय भएका छन् भने सान्त्वना पुरस्कार पाउने लक्ष्मी गहते र चन्दिरा गुरुङ छन् । टोखा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न […]
२ दिन अघिAksharang· २ दिन अघिराजेन्द्र शलभको ‘अक्षर मनका’माथि चर्चा गर्दै ‘अक्षरसाँझ’ सम्पन्नकाठमाडौं । कवि तथा साहित्यकार राजेन्द्र शलभको नवीनतम काव्यकृति ‘अक्षर मनका’माथि चर्चा गर्दै ‘अक्षरसाँझ’ सम्पन्न भएको छ । शुक्रबार थापाथलीमा आयोजित कार्यक्रममा कवि विश्वविमोहन श्रेष्ठले आफ्ना कृतिको विमोचनमा खासै रुचि नराख्ने शलभलाई ‘अक्षरसाँझ’मा उभ्याउनु परेको प्रसंगको चर्चा गरे । कार्यक्रममा साहित्यकार वसन्त चौधरीले शलभको यो कविताकृति हातमा उचाल्दा ४० वर्ष पुरानो मित्रताको न्यानो अँगालोमा बाँधिएको […]
२ दिन अघिAksharang· २ दिन अघि‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र ‘समाजवादको मौलिक मार्गचित्र’ दुई पुस्तक विमोचनकाठमाडौँ । पूर्णबहादुर सिंह ‘समरजङ्ग’को ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक विमोचन भएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको बिमोचन कार्यक्रमा समिक्षकहरुले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक मार्गदर्शनका लागि यी पुस्तकहरू महत्त्वपूर्ण सामग्री हुनेसमेत बताए । क्रान्तिकारी कम्युनिस्ट पार सिंहको नवऔपनिवेशिक दलाल पुँजीवादले नेपाली कम्युनिस्ट आन्दोलनका समस्याहरूलाई उजागर गरेको र त्यसको […]
२ दिन अघिAksharang· २ दिन अघियज्ञराज जोशीको ’बैसाखी’ कथासंग्रह लोकार्पणकाठमाडौँ । युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी लोकार्पण भएको छ । काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी, समालोचक एवं बैसाखीका सम्पादक सुभाषचन्द्र भण्डारीले पुस्तकको लोकार्पण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा अवस्थीले लेखक जोशीमा सिर्जनात्मक प्रतिभा रहेको बताए […]
२ दिन अघिAksharang· २ दिन अघिमदन पुरस्कार गुठीद्वारा २०८२ सालको मदन पुरस्कार प्रदानकाठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकका लागि लेखिका वीणा जोशी (राजभण्डारी) लाई प्रदान गरेको छ । मदन पुरस्कार गुठीको भदौ २१ गते बसेको साधारण सभाले २०८२ सालमा प्रकाशित २९८ पुस्तकमध्येबाट वीणाको कृतिलाई मदन पुरस्कारका लागि छनोट गरेको थियो । सामुदायिक अभ्यासमा रहेको नेवार समुदायको परम्परागत नाच परम्पराको […]
२ दिन अघिAksharang· २ दिन अघिबडादसैँ, तिहार नेपाल संवत् तथा छठको हार्दिक मङ्गलमय शुभकामना !बडादसैँ, तिहार नेपाल संवत् तथा छठको हार्दिक मङ्गलमय शुभकामना !२ दिन अघिसम्मोहन साहित्यिक पत्रिका· २ दिन अघिप्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव सङ्कलनपोखरा, असोज २७ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरूले पोखरामा सुझाव सङ्कलन गरेका छन् । प्रतिष्ठानका प्राज्ञसभा सदस्य विनोद बानिया, दीपक पराजुली र परिवर्तनको अगुवाइमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत, सङ्गीत, नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधिमार्फत परिवर्तनको सङ्केत दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्राज्ञसभा सदस्य गायक विनोद बानियाँले आगामी प्राज्ञसभामा सम्बन्धित विषयविज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले आवश्यकता र नीतिको संयोजन गरी कार्यक्रम गर्न सकिए त्यसले गतिलो परिणाम ल्याउन सक्ने धारणा राखे । अर्का प्राज्ञसभा सदस्य तथा र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष दीपक पराजुलीले प्राप्त सुझावहरू प्राज्ञसभामा राखिने बताए । प्राज्ञसभा सदस्य तथा पोखरा थिएटरका अध्यक्ष, नाट्यकर्मी परिवर्तनले नीति निर्माणका तहमा आफूहरूले जोड दिने बताए । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विशेष कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औँल्याए । सो अवसरमा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य गायक रामभक्त जोजिजू, पोखरा साङ्गीतिक कलाकार सङ्घका निवर्तमान अध्यक्ष सुनील थापा, उपाध्यक्ष तेज केसी, जोजिजू म्युजिक सेन्टरका प्रबन्धक विनित जोजिजू, पोखरा प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य दिलिप गायक, रेनेसा थिएटरकी रोशनी रामदाम, नाट्यकर्मी प्रमिला तुलाचन, गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, उपाध्यक्ष लाल कार्की ‘अञ्जान’, सचिव रुपिन्द्र प्रभावी, पोखरेली युवा सांस्कृतिक परिवारका सचिव एमडी काफ्ले, त्रिवेणी सङ्गीतालयका सुनील बरालले विद्यालय तहमा सङ्गीत, नाटक र संस्कृति पुग्न सक्ने गरी कार्यक्रम ल्याउने, प्रतिलिपि अधिकार र रोयल्टीसम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयन गर्नेलगायत सुझाव दिएका थिए । त्यसै गरी, कमला श्रेष्ठ, दलबहादुर गुरुङ, असीम शेरचन, डविन गुरुङ, निश्चल विमल, नेपालहरि रानाभाट, रामजी पौडेललगायतले सबैले अपनत्व महसुस गर्न सक्ने कार्यक्रम ल्याउन सुझाव दिएका थिए । सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग सुझाव सङ्कलनका लागि गरिएको पहलप्रति सहभागीहरूले धन्यवाद ज्ञापन गरेका थिए ।३ दिन अघिAksharang· ३ दिन अघिजापानमा ‘समकालीन काव्ययात्रा’ तथा सम्मान कार्यक्रम सम्पन्नटोकियो । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजना तथा अनेसास जापानको सहयोगमा टोकियोमा ‘समकालीन काव्ययात्रा’ तथा ‘समकालीन काव्ययात्रा सम्मान–२०२६’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जापानमा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली, तिलक मल्ल, म्यामराज राई र सविना रेग्मीलाई ‘समकालीन काव्ययात्रा सम्मान–२०२६’ प्रदान गरिएको थियो । कार्यक्रममा […]
३ दिन अघिAksharang· ३ दिन अघिदेवीप्रसाद वनवासीलाई पहिलो पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कारस्याङ्जा । अग्रज साहित्यकार देवीप्रसाद वनवासीलाई पहिलो ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार–२०८३’ प्रदान गरिएको छ । स्याङ्जाको करादीखोलास्थित उपाध्याय निवासमा आयोजित अनौपचारिक समारोहमा वनवासीलाई पुरस्कार समर्पण गरिएको हो । कमला–ज्ञानप्रसाद उपाध्याय परिवारले आफ्ना स्वर्गीय बुबा–आमा पोतप्रसाद उपाध्याय र पवित्रादेवी उपाध्याय तथा छोरा चेतनारायण उपाध्याय ‘प्रवीण’को स्मृतिमा स्थापना गरेको पुरस्कारको राशि ११ हजार १ सय ११ […]
३ दिन अघिसम्मोहन साहित्यिक पत्रिका· ३ दिन अघियुवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पणवालिङ, असोज २६ गते । युवा साहित्यकार वसन्त खनालको पहिलो कृति निर्बन्ध-आख्यान ‘वेध’ को आइतवार स्याङ्जामा लोकार्पण गरिएको छ । वालिङ उद्योग वाणिज्य सङ्घको सभाहलमा एक कार्यक्रमका बिच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेले कृतिको लोकार्पण गर्नुभएको हो । खनालको निर्बन्ध–आख्यान कृति ‘वेध’ नेपाली साहित्यको क्षेत्रमा एउटा महत्त्वपूर्ण कृतिका रूपमा आएकामा आफूलाई निकै खुसी लागेको कुलपति न्यौपानेको भनाइ थियो । उहाँले कृति ‘वेध’ पढ्नुपर्ने र गर्व गर्नलायक भएको बताउनुभयो । "`वेध´ प्रयोगका लागि प्रयोग भएको कृति होइन, कठोर साधना र अनुसन्धानपश्चात् लेखिएको कृति हो" उहाँले भन्नुभयो, "निबन्धलाई निर्बन्ध भनिएको पनि होइन, `वेध´ आफ्नो हुलिया स्पष्ट पार्दै सार्वजनिक भएको सिर्जना हो । नेपाली साहित्यमा `वेध´ विशिष्ट प्रकृतिको सिर्जना भएकाले नपढी सुखै छैन ।" साहित्य, कला र भाषाको संरक्षण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठान योजना बनाएर अगाडि बढेको बताउँदै साहित्यकार एवम् स्रष्टाको संरक्षणमा सहयोग गर्नेसमेत कुलपति न्यौपानेले बताउनुभयो । उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठान शुद्ध लेख्नुपर्छ र बोल्नुपर्छ भन्ने अभियानमा रहेकोसमेत बताउनुभयो । साहित्यकार सहप्राध्यापक कृष्णप्रसाद पौडेल, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका क्याम्पस प्रमुख डा. टङ्क पन्थ, समालोचक एवम् स्रष्टा डा. शङ्करप्रसाद गैरे, वालिङ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजु कुँवर (बोधराज), रणवीर मावि, खहरेका प्रअ लक्ष्मीप्रसाद रेग्मी, पुस्तकका लेखक वसन्त खानाल, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापालगायतले बोल्नुभएको थियो । युवा साहित्यकार मिलन समीरको सञ्चालन र सागर खनालको स्वागत मन्तव्यसँगै सम्पन भएको विशिष्ट साहित्यिक समारोहको अध्यक्षता कृतिकार वसन्त खनालका पिता सूर्यप्रसाद खनालले गर्नुभएको थियो । कार्यक्रममा पहिलो पुस्ताका अग्रज साहित्यकार एवम् स्रष्टाहरूलाई सम्मानसमेत गरिएको थियो । जिल्लामा सक्रिय साहित्यिक सङ्घसंस्थाका मूल कर्तालाई समेत सम्मान गरिएको थियो । कार्यक्रम वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान- २०७६ स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठान वालिङको व्यवस्थापन र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो । प्रस्तुत कृतिको मूल्य रू. ७५०/- रहेको र सम्पर्क विन्दुको रूपमा वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान- २०७६ स्याङ्जा र काठमाडौँका लागि भुँडीपुराण प्रकाशन गृह, बागबजार, देशैभरि वितरणको लागि सम्पूर्ण किताब, भरतपुर, चितवन र स्थानीयको लागि विद्या बुक्स एण्ड स्टेशनरी, नयाँबजार, वालिङ रहेको सो अवसरमा जानकारी दिइएको थियो ।४ दिन अघिसम्मोहन साहित्यिक पत्रिका· ४ दिन अघिभोर्लेटारलाई भानुभक्तको मावली गाउँका रूपमा पहिचान गराइँदैभोर्लेटार (लमजुङ), असोज २५ गते । आदिकवि भानुभक्तको मावली गाउँका रूपमा भोर्लेटारलाई पहिचान गराउने उद्देश्यले मिति आज मध्यनेपाल नगरपालिका-६, भोर्लेटारमा भेलाको आयोजना गरियो । उक्त भेलाले भानुभक्त स्मृति प्रतिष्ठान नामक संस्था दर्ता गर्नका लागि ९ सदस्यीय तदर्थ समिति र ४ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । सामाजिक एवम् शैक्षिक व्यक्तित्व रामकृष्ण घिमिरेको अध्यक्षतामा गठित तदर्थ समितिमा उपाध्यक्ष रामभक्त पौडेल, सचिव रामकृष्ण घिमिरे (पूर्वप्रअ) र कोषाध्यक्ष प्रतीक्षा सुवेदी पौडेल तथा सदस्यहरूमा युवराज पौडेल, बाबुराम पौडेल, दयाराम खनाल, विष्णुमाया पौडेल तथा सन्ध्या पौडेल रहनुभएको छ भने विधान मस्यौदा समितिमा संयोजक मोहनहरि पौडेल तथा सदस्यहरूमा रमेशचन्द्र घिमिरे, मोहनराज घिमिरे र रमेश लामिछाने रहनुभएको छ । भेलाको अध्यक्षता रामकृष्ण घिमिरे (पूर्वशिक्षक) ले गर्नुभएको थियो । पूर्व प्रअ रामकृष्ण घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गर्नुभएको थियो भने भानुभक्तसँग भोर्लेटारको सम्बन्धका साथै भानुभक्तको साहित्यिक योगदानका बारेमा रामभक्त पौडेलले चर्चा गर्नुभएको थियो । मोहनहरि पौडेलले भोर्लेटारको पहिचान र अस्तित्व गुम्न नदिनका लागि संस्था स्थापना गर्नु अनिवार्य रहेको अभिव्यक्ति दिनुभयो भने वसन्तराज घिमिरेले भानुभक्तलाई हाम्रा गौरवका रूपमा प्रचार प्रसार गर्न आवश्यक रहेको तथ्य प्रस्तुत गर्नुभयो । भेलामा रामचन्द्र पौडेलले उपयुक्त ठाउँको खोजी गरी भानुभक्तको सालिक बनाउने तथा पार्क निर्माण गर्ने कुरामा जोड दिनुभयो । उपस्थित सहभागीहरूमध्ये गोपाल लामिछाने, युवराज पौडेल, पुण्यप्रसाद पौडेल, कृष्णभक्त पौडेल, देवहरि पौडेल, मोहनराज घिमिरे, बद्रीप्रसाद पौडेल, मुक्तिमणि पौडेल, देवेन्द्र गुरुङ (सुरज), कोपिला परियार, आनन्द पौडेल, बाबुराम पौडेल लगायतका वक्ताले आआफ्नो तर्क राख्नभएको थियो भने कार्यक्रमको सहजीकरण रमेशचन्द्र घिमिरेले गर्नुभएको थियो । भेलाले प्रत्येक वर्षको असार २९ गते भानुजयन्तीका अवसरमा साहित्यिक तथा भानु स्मृति कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।५ दिन अघिसम्मोहन साहित्यिक पत्रिका· ५ दिन अघिकविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागानपोखरा, असोज २४ गते । कविता क्लबले बडा दसैँको अवसर पारेर शनिवार पोखरामा नौ जना नारी कविहरूको सामूहिक कविता वाचन सम्पन्न गरेको छ । ‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरुङ, बिर्सना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारीशक्ति र नारी अधिकारबारे कविता सुनाएका थिए । कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान गरेका थिए । उनीहरूले दसैँ, नारी अधिकार, नारीशक्ति र समसामयिक विषयमा कविता सुनाएका थिए । कार्यक्रमका अध्यक्ष तथा क्लबका समेत अध्यक्ष विम्बकवि रमेश श्रेष्ठले कविता क्लबले नेपाली कविताको उत्थानका लागि साठीको दशकदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । वाचित कविताहरूको सङ्क्षिप्त समीक्षा गर्दै उनले कवितामा प्रस्तुत विचारले नारीभित्र बर्सौँदेखि जकडिएर रहेका पीडा प्रस्तुत भएको बताए । आगामी दिनमा कविताको विकासका लागि ‘स्कुलमा कविता’ कार्यक्रम आयोजना गर्नका लागि विभिन्न विद्यालयसँग कुरा भइरहेको पनि श्रेष्ठले जानकारी दिए । क्लबका उपाध्यक्ष पदमराज ढकालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।५ दिन अघिअनलाइनखबर साहित्य· ५ दिन अघि‘धागो’ले समाज र सत्तालाई सोधेको प्रश्नजीवित खड्का मगरको तेस्रो कविता कृति ‘धागो’ले सामाजिक विसंगति, राजनीतिक अवसरवाद, मानवीय सम्बन्ध र प्रवासी जीवनका अनुभूतिलाई विभिन्न बिम्ब र प्रतीकमार्फत प्रस्तुत गरेको छ।५ दिन अघिनेपाल प्रेस साहित्य· ५ दिन अघि७ सय होटलको कथा कैद गरेका तिरास लाम्टाङ्गेअध्यापनसँगै आतिथ्य सेवा र तालिमलाई जोड्ने उद्देश्यले कफी हब सुरु गरिएको मगर बताउँछन् । यहाँ वेटर, बारिस्ता र बेकरीसम्बन्धी एकमहिने तथा ३५ दिने तालिम सञ्चालन हुँदै आएको छ ।