बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ आफ्नै कुरा
OT
आफ्नै कुरा
Own Things · bednath.blogspot.com · ब्लग र विचार
bednath.blogspot.com
सबै
२५
Contemporary
१३
Community
२
Rhyme
१
Journey
३
Occasion and Festival
२
Damak
१
आफ्नै कुरा मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर आफ्नै कुराका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर विचार
नेप
नेपाल प्रेस चिन्तन
MS
MySansar
NI
नेपाली विचार
NU
Nepal Unplugged
KA
Kathmandu Alley Cat
NE
Nepal Explained
Apr 30
OT
आफ्नै कुरा
· Apr 30
गुराँसले राताम्य बनाएको तिनजुरेमा दुई दिन, तीन परिवार र हजार सम्झनाहरू
नयाँ वर्षमै गुराँसको राजधानी—तिनजुरे पुगेको त्यो अविस्मरणीय पारिवारिक यात्रा दैनिक व्यस्तता, शहरको कोलाहल र समयको चापबीच कहिलेकाहीँ मनलाई खुला आकाश चाहिन्छ—जहाँ सास फेर्दा पनि प्रकृतिको सुगन्ध आवस। त्यही चाहनालाई साकार पार्न हामी तीन परिवार—मेरो परिवार, टेकबहादुर सोल्टीको परिवार र चियापसलकी आन्टीको परिवार—मित्र घनेन्द्र श्रेष्ठको विद्युतीय गाडी (EV) चढेर झापाको दमकबाट तिनजुरे–मिल्के–जलजले क्षेत्रतिर दुई दिने पारिवारिक यात्रामा निस्कियौँ। अझ विशेष कुरा के थियो भने—यो यात्रा नेपाली नयाँ वर्षकै अवसरमा तय भएको थियो। नयाँ वर्षलाई गुराँसले राताम्य बनाएको पहाडमा स्वागत गर्ने कल्पनाले मात्र पनि मन उत्साहले भरिएको थियो, किन भने सामाजिक संजालमा सधै रिल्स र फोटोहरुमा धेरै देखेकाले पनि हामीमा रहर पलाएर आएको थियो त्यहाँ जानेको -। दमकबाट सिधै धरान–भेडेटार हुँदै जान सकिन्थ्यो। तर रिजर्भ EV गाडीको रोड परमिट अनलाइन नबन्ने झन्झटिलो व्यवस्थाका कारण हामीलाई इटहरीको खानारस्थित यातायात कार्यालय पुग्नुपर्यो। आवश्यक प्रक्रिया पूरा गरेर पुनः यात्रा अघि बढ्यो। धरानमा छोटो विश्राम गरेर हामीले खाजा खाइम त्यहि समयमा साथीले EV चार्जपछि पनि गरि सकेछन र हाम्रो यात्रा पहाडतिर उकालो लाग्न थाल्यो। भेडेटार, मुलघाट हुँदै अघि बढ्दा प्रकृतिको सौन्दर्य क्रमशः बदलिँदै गयो। तमोर नदीमाथिको पुलमा केहीबेर बसेर नदीको गर्जन सुन्दै, केहि थान तस्बिर खिच्दै हामी धनकुटातिर लाग्यौँ। साँझ हिले पुग्दा चिसोले स्वागत गर्यो तर थकित र भोकाएको हामीलाई तातो खाना र पारिवारिक हाँसोले यात्राको थकान बिर्साइदियो। भोलिपल्ट बिहानै यानी नयाँ बर्षको (२०८३) पहिलो दिन - १ बैसाख - हामी बसन्तपुर हुँदै अघि बढ्यौँ। हिलेबाट निस्कँदा चिसो मौसम र कुहिरोले ढाकेको बाटो, सिन्धुवा पुग्दा खुलेको आकाश, चित्रेको रमणीय दृश्य—प्रत्येक मोडले नयाँ अनुभूति दिइरहेको थियो। बसन्तपुर आफैँमा तिनजुरे–मिल्के–जलजले ट्रेकको मुख्य प्रवेशद्वार हो, जहाँबाट सफा मौसममा सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमालसमेत देख्न सकिन्थ्यो । बसन्तपुरबाट अघि बढ्दै गर्दा हामीले पाथीभरा मन्दिर दर्शन गर्ने निर्णय गर्यौँ। वास्तवमा, पाथीभरा देवी मन्दिर नेपालकै प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ, जहाँ भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ पूजा गर्ने गर्छन्। हामी पुगेको समयमा त्यहाँको मौसम पनि रोचक थियो—क्षणमै घाम, क्षणमै कुहिरो। उचाइबाट तल फैलिएको फाँट र वरिपरि फुलेका गुराँसले मनै लोभ्याउनथ्यो । मन्दिर दर्शन गरि सके पछि पाथिभरा मन्दिरको पछाडी ठुलो फाँट रहेछ हो त्यहाँ पनि केहि थान फोटोहरु सम्झना स्वरूप खिच्न भ्याइयो र मन्दिरको फेदीमा आएर सबैजनाले खान खाइयो ! तर मलाइ लागेको चाही के हो भने म जस्तो मासु नखाने ...साग सब्जी मात्रै खाने लाइ भने बडो ..अफ्ठ्यारो लाग्यो ...होटल र खाना खाजा खाने ठाउँहरु साफ नहुनु र सबैमा मासुका परिकार मात्र पकाइनु अलिक गाह्रो लाग्यो ! पर्यटकीय क्षेत्र भए पछी सरसफाई, खान पिनमा र बसाईको अलिक राम्रो व्यवस्था हुनु पर्ने हो त्यो अलिक नभएको हो कि जस्तो लाग्यो मलाइ चाही ! त्यसपछि सुरु भयो हाम्रो मुख्य यात्रा—तिनजुरेतर्फ। तिनजुरे–मिल्के–जलजले क्षेत्रलाई नेपालकै “गुराँसको राजधानी” भनिन्छ, किनकि यहाँ नेपालमा पाइने ३२ प्रजातिमध्ये करिब २८ प्रजातिका गुराँस पाइन्छन् । अझ रोचक कुरा के भने, यी गुराँसहरू विशेषगरी नेपाली नयाँ वर्षतिर फुल्ने भएकाले यही समयमा हामी जस्ता हजारौँ पर्यटक यहाँ पुग्ने गर्छन् । हामी पनि नयाँ बर्षकै मौका पारेर त्यहाँ पुगेका थियौँ। तर पाथिभरा मन्दिर मास्तिर भने EV जस्ता सामान्य गाडीहरु नजादो रहेछ, त्यहाँ Four Weel Pickup जस्ता पहाड तिर नै चल्ने खालका गाडीहरु मात्रै जान सक्दो रहेछ ! केहि बेर उकालो हिडे पछि भने हामि हिडेर जना नसक्ने ठानेर त्यहिको एउटा Pickup मा चढेर पांच पोखरी सम्म पुग्यौं ... टुटे देउराली पार गर्दै, पाँच पोखरी पुग्दा लाग्यो,जस्तो प्रकृतिले रंगको उत्सव मनाइरहेको हो। रातो, गुलाबी, सेतो गुराँसले भरिएको वन, जता हेर्यो त्यतै सुन्दरता... सबै थिर गुरासै गुरास तर यात्रा भने सजिलो थिएन pickup बाट झानेर पनि पैदल करिब २ घण्टा (हामीलाई नानी बोकेर जान लागेको समय) साँघुरो बाटो, कुहिरो लागेर चिसो भएको, भिरालो उकालो र साना नानीहरु बोकेर हिड्नु - कम्ता सकस थिएन । ती सबैबीच हामी अघि बढ्यौँ। झण्डै दुई घण्टाको नानीहरु बोकेर पैदल हिडाईको संघर्षपछि हामी तिनजुरेको उचाइमा पुग्यौँ। त्यहाँबाट देखिने हिमाली दृश्य; मकालु, कञ्चनजङ्घा- प्रकृतिको अनुपम उपहारजस्तै लाग्यो । हामी त्यो Tinjure Peak (3010 M) उचाईमा करिब ५/१० मिनेट मात्रै त्यहाँ बसिम ! एक पटक लाग्यो ५/१० मिनेटको लागि हामि झापा दमक बाट यति टाढा ..यतिका सास्ती खेपेर यहाँ आइयो है ...फेरी लाग्यो यात्रामा आफु पुग्ने गन्तब्य भन्दा पनि त्यो गन्तव्यमा जादा देखिने मनोरम दृश्य, सास्ती, मस्ती, त्यहाको मौसम, जीवनशैली र वातावरणको भोगाई , तिता मिठा आदिको अनुभूति नै त यात्राको मिठास हो नि जस्तो लाग्यो । हाम्रो फर्कने यात्रा भने आफ्नै किसिमको अनुभव बन्यो। उकालो चढ्दा जति गाह्रो लागेको थियो, ओरालो झर्दा त्यति नै सतर्क हुनुपर्यो। कुहिरो कहिले पातलो, कहिले बाक्लो - बाटो अझै रहस्यमय देखिन्थ्यो। बीचबीचमा रोकिने, सास फेर्ने, अनि फेरि अघि बढ्ने- यी साना क्षणहरूले नै यात्रालाई अझ जीवन्त बनाइरहेका थिए। फर्कदा भने पहिला गाडीले ल्याएको ठाउँमा हामीले गाडी भेटेनौं र हिड्दै पाँच पोखरी आउनु पर्यो ..र त्यहाँ बाट गाडी भेटियो र हामी तल झर्यौँ। मन्दिरको फेदीमा आइपुग्दा शरीर थाकेको थियो, तर मन भने ताजा। सबै जना भेला भएर अनुभव साटासाट गर्यौँ, र फेरी केहि तल आएर RR Garden भन्दा मास्तिर हामीले राम्रो गुरास फुलेको देखिएर केही सामूहिक तस्बिर खिच्यौँ—त्यो क्षणलाई सम्झनामा कैद गर्यौँ र तिन जुरे लाइ बाइ भनेर लागिम ! फर्कने क्रममा हामी बसन्तपुरको चोलुङ पार्क पनि पुग्यौँ। यो पार्क केवल घुम्ने ठाउँ मात्र नभई लिम्बु संस्कृति, प्रकृति संरक्षण र स्थानीय जीवनशैली झल्काउने “जीवित संग्रहालय” जस्तै मानिन्छ । करिब १०० रोपनी क्षेत्रफलमा फैलिएको यस पार्कले स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको छ । त्यहाँ घुम्दा लाग्यो—हामी केवल यात्रा मात्र गरिरहेका छैनौँ, इतिहास र संस्कृतिसँग पनि जोडिइरहेका छौँ। साँझ हिलेमा आएर थकित र भोकाएका हामी सबैले खाजा खाएर हामी फर्कने लामो यात्रामा लाग्यौँ। धनकुटा, धरान, चतरा हुँदै—भत्किएको सडक, निर्माणाधीन बाटो, धुलो र थकान—सबै मिलेर यात्रा कठिन बनाउँदै थियो। तर त्यही कठिनाइबीच पनि हाँसो, सम्झना र सँगै बिताएको समयले यात्रालाई अझ अर्थपूर्ण बनायो। दिनभरको थकानले होला, गाडीमा बस्ने बित्तिकै सबै चुपचाप भए, कोही झ्यालतिर हेर्दै, कोही आँखा चिम्म गर्दै। त्यो मौनता पनि आफ्नै किसिमको मीठो थियो—थकान, सन्तुष्टि र सम्झनाले भरिएको। धनकुटामा सलुजा, युनेश, युसिता ममा घरमा बसे भने, धरान हुँदै टेक बहादुर सोल्टीलाइ ससुरालीमा छाडेर ... हामी कालाबञ्जार– कान्छी चोक हुँदै इटहरीबाट राति करिब साढे एघार बजे हामी दमक आइपुग्दा शरीर थकित थियो, तर मन पूर्ण सन्तुष्ट। नयाँ वर्षलाई गुराँसको राजधानीमा स्वागत गर्ने हाम्रो सपना पूरा भएको थियो। यो यात्रा केवल एउटा घुमघाम मात्र थिएन—यो अनुभव थियो, सम्बन्धको मिठास थियो, प्रकृतिसँगको भेट थियो। वास्तवमै, यात्रामा गन्तव्यभन्दा पनि बाटो, भोगाइ र सँगै बिताएका क्षणहरू नै सबैभन्दा सुन्दर हुन्छन्। गुराँससँगै रंगिएको त्यो दुई दिन अब सधैंका लागि सम्झनामा बसिरहनेछ। उक्त भ्रमणमा सम्झना स्वरूप लिइएको केहि थान फोटाहरु :-
OT
Feb 12
OT
आफ्नै कुरा
· Feb 12
कुहिरो, चियाबारी र हामी—दमकदेखि श्री अन्तु, इलाम बजार, हुदै माइपोखरी, सन्दुकपुर सम्मको यादगार यात्रा
इलाम यात्राले सिकायो: परिवार सँगै यात्रा गर्नु नै सबैभन्दा सुन्दर रोमान्स हो। कुहिरो, चियाबारी र हामी—दमकदेखि श्री अन्तु, इलाम बजार, हुदै माइपोखरी, सन्दुकपुर सम्मको : हाँसो, माया र सम्झनाले भरिएको परिवारिक यात्रा ।कहिलेकाहीँ यात्रा भनेको केवल ठाउँ परिवर्तन होइन, मन र सम्बन्ध ताजा बनाउने सुन्दर बहाना पनि हुँदो रहेछ। यही अनुभूति दिलायो हाम्रो गएको शुक्रबार र शनिबारको दमकदेखि श्रीअन्तु, इलाम, माइपोखरी र कन्यामसम्मको पारिवारिक यात्राले। यात्रामा धनकुट्टा बाट आमा र कान्छी बैनी, धरान बाट दिदी बैनी र नानी बाबुहरू, इटहरी हलगढ़ाबाट दिदी र नानी सँगै हामी यात्रामा सयर भएका थियौं । यात्रा शुरु : दमक → शनिश्चरे → बुधबारे → इलामको कन्याम शुक्रबार बिहानै उत्साह बोकेर हामी स ~ परिवार दमकबाट निस्कियौँ। गाडीभित्रै हाँसो, ठट्टा र नयाँ योजनाले यात्रा छोटो जस्तै लाग्यो। शनिश्चरे र बुधबारे हुँदै इलामतर्फ उक्लिँदै जाँदा हरियो पहाड, चियाबारी र घुम्ती सडक सँगै गाडी भित्र बजेको रमाइलो गितले मन नै कता हराई रहेको थियो। कन्याममा साझको चिसोमा तात्तालो चियाको चुस्की लिएर हामि श्री अन्तु डाँडा तिर लाग्यौं । श्रीअन्तु पुग्दा : साँझ, पोखरी र रमाइलो रातश्रीअन्तु पुगेपछि सबैभन्दा पहिला मन तानेको थियो — साँझपख पोखरी वरिपरि बत्तीहरू झिलिमिली, पानीमा परेका प्रतिबिम्ब, अनि चिसो हावाले माहोल नै रोमान्टिक बनाइदिएको थियो। युवाहरूको होमस्टे तथा बार–कॉटेजमा गीतमा नाच्दै, झुम्दै बितेको रात। केहि त नशामा मस्त झुमेर ... केटा केटीहरु एकान्तमा रुमलिएको पनि देखियो ~ यो देख्दा भने कता कता नमज्जा लाग्यो रमाइलो गर्ने बहानामा बिकृति पो बढ्दै गएको हो कि जस्तो लाग्यो ... यस बारेमा स्थानीय र प्रशासनले ध्यान दिनु पर्ने देखिन्छ ..पछी यसले अपराधिक घटना बढ्न सक्ने संकेत गर्दछ ! कोही ताली बजाउँदै, कोही गीत गुनगुनाउँदै, त कोही नाच्नै नसक्दा पनि नाचेजस्तो गरेर सबैलाई हसाउँदै। परिवारसँगै यति खुला भएर रमाउन पाउनु साँचिकै भाग्यको कुरा रहेछ। नानीहरु पनि कम्त खुसि भएका होइनन ... छोरी युसिता त त्यति राति पनि सुत्ने त नाम नै लिइन्न ...अघि अघि कुद्दै पोखरीको ओरिपरी एक फन्को मारिन । त्यस पनि हामी हामीले दमक बाट हिड्नु अघि नै रिजभ गरेको कटेज तिर लाग्यौं ~ अन्तु हिल साइड कॉटेजमा बास बस्यौँ — शान्त, न्यानो र आरामदायी। जहाँ स्वादिलो, पाहुना घरको जस्तो खान पिन ... पाहुनाका लागी सेकुवा पोल्दै खान पिन गर्न मिल्ने साथै ... नाचगान गर्न मिल्ने गरिको साउण्ड सिस्टमको पनि व्यवस्था रहेछ ! बस्न खानको लागी पनि इकोनोमिक नै लाग्यो । हामीले सुत्नका लागी एउटा कटेज र हल रिजर्भ गरेका थियौं जहाँ १७/१८ जना मुस्किलने अटेर सुतेका थियौं ! श्रीअन्तु डाँडा र सूर्योदय रात अलिक अबेर सुतेकाले बिहान सबेरै उठ्न गाह्रो नै भयो ...अलिक ढिला भए'छ ...हतार हतार गरेर सुर्योदय हेर्न हामि अन्तु डाँडा तिर लाग्यौं .. र बिस्तारै उदाउँदै गरेको घाम, कुहिरो चिर्दै फैलिएको सुनौलो प्रकाश, र तल देखिने हरियाली… त्यो दृश्य शब्दमा बयान गर्न गाह्रो छ। हामी त्यहाँ पुग्दा सबै फोटो भिडियो, टिकटक बनाउनेहरुको भिड थियो हामीले पनि अरुके त्यहि सिको गरेर केहि थान फोटो खिचेर त्यहाँ बाट फर्कियौँ ....। इलाम बजार : बिहानको खाना र सहर घुमफिरत्यसपछि यात्रा मोडियो इलाम बजारतर्फ। बजार पुगेर सबैले मिलेर बिहानको स्वादिलो खाना खायौँ। चिया, हाँसो र हल्का थकान — सबै मिलेर केही बेर इलाम बजार डुलियो र हाम्रो मेन गन्तव्य पहिल्याउन अघि बढ्यौ । इलाम बजारमा लामो समय पछी फुपू दिदी सँग उहाको घरमा छोटो भेटघाट र आमाहरु सँग केहि बेर भलाकुसारी भएको थियो ! माइपोखरी : शान्ति र प्रकृतिको काखमा दिउँसो करिब २ बजे तिर ति अप्ठ्यारो बाटोहरु छिचोल्दै माइपोखरी पुग्यौँ। यहाँको शान्त वातावरण, हरियो वन, चिसो हावा र प्राकृतिक सौन्दर्यले सबैलाई मोहित बनायो। यहाँ पुगेपछि लाग्यो — यात्रा केवल रमाइलोका लागि होइन, मन शान्त पार्न पनि हुँदो रहेछ। हुन त टिकटक र युटुब तथा फेसबुकका भिडियोमा देखिए जतिको ~ अपेक्षित चाही रहेन'छ तर एउटा अचम्म लाग्दो कुरा चाही के रहेछ भने ...त्यत्रो ठुलो जंगलको बिचमा रहेको ठुलो पोखरीमा रुखका पात पतिङ्गर चाही एउटै पनि नहुदो रहेछ ... किम्बदंती अनुसार त्यहाँ पानि माथि झरेका सबै पातहरु त्यहाँका चराहरुले टिपेर सफा गर्दछन ! मलाई चाही यो कुरा हो जस्तै लाग्यो किन भने त्यहाँ पोखरी माथी कही पनि पुराना रुखका पातहरु झरेर तैरिरहेको देखिएको थिएन ... । 🌱 कन्याम : चियाबारी अनि फोटो नखिची आउने कुरै भएन हामी माइपोखरीबाट सिधै फर्केर कन्याम आइपुग्यौँ। हरियाली चियाबारीबीच हिँड्दै, फोटो खिच्दै, अन्तिम पटक यात्रालाई अझै सम्झनायोग्य बनायौँ। कन्यामका ती बाटो, ती दृश्य र ती हाँसो — सबै क्यामेराभन्दा गहिरो गरी मनमै सुरक्षित भए। फर्किने बाटो : बिराटमोड हुँदै दमकसाँझ करिब ६ बजेतिर बिराटमोड हुँदै हामी दमक फर्कियौँ। शरीर अलिक थकित थियो, तर मन भने अत्यन्तै हलुका, खुसी र सम्झनाले भरिएको। हाम्रो यात्रा जुन सम्झना योग्य बन्योयो यात्रा केवल दमकदेखि श्रीअन्तु–इलाम–माइपोखरी–कन्यामको रुट मात्र थिएन। यो थियो — परिवारसँग बिताएको गुणस्तरीय समय, हाँसो, नाच, गीत र प्रकृतिसँगको नजिकको सामिप्यता र जीवनभर सम्झिरहने सुन्दर अनुभव रह्यो । यदि तपाईं पनि परिवारसँग छोटो तर गहिरो रमाइलो यात्रा खोज्दै हुनुहुन्छ भने — श्रीअन्तु, इलाम, माइपोखरी र कन्याम पक्कै पनि उत्कृष्ट विकल्प हुन्। 📌 यात्रा सकिन्छ, तर यादहरू कहिल्यै सकिँदैनन्… ❤️
OT
Jan 13
OT
आफ्नै कुरा
· Jan 13
Borabadh (बोरा बाँध) - पूर्वको एक राम्रो पर्यटकिय गन्तव्य बन्दै ! Boating on Koshi River at Borabadha | Sunsari |
पछिल्लो समयमा पूर्वी नेपालमा निक्कै भाइरल बन्दै गएको एउटा रमाइलो गन्तव्य भएको छ — Borabadh (बोरा बाँध) । कोशी नदीको किनारमा अवस्थित यो स्थान अहिले घुमफिर, रमाइलो र फुर्सदको समय बिताउनेहरूको नयाँ रोजाइ बनेको छ । प्राकृतिक दृश्य, खुला वातावरण र सजिलै पुग्न सकिने भएकाले यहाँ दैनिकजसो आन्तरिक पर्यटकको भिड देख्न सकिन्छ । Borabadh पुग्नेबित्तिकै कोशी नदीको विशालता र शान्त बहावले मन लोभ्याउँछ । यहाँ आउनेहरू बनभोज गर्ने, बोटिङ्गको मजा लिने, हर्स राइडिङ्ग गर्ने, मोटर बाइक राइडिङ्ग गर्दै नदी किनारको दृश्य हेर्ने गर्छन् । विशेषगरी साँझपख सूर्य अस्ताउँदै गरेको दृश्य हेर्न आउनेहरूको भिडले यो स्थान अझै जीवन्त देखिन्छ । साइड रिभर सिनमा बसेर फोटो खिच्ने र समय बिताउनेहरूका लागि यो ठाउँ स्वर्गजस्तै लाग्छ । हिजो हामी पनि स-परिवार Borabadh (बोरा बाँध) पुगेका थियौं । परिवारसँगै खुलेको ठाउँमा रमाइलो गर्नु, बच्चाहरूलाई खुला वातावरणमा खेल्न दिनु र प्रकृतिसँग नजिक भएर समय बिताउनु निकै सुखद अनुभव रह्यो । लामो यात्रा नगरी नजिकै यस्तो रमाइलो गन्तव्य पाउनु आफैंमा खुसीको कुरा हो । अझ खुसी लाग्ने कुरा के भने, यहाँको व्यवस्थापन पनि बिस्तारै राम्रो हुँदै गएको देखियो । ट्वाइलेट, पार्किङ्ग र साना पसलहरूको राम्रो व्यवस्था गरिएको रहेछ । यसले यहाँ आउने पर्यटकलाई सहज बनाएको छ भने स्थानीय व्यवसायीहरूलाई पनि राम्रो आम्दानीको स्रोत बनेको छ । स्थानीयहरूले चिया, खाजा, खानेकुरा तथा साना सेवामार्फत प्रत्यक्ष लाभ उठाइरहनु भएको देखिन्छ । Borabadh जस्ता स्थानहरूले के सिकाउँछन् भने, धेरै ठूलो बजेट र जटिल योजना बिना पनि स्थानीय स्रोत, नदी किनार र प्राकृतिक सौन्दर्यको सही उपयोग गर्न सकियो भने पर्यटन प्रवर्द्धन सम्भव छ । यसबाट अन्य ठाउँका स्थानीय सरकारले पनि सिकेर, आफ्ना क्षेत्रमा रहेका यस्ता सम्भावनायुक्त स्थानहरूलाई व्यवस्थित गर्दै स्थानीय पर्यटन आकर्षण गर्ने योजना बनाउन सक्नुपर्छ । समग्रमा भन्नुपर्दा, Borabadh (बोरा बाँध) केवल घुम्ने ठाउँ मात्र होइन, यो स्थानीय विकास, रोजगारी र पर्यटन प्रवर्द्धनको राम्रो उदाहरण पनि हो । यदि तपाईं पनि परिवार वा साथीहरूसँग एक दिन रमाइलो बिताउने सोचमा हुनुहुन्छ भने, कोशी नदी किनारको यो गन्तव्य तपाईंको सूचीमा अवश्य राख्नुस् । अझ राम्रो कुरा के लाग्यो भने बोटीङ्ग गर्दा लाग्ने खर्च नारायणी नदि, बराहक्षेत्र र अन्य ठाउँमा भन्दा सस्तो - रु. २०० मै घुम्न पाइन्छ, जुन सबै यहाँ घुम्न आउने पर्यटकहरुको लागी एफोर्टएबल हो जस्तो लाग्यो अहिलेको समयमा !
OT