बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ आफ्नै कुरा
OT
आफ्नै कुरा
Own Things · bednath.blogspot.com · ब्लग र विचार
bednath.blogspot.com
सबै
२५
Contemporary
१३
Community
२
Rhyme
१
Journey
३
Occasion and Festival
२
Damak
१
आफ्नै कुरा मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर आफ्नै कुराका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर विचार
नेप
नेपाल प्रेस चिन्तन
MS
MySansar
NI
नेपाली विचार
NU
Nepal Unplugged
KA
Kathmandu Alley Cat
NE
Nepal Explained
Aug 1
OT
आफ्नै कुरा
· Aug 1
विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) ब्रोड पिक हिमपहिरोमा अस्ताए
विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा साहसिक अभियानका पर्याय बनेका निर्मल पुर्जा ‘निम्स दाइ’ पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेर निधन भएको पुष्टि भएको छ। पुर्जा आफैं संस्थापक रहेको इलाइट एक्सपेडले आधिकारिक विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेको हो। गत बिहीबार (साउन १४) पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा मध्याह्नतिर ठूलो हिमपहिरो गएको थियो। उक्त दुर्घटनामा पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० जना आरोही बेपत्ता भएका थिए। अन्तिम सन्देशमै थियो सुरक्षित फर्किने प्रार्थनाब्रोड पिक अभियानमा जानुअघि निम्स दाइले सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गरेका थिए। उनले लेखेका थिए, "ब्रोड पिक, म तिमीसँग केवल एउटा कुरा माग्छु—मलाई सुरक्षित रूपमा माथि पुग्न र फेरि सुरक्षित रूपमा फर्किन देऊ।" उनले कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा नलिने उल्लेख गर्दै बेसक्याम्पबाट पहिलो पाइला चाल्नेबित्तिकै आफ्नो सम्पूर्ण समर्पण अभियानमै केन्द्रित हुने बताएका थिए। दुर्भाग्यवश, सुरक्षित फर्किने उनको त्यो प्रार्थना अधुरै रह्यो। अधुरै रह्यो अर्को विश्व कीर्तिमानसन् २०१९ मा केवल ६ महिनाभन्दा केही बढी अवधिमा संसारका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका पुर्जा यसपटक ब्रोड पिक सफलतापूर्वक आरोहण गर्न सकेको भए चोयुबाहेक ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल दुई–दुई पटक विनाअक्सिजन आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्ने सम्भावना थियो। यसअघि अघिल्लो सातामात्र उनले पाकिस्तानको गासरब्रुम–२ सफलतापूर्वक आरोहण गर्दै ८ हजार मिटरभन्दा माथिका हिमालमा आफ्नो ५७औँ सफल आरोहण पूरा गरेका थिए। गोरखा सैनिकदेखि विश्वकै उत्कृष्ट आरोहीसम्मम्याग्दीमा जन्मिएर चितवनमा हुर्किएका निर्मल पुर्जा १८ वर्षको उमेरमा बेलायती गोरखा सैनिकमा भर्ती भएका थिए। उनले कुल १६ वर्ष सैन्य सेवामा बिताए, जसमध्ये १० वर्ष बेलायतको अत्यन्तै प्रतिष्ठित यूके स्पेसल बोट सर्भिस (SBS) मा सेवा गरेका थिए। उनी एसबीएसमा आबद्ध हुने पहिलो गोरखा सैनिकसमेत थिए। सन् २०१२ मा पहिलोपटक लोबुचे इस्ट हिमाल आरोहण गरेपछि उनको हिमाल यात्राले तीव्र गति लियो। सैन्य सेवाबाट सिकेको कठिन परिस्थितिमा निर्णय गर्ने क्षमता, अनुशासन र शारीरिक दक्षताले उनलाई विश्वकै उत्कृष्ट पर्वतारोहीमध्ये एक बनायो। ‘प्रोजेक्ट पोसिबल’ बाट विश्वलाई चकितधेरैले असम्भव मानेको चुनौतीलाई सम्भव बनाउने लक्ष्यसहित उनले ‘प्रोजेक्ट पोसिबल’ सुरु गरेका थिए। त्यसअन्तर्गत उनले केवल ६ महिनाभन्दा केही बढी अवधिमा ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गरे। सन् २०२१ मा निम्स दाइको नेतृत्वमा १० नेपाली आरोहीको टोलीले जाडोयाममा पहिलोपटक के–टु हिमाल सफलतापूर्वक आरोहण गर्दै अर्को ऐतिहासिक कीर्तिमान पनि बनाएको थियो। उनीसँग ५ दिनभित्र सगरमाथा, ल्होत्से र मकालु आरोहण गर्ने रेकर्ड पनि छ। पर्वतारोहणमा असाधारण योगदानका लागि उनले बेलायती महारानी एलिजाबेथ द्वितीयबाट एमबीई (Member of the Order of the British Empire) सम्मानसमेत प्राप्त गरेका थिए। उद्धारमा पनि उत्तिकै अग्रणीनिम्स दाइ केवल कीर्तिमानी आरोही मात्र थिएनन्। हिमालमा संकटमा परेका आरोहीहरूको उद्धार र सहयोगमा पनि उनी सधैं अग्रपंक्तिमा रहन्थे। अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा उनी साहस, नेतृत्व, टोली भावना र मानवीय सेवाका लागि विशेष सम्मानित थिए। उनको असामयिक निधनसँगै नेपालले विश्व पर्वतारोहण क्षेत्रमा एक अद्वितीय साहसी व्यक्तित्व गुमाएको छ। हिमालप्रतिको समर्पण, असम्भवलाई सम्भव बनाउने आत्मविश्वास र नेपाली पर्वतारोहणलाई विश्वमञ्चमा पुर्याएको योगदानका कारण निर्मल पुर्जा ‘निम्स दाइ’ सधैं स्मरणीय रहनेछन्।
OT
Jul 22
OT
आफ्नै कुरा
· Jul 22
नेपालमा बढ्दो लागुऔषध दुर्व्यसन र अनलाइन जुवाको संकट: अपराधको बदलिँदो स्वरूप र समाधानको खोजी
लागुऔषध र अनलाइन जुवाको फैलँदो जाल: हराउँदै गएको पुस्ताको भविष्य नेपाल अहिले एउटा यस्तो सामाजिक संकटको संघारमा उभिएको छ, जसको प्रभाव केवल केही व्यक्तिमा सीमित छैन। यो संकटले परिवार, समाज, अर्थतन्त्र, सार्वजनिक सुरक्षा र राष्ट्रको भविष्यसम्म असर पुर्याइरहेको छ। त्यो संकट हो—लागुऔषध दुर्व्यसन र अनलाइन जुवाको तीव्र विस्तार।कुनै समय सीमित क्षेत्र र सीमित समूहमा देखिने लागुऔषधको समस्या आज देशका ठूला शहरदेखि साना नगरपालिका र ग्रामीण बस्तीहरूमा समेत फैलिएको छ। विद्यालय, कलेज, बजार, सार्वजनिक पार्क, भाडाका कोठा र सीमावर्ती क्षेत्रहरूमा यसको पहुँच बढ्दै गएको विभिन्न सरकारी तथ्यांक, प्रहरी कारबाही र स्वास्थ्य क्षेत्रका अध्ययनहरूले देखाइरहेका छन्। गाँजा र चरेसको परम्परागत प्रयोगसँगै अहिले ब्राउन सुगर, हेरोइन, विभिन्न मनोप्रभावी औषधिको दुरुपयोग तथा एकभन्दा बढी प्रकारका लागुऔषध एकैसाथ प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ। यो केवल कानुनी उल्लङ्घन मात्र होइन, सार्वजनिक स्वास्थ्य र राष्ट्रिय सुरक्षाको चुनौती पनि हो।लागुऔषधको प्रयोग किन बढिरहेको छ भन्ने प्रश्नको उत्तर एउटै छैन। बेरोजगारी, बढ्दो निराशा, पारिवारिक विखण्डन, मानसिक स्वास्थ्यसम्बन्धी समस्याप्रति उदासीनता, साथीभाइको प्रभाव, सामाजिक सञ्जालको असर, सीमावर्ती क्षेत्रमा हुने अवैध आवतजावत तथा छिटो आर्थिक लाभको मोहजस्ता कारणहरू एकअर्कासँग गाँसिएका छन्। समाज परिवर्तनको गतिले युवामा सिर्जना गरेको मानसिक दबाबलाई समयमै सम्बोधन गर्न नसक्दा धेरै युवाहरू गलत बाटोतर्फ आकर्षित भइरहेका छन्।तर यसभन्दा गम्भीर प्रश्न अर्को छ—लागुऔषध यति सहज रूपमा प्रयोगकर्तासम्म पुगिरहेको छ भने यसको आपूर्ति कसले गरिरहेको छ?हरेक दिनजसो प्रहरीले प्रयोगकर्ता वा साना कारोबारी पक्राउ गरेको समाचार सार्वजनिक हुन्छ। ठूलो परिमाणमा लागुऔषध बरामद भएको विवरण पनि आउँछ। तर समाजमा एउटा प्रश्न बारम्बार उठिरहेको छ—यी पदार्थको मूल स्रोत कहाँ छ? ती नेटवर्क सञ्चालन गर्ने मुख्य व्यक्तिहरू को हुन्? किन अधिकांश कारबाही प्रयोगकर्ता वा तल्लो तहका बिचौलियामै सीमित देखिन्छ?यस्तो प्रश्न उठ्नु स्वाभाविक हो। तर प्रमाणबिना राज्य संयन्त्र वा प्रहरी प्रशासनमाथि मनोगत आरोप लगाउनु समाधान होइन। वास्तविकता के हो भने अहिले लागुऔषध कारोबार व्यक्तिगत गतिविधि होइन; यो बहुस्तरीय र संगठित आपराधिक सञ्जालमा रूपान्तरित भइसकेको छ। प्रयोगकर्ताले सामान्यतया आफूलाई पदार्थ उपलब्ध गराउने स्थानीय व्यक्तिलाई मात्र चिन्छ। त्यो व्यक्ति अर्को तहसँग जोडिएको हुन्छ, र अन्ततः मुख्य सञ्चालक सीमापार वा अन्य सुरक्षित स्थानबाट कारोबार सञ्चालन गरिरहेको हुन सक्छ। यस्ता सञ्जाल डिजिटल सञ्चार, कोड भाषा, बिचौलिया र अनौपचारिक वित्तीय माध्यम प्रयोग गर्ने भएकाले अनुसन्धान झन् जटिल बन्दै गएको छ।यसैले अहिलेको आवश्यकता केवल सडकबाट प्रयोगकर्ता पक्राउ गर्नु होइन; आर्थिक सञ्जाल, सम्पत्ति, बैंकिङ कारोबार, डिजिटल सम्पर्क र सीमापार सम्बन्धसम्म पुग्ने अनुसन्धान प्रणाली विकास गर्नु हो। "Follow the money" अर्थात् अपराधको आर्थिक स्रोत पहिचान गर्ने अभ्यास प्रभावकारी नभएसम्म मुख्य गिरोहसम्म पुग्न कठिन हुनेछ।लागुऔषधको समस्यासँगै अर्को मौन महामारीका रूपमा अनलाइन जुवा र बेटिङ नेपाली समाजमा तीव्र गतिमा फैलिरहेको छ। हातमा रहेको मोबाइल फोन आज धेरै युवाका लागि मनोरञ्जनको साधन मात्र होइन, आर्थिक विनाशको ढोका बन्न थालेको छ। विदेशी बेटिङ प्लेटफर्म, खेलकुदमा आधारित बाजी, अनलाइन क्यासिनो र सामाजिक सञ्जालमार्फत सञ्चालन हुने एजेन्ट सञ्जालले हजारौँ युवालाई सजिलै पैसा कमाउने भ्रममा पारिरहेको छ। प्रारम्भमा सानो रकमबाट सुरु हुने यो लत अन्ततः ऋण, मानसिक तनाव, पारिवारिक विघटन र आपराधिक गतिविधिसम्म पुग्ने जोखिम बोकेको हुन्छ।लागुऔषध र अनलाइन जुवाबीचको सम्बन्ध पनि अब बेवास्ता गर्न मिल्ने अवस्थामा छैन। आर्थिक रूपमा संकटमा परेका व्यक्तिहरू जुवाबाट पैसा फिर्ता ल्याउने प्रयासमा झन् गहिरो दलदलमा फसिरहेका छन् भने लागुऔषध प्रयोगकर्ताले लत धान्न चोरी, ठगी वा अन्य अवैध गतिविधितर्फ धकेलिने जोखिम बढिरहेको छ। यी दुवै समस्याले संगठित अपराधलाई थप आर्थिक आधार उपलब्ध गराइरहेका छन्।यस परिस्थितिमा राज्यले अपनाउने रणनीति पनि बदलिनुपर्छ। पक्राउ र मुद्दा दर्ता मात्र सफलता होइन। रोकथाम, उपचार, पुनःस्थापना, मानसिक स्वास्थ्य सेवा, युवालाई रोजगारी र सीपसँग जोड्ने नीति, विद्यालय तथा कलेजमा जीवन–सीप शिक्षा, अभिभावकको सक्रिय भूमिका र समुदायमा आधारित सचेतना अभियानलाई समान प्राथमिकता दिनुपर्छ। त्यस्तै, सीमापार सुरक्षा सहकार्य, साइबर अनुसन्धान क्षमता, वित्तीय निगरानी तथा अवैध सम्पत्ति जफत गर्ने कानुनी संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ।यससँगै एउटा असहज तर आवश्यक प्रश्न राज्यले आफैँसँग पनि सोध्नुपर्छ—के विद्यमान नीति, कानुन, अनुसन्धान प्रणाली र स्रोतसाधन आजको अपराधको स्वरूपसँग मेल खान्छ? यदि अपराध प्रविधिमैत्री बन्दै गएको छ भने अनुसन्धान प्रणाली पनि त्यत्तिकै आधुनिक बन्नुपर्छ। अन्यथा अपराधीहरू सधैँ एक कदम अगाडि र राज्य एक कदम पछाडि रहने अवस्था दोहोरिइरहनेछ।समाजले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। लागुऔषधलाई "अरूको घरको समस्या" र अनलाइन जुवालाई "सामान्य मनोरञ्जन" ठान्ने मानसिकता परिवर्तन गर्नुपर्छ। हरेक अभिभावक, शिक्षक, स्थानीय समुदाय र नागरिकले युवाको व्यवहार, मानसिक अवस्था र डिजिटल जीवनशैलीप्रति संवेदनशील बन्नुपर्ने बेला आएको छ।नेपालको भविष्य युवाको हातमा छ भन्ने भनाइ हामी बारम्बार दोहोर्याउँछौँ। तर त्यो भविष्यलाई सुरक्षित राख्ने ठोस प्रयासमा भने अझै कमजोरी देखिन्छ। यदि आज पनि हामीले लागुऔषध र अनलाइन जुवाको फैलँदो सञ्जाललाई सामान्य समस्या ठानेर बेवास्ता गरिरह्यौँ भने भोलि एउटा पुस्ता मात्र होइन, राष्ट्रको सामाजिक र आर्थिक आधार नै कमजोर बन्न सक्छ।अतः अब प्रश्न केवल लागुऔषध नियन्त्रणको होइन; प्रश्न नेपालको भावी पुस्ता जोगाउने हो। त्यसका लागि राज्यको दृढ इच्छाशक्ति, प्रभावकारी अनुसन्धान, पारदर्शी कानुनी कार्यान्वयन र समाजको सक्रिय सहभागिता—यी चारवटै समान रूपमा आवश्यक छन्। किनकि एउटा सभ्य समाजको पहिचान अपराध बढेपछि कडा कारबाही गर्नु मात्र होइन, अपराध जन्मिने वातावरणलाई समयमै रोक्नु पनि हो।
OT
May 14
OT
आफ्नै कुरा
· May 14
Reels हेर्दै जिन्दगी बिताउने कि Real काम गर्ने?
नेपालमा केही हुँदैन” भन्दै Status हाल्ने कि… “केही गरेर देखाउँछु” भन्दै उठ्ने हो? अहिले हामी र हाम्रो देश एउटा अनौठो मोडमा उभिएको छ । बाहिरबाट हेर्दा देशमा परिवर्तनको कुरा धेरै सुनिन्छ। सडक र सदनमा विकासका भाषण छन्, सामाजिक सञ्जालमा राजनीतिक बहस छन्, TikTok र Facebook मा Motivation का भिडियोहरू छन्। तर अर्कोतर्फ गाउँका खेत बाँझा छन्, जसरी देशमा बेरोजगारी बढिरहेको त्यसरी नै एयरपोर्टमा विदेशिने युवाको लामो लाइन पनि बढी रहेको देखिन्छ। यस्तो अवस्था हेर्दा लाग्छ; आजको नेपाली युवाको मनभित्र एउटा ठूलो युद्ध चलिरहेको छ : “यही देशमा बसेर केही गरौं कि विदेश जाऔं?” आजको युवा केवल जागिर खोज्ने मानिस मात्र होइन। ऊ आफ्नो पहिचान खोजिरहेको छ। ऊ सम्मान खोजिरहेको छ। पुरानो पुस्ताजस्तो “जागिर पाइयो भने पुग्यो” भन्ने सोचमा आजको युवा छैन। उसलाई स्वतन्त्रता चाहिएको छ, आफ्नो जातीय, सास्कृति, लैङ्गिक तथा समाजीक पहिचान चाहन्छ। आफ्नै काम गर्न चाहन्छ। कम्तीमा महिनाको तलब आउँदा “सास फेर्न” मिल्ने जीवन चाहन्छ। तर यथार्थ भने त्यति सजिलो छैन। नेपालमा धेरै युवाको अवस्था पीडादायक छ। Degree छ, तर काम छैन। Skill छ, तर अवसर छैन। सपना छन्, तर लगानी छैन। ऊर्जा छ, तर प्रयोग गर्ने प्लेटफर्म छैन। उत्पादन छ, तर बजार छैन। नीतिहरू छन्, तर कार्यान्वयन कमजोर छ। यही कारणले धेरै युवाले अन्तिम निष्कर्ष निकाल्छन्— “बरु Korea, Japan वा Gulf Country नै ठीक।” तर प्रश्न उठ्छ — के विदेश जानु गलत हो? पक्कै होइन। वास्तवमा यो Debate भन्दा ठूलो कुरा अर्को छ — जहाँ भए पनि, देश र समाजका लागि कस्तो Contribution दिन सकिन्छ भन्ने। नेपालमै बसेर Struggle गर्नेहरूलाई कहिलेकाहीँ “लाटो Idealist” भनिन्छ भने विदेश जानेहरूलाई “देश छोड्ने” भनेर गाली गरिन्छ, तर Reality यति Simple छैन। देशलाई अहिले Facebook Comment Warrior होइन, Solution खोज्ने Generation चाहिएको छ। विदेश जानु अपराध होइन, आफ्नो परिवारका लागि संघर्ष गर्नु गलत होइन। वास्तवमा धेरै नेपाली युवाले विदेशमा पसिना बगाएर नेपालकै घर धानेका छन्। आमाबुबाको औषधि, भाइबहिनीको पढाइ, परिवारको भविष्य — धेरै कुरा विदेशमा रहेका नेपालीकै कमाइले चलेको छ। त्यसैले विदेश जानेहरूलाई “देश छोड्ने” भनेर गाली गर्नु वा उनीहरू राष्ट्रवादी होइनन् भन्नु सरासर गलत हुन्छ। देशप्रेम केवल देशभित्र बसेर भाषण गर्ने कुरामा मात्र सीमित हुँदैन, आफ्नो परिवार, समाज र देशको भविष्यका लागि इमानदारीपूर्वक योगदान दिनु पनि एउटा ठूलो राष्ट्रप्रेम नै हो। तर अर्को यथार्थ पनि छ। विदेशमा पुगेपछि आफ्नो सीप, अनुभव र सम्भावनालाई सधैंका लागि उतै गाडेर फर्कनै नचाहने मानसिकता बढ्दै गएको छ। कतिपयले नेपालमा भएको सम्पत्ति बेचेर उतै लगानी गर्न थालेका छन्। यसले देशभित्र उत्पादन, लगानी र सम्भावना कमजोर बनाइरहेको छ। त्यसैले आजको मुख्य प्रश्न “विदेश जाने कि नजाने?” मात्र होइन। असली प्रश्न त “जहाँ भए पनि, देश र समाजका लागि के योगदान दिन सकिन्छ?” भन्ने हो। नेपाललाई अहिले समस्या देखेर गाली गर्ने मानिसभन्दा समाधान खोज्ने युवा चाहिएको छ। आजको युवा केवल “Job Seeker” होइन, “Problem Solver” बन्नुपर्छ। गाउँमै बसेर कृषि गर्नेलाई सम्मान गर्ने सोच चाहिन्छ। मोबाइलमा Reels मात्र हेर्ने होइन, Business Idea पनि खोज्ने बानी चाहिन्छ। राजनीति गाली मात्र गर्ने होइन, नीति पनि बुझ्ने चेतना चाहिन्छ। “देश बिग्रियो” भन्नुभन्दा पहिले “मैले के गरें?” भनेर आफैलाई सोध्ने नैतिकता पनि चाहिन्छ। किनभने देश सरकार मात्रले बन्दैन। देश नागरिकले बनाउँछन्। आफ्नो काम इमान्दारिता पुर्वक गर्ने मानिस पनि देशभक्त हो। कर तिर्ने व्यापारी पनि देशभक्त हो। खेतमा पसिना बगाउने किसान पनि देशभक्त हो। विदेशबाट पैसा पठाएर परिवार धान्ने युवा पनि देशभक्त हो। देशभक्ति केवल Facebook मा झण्डा राख्नु वा भाषण गर्नु मात्र होइन। आजको समय Social Media को समय हो। कसैले १५ सेकेन्डको भिडियोबाट लाखौं कमाइरहेको छ। कसैले Fake Motivation बेचिरहेको छ। तर यही Social Media लाई सही तरिकाले प्रयोग गर्ने हो भने यसले ठूलो अवसर पनि दिन सक्छ। गाउँको एउटा युवाले YouTube बाट Coding सिक्न सक्छ। कसैले TikTok बाट आफ्नो Business चलाउन सक्छ। किसानले Facebook बाट आफ्ना उत्पादन बेच्न सक्छ। Technology ले ढोका खोलिसकेको छ, अब त्यसलाई सही दिशामा प्रयोग गर्ने जिम्मेवारी हाम्रो हो। राज्यको दायित्व पनि उत्तिकै महत्त्वपूर्ण छ। युवालाई केवल भाषण होइन, अवसर चाहिन्छ। गुणस्तरीय शिक्षा, सीपमूलक तालिम सहितको अवसरको, उद्यम गर्न सहज नीति, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण र उत्पादनलाई सम्मान गर्ने व्यवस्था आवश्यक छ। यदि युवालाई केवल चुनावको बेला मात्रै सम्झिने हो भने देशको भविष्य आशाले होइन, निराशाले भरिन्छ। आज नेपाललाई “निराशा फैलाउने विशेषज्ञ” होइन, “सानो कामबाट परिवर्तन सुरु गर्ने युवा” चाहिएको छ। विदेशमा हुनेहरूले सीप, अनुभव र सोच लिएर देशलाई सम्झिनुपर्छ। नेपालमै हुनेहरूले सानो कामलाई पनि सानो नठान्ने हुनु पर्दछ। कृषि, पर्यटन, Digital काम, Freelancing, Startup, स्थानीय उत्पादन र कला— यस्ता धेरै क्षेत्रमा सम्भावना अझै बाँकी छ। मलाई लाग्छ, नेपाल बिग्रिएको देश होइन। यो सम्भावना र समस्याको बीचमा अल्झिएको देश हो। यहाँ समस्या धेरै छन्, तर सपना देख्ने मानिसहरुको पनि कमी छैन। विश्वको इतिहास हेर्ने हो भने देशहरू केवल भाषणले बदलिएका छैनन्, युवाको अठोट र निर्णयले बदलिएका छन्। त्यसैले आजको नेपाली युवालाई एउटा मात्रै कुरा भन्न मन लाग्छ :— “देशले हामीलाई के दियो भनेर मात्र नसोचौं, हामीले त्यसको लागी आफूलाई कतिको तयार बनायौं भनेर पनि सोचौंन।” किनकि हाम्रो भविष्य कुनै नेताको भाषणमा छैन। हाम्रो भविष्य अहिले मोबाइल समातेर यो लेख पढिरहेको युवाले गर्ने निर्णयमा निर्भर छ। अन्ततः, सबै मान्छे नेता बन्नुपर्दैन। तर सबै जिम्मेवार नागरिक भने अवश्य बन्नुपर्छ।
OT
May 10
OT
आफ्नै कुरा
· May 10
रुदाने: रूपचन्द्र विष्ट — एक विद्रोही सोचको नाम
रुदाने: रूपचन्द्र विष्ट — एक विद्रोही सोचको नाम नेपालको राजनीतिक इतिहासमा केही व्यक्तित्वहरू यस्ता छन्, जसलाई बुझ्न सजिलो हुँदैन तर उनीहरूले सोच्न बाध्य बनाउँछन्। त्यहीमध्ये एक नाम हो रूपचन्द्र विष्ट, जसलाई धेरैले रुदाने भनेर चिन्ने गर्छन्। रुदाने परम्परागत राजनीतिभन्दा फरक थिए। उनी भाषणभन्दा व्यवहारमा विश्वास गर्थे। उनका विचारहरू कठोर लाग्न सक्थे, तर उद्देश्य स्पष्ट थियो — जनतालाई सचेत बनाउने। जनतासँगको सम्बन्ध दामन–पालुङ क्षेत्रमा उनी प्रधानपञ्च हुँदा स्थानीय विकासमा जनसहभागिता र पारदर्शिताको अभ्यास गरिएको चर्चा पाइन्छ। एक धार्नी आलु बिक्री गर्दा उठ्ने सानो करसमेत विकासका काममा प्रयोग हुने र त्यसको विवरण सार्वजनिक रूपमा देखाइने अभ्यासले उनलाई पारदर्शी नेतृत्वसँग जोडिन्छ। उनी चुनावी राजनीतिमा पनि अनौठा थिए। लोकप्रियता होइन, चेतना जगाउने उद्देश्यले उनी जनतासँग सीधा संवाद गर्थे भन्ने ऐतिहासिक स्मरणहरू पाइन्छन्। ‘थाहा आन्दोलन’ रुदानेको सबैभन्दा ठूलो विचार हो — “थाहा पाउनु”। उनको दर्शन सरल थियो: * किन? * कसरी? * केका लागि? यी प्रश्नहरू नै परिवर्तनको आधार हुन् भन्ने उनको विश्वास थियो। उनले युवाहरूलाई अन्धविश्वास र निर्भरताबाट बाहिर निस्कन प्रेरित गरे। सरल जीवन, कठोर विचार रुदानेको जीवनशैली अत्यन्तै सरल थियो भन्ने विभिन्न स्मरणहरूमा उल्लेख छ। उनी पद र सुविधाभन्दा विचार र सिद्धान्तलाई बढी महत्व दिन्थे। उनको जीवनको मुख्य विशेषता थियो , आफ्नो विचारमा अडिग रहनु, चाहे परिस्थिति जस्तोसुकै होस्। विवाद र आलोचना उनको शैली सबैलाई सहज लागेन। कडा बोली र असामान्य राजनीतिक दृष्टिकोणका कारण उनी विवादित पनि बने। तर उनी उठाएका प्रश्नहरू भने आज पनि सान्दर्भिक देखिन्छन्। कतिपयका लागि उनी विद्रोही चेतनाका प्रतीक थिए, कतिपयका लागि असहज नेता। तर उनी नेपालमा विचारको राजनीति गर्ने दुर्लभ व्यक्तित्वमध्ये एक बने। अन्तिम समय २०५६ असार ७ गते वीर अस्पतालमा उनको निधन भयो। सरल जीवनशैली र विचारप्रतिको प्रतिबद्धता उनका अन्तिम दिनसम्म पनि देखिएको भन्ने स्मरणहरू पाइन्छन्। आजको सन्देश रुदानेलाई सम्झिँदा केवल व्यक्ति होइन, एउटा प्रश्न जीवित हुन्छ; * के हामी सचेत छौँ? * के हामी प्रश्न गर्न सक्छौँ? * के हामी लाई “थाहा” छ ? उनको जीवनले सिकाएको मुख्य कुरा यही हो, परिवर्तन बाहिर होइन, चेतनाबाट सुरु हुन्छ। रूपचन्द्र विष्ट कुनै सामान्य नेता मात्र थिएनन्। उनी एउटा सोच थिए; प्रश्न गर्ने, सचेत हुने र आत्मनिर्भर बन्ने र आज पनि उनको सबैभन्दा ठूलो सन्देश त्यही हो, “थाहा पाउनु नै पहिलो स्वतन्त्रता हो।” इतिहास फेरि अर्को “रुदाने शैली” को उदय, बहस र विस्तारै अस्ताउने यात्रातर्फ अघि बढिरहेको हो ? नेपालको राजनीतिमा समय–समयमा यस्ता पात्रहरू उदाउँछन्, जसले परम्परागत राजनीतिक शैलीमाथि प्रश्न उठाउँछन्। उनीहरू स्थापित दलभन्दा फरक देखिन्छन्, भाषणभन्दा व्यवहारमा विश्वास गर्छन् र जनताको निराशाबीच वैकल्पिक आशाको रूपमा उभिन्छन्। आज धरानका मेयर हर्क साम्पाङलाई लिएर भइरहेको बहसले धेरैलाई रूपचन्द्र विष्ट “रुदाने” को सम्झना गराइरहेको छ। रुदाने विद्रोही चेतनाका प्रतीक थिए। उनले “थाहा आन्दोलन” मार्फत जनतालाई प्रश्न गर्न सिकाए — किन, कसरी र केका लागि ? उनी सरल जीवनशैली, कठोर विचार र अडिग स्वभावका कारण फरक देखिए। तर त्यही अत्यधिक व्यक्तिगत शैली र कठोर अडानले उनको आन्दोलनलाई राष्ट्रिय स्तरमा स्थायी राजनीतिक शक्तिमा रूपान्तरण हुन दिएन। आज हर्क साम्पाङ पनि श्रम, आत्मनिर्भरता र जनसहभागिताको राजनीतिमार्फत चर्चाको केन्द्रमा छन्। श्रमदानलाई अभियान बनाउने, प्रत्यक्ष रूपमा जनतासँग जोडिने र स्थापित दलहरूलाई चुनौती दिने शैलीले उनलाई लोकप्रिय बनाएको छ। विशेषगरी युवापुस्ताले उनलाई फरक राजनीतिक अभ्यासका रूपमा हेर्न थालेका छन्। तर इतिहासले यहाँ एउटा महत्वपूर्ण प्रश्न उठाउँछ;के यो यात्रा पनि अन्ततः “व्यक्तित्व केन्द्रित विद्रोह” मै सीमित हुने हो ? रुदानेले चेतना जगाए, तर त्यसलाई संस्थागत संरचनामा बदल्न सकेनन्। आन्दोलन व्यक्तिमा धेरै निर्भर हुँदा, त्यो व्यक्तिसँगै कमजोर बन्दै जान्छ। नेपालजस्तो जटिल समाजमा केवल आक्रोश, भावनात्मक समर्थन र विद्रोही छविले मात्र दीर्घकालीन राजनीतिक आधार निर्माण गर्न सक्दैन। त्यसका लागि संगठन, सहकार्य, धैर्य र स्पष्ट नीति आवश्यक पर्छ। आज हर्क साम्पाङ सामु पनि त्यही चुनौती देखिन्छ। यदि राजनीति केवल सामाजिक सञ्जालको लोकप्रियता, निरन्तर टकराव र व्यक्तिगत अडानमै सीमित रह्यो भने, त्यो क्षणिक आकर्षण त बन्न सक्छ, तर स्थायी राजनीतिक शक्ति बन्न कठिन हुनेछ। हर्क सम्पाङले अब एउटा कुरा बुझ्न आवश्यक छ, आन्दोलनलाई व्यक्तिभन्दा माथि उठाउनुपर्छ। फरक मत राख्नेहरूलाई शत्रु होइन, बहसको हिस्सा बनाउन सक्नुपर्छ। केवल विरोध होइन, दीर्घकालीन वैकल्पिक योजना पनि दिन सक्नुपर्छ। र सबैभन्दा महत्वपूर्ण, भावनात्मक समर्थनलाई संस्थागत संरचनामा बदल्न सक्नुपर्छ। रुदाने इतिहासमा विचारका रूपमा जीवित छन्, तर उनको आन्दोलन सीमित भयो। हर्क सम्पाङका अगाडि अहिले अवसर छ — कि त उनी पनि केवल एउटा चर्चित विद्रोही पात्रमै सीमित हुनेछन्, वा विद्रोही ऊर्जा लाई दीर्घकालीन राजनीतिक संस्कृतिमा रूपान्तरण गर्नेछन्। नेपालको राजनीति अहिले ठीक त्यही मोडमा उभिएको देखिन्छ, जहाँ इतिहासले फेरि सोधिरहेको छ — के हामी फेरि अर्को “रुदाने शैली” को उदय, बहस र विस्तारै अस्ताउने यात्रा हेर्दैछौँ ?वा यसपटक विद्रोहले संरचना पनि निर्माण गर्नेछ ?
OT
May 7
OT
आफ्नै कुरा
· May 7
सामाजिक सञ्जालले सबैलाई जोड्यो, तर मनहरू किन टाढिए ...?
Online धेरै, आत्मीयता कम हुँदै गएको समयको कथा भनौ अथवा Story र Status बीच हराउँदै गएको आत्मीयताको ~ तपाइँ हाम्रो कथा हो यो। एक समय थियो… घरमा पाहुना आउँदा चिया उम्लिनु अघि नै घरभरि खुसी फैलिन्थ्यो। साँझपख आँगनमा कुर्सी राखेर गफ हुन्थ्यो। कसैको दुःख सुन्न मोबाइल चाहिँदैनथ्यो, मन चाहिन्थ्यो। अहिले समय बदलियो। प्रविधि आयो। संसार एउटा मोबाइलभित्र अटायो। Facebook ले पुराना साथी भेटायो, Messenger ले टाढाका आफन्त जोड्यो, WhatsApp ले विदेशिएका छोराछोरीलाई घरसँग नजिक बनायो। तर यति धेरै “Connect” हुँदाहुँदै पनि, आज मानिसहरू भित्रभित्रै किन एक्लो भइरहेका छन्? अहिले घरमा चार जना बसिरहेका हुन्छन्… तर चारै जनाको ध्यान चारवटा मोबाइलमा हुन्छ। एकले TikTok हेर्दैछ, अर्कोले Reels Scroll गर्दैछ, अर्को Online Shopping मा छ, र अर्कोचाहिँ “Typing…” गरेर Message Delete गर्दै हुन्छ। कहिलेकाहीँ त एउटै कोठामा बसेर पनि “ए पानी देऊ त” भन्नुभन्दा Messenger मा “Where are you?” पठाउने अवस्था आएको छ। पहिले मानिसहरू भेट्न हतारिन्थे, अहिले भेटेपछि पनि फोटो खिचेर “Upload” गर्न हतारिन्छन्। खाना चिसिन्छ, तर Story तात्तातै हालिन्छ। अहिले त स्थिति यस्तो भइसक्यो — कसैले दुःख सुनायो भने पहिले “Oh No 😢” Emoji आउँछ, पछि मात्र “के भयो?” भनेर सोधिन्छ। पहिले आमाले कराउँदा रिस उठ्थ्यो, अहिले “Mom Calling…” देख्दा पनि मानिस Silent Mode मा बस्दछ। बुबाले “कस्तो छस्?” भनेर सोध्दा “Busy छु” भन्ने समय छ, तर त्यहि छोरासँग तीन घण्टा लगातार Reels हेर्ने समय पनि हुन्छ। सामाजिक सञ्जालले मानिसलाई नजिक ल्यायो, तर तुलना गरेर जीवन जिउने बनायो। अरूको मुस्कान, घुमघाम, Success, Luxury हेर्दाहेर्दै मानिसले आफ्नै जीवनलाई कमजोर ठान्न थाल्यो। Facebook मा सबै खुसी देखिन्छन्। कसैले Relationship Goals हाल्छ, कसैले Motivational Quote, कसैले धेरै घुमफिर गरेको, कसैले Gym Selfie हेर्दा लाग्छ — संसारमा समस्या भएको एक्लो मानिस आफू मात्रै हो ~ अरु सब बिन्दास र खुसि छन् । तर वास्तविकता अर्कै छ। त्यही “Happy Couple” पोस्ट हाल्नेहरू सायद पाँच मिनेटअघि झगडा गरेर बसेका थिए कि। त्यही “Living My Best Life” लेख्ने मान्छे राति निदाउन नसकेर छत हेर्दै बसेको पनि हुन सक्छ। आज मानिससँग Followers धेरै छन्, तर मन खोलेर रोइदिन मिल्ने मानिस कम छन्। Birthday मा हजारौँ Wishes आउँछन्, तर अस्पताल पुग्दा सँगै बस्ने मान्छे पाउन गाह्रो हुन् थाली सकेको छ। अझ अहिलेको प्रेम पनि कस्तो भइसक्यो भने — “Good Morning ❤️” बाट सुरु हुन्छ, “Seen 2:15 AM” मा सकिन्छ। Reply ढिलो आयो भने माया घटेको जस्तो लाग्छ। Last Active Hide गरेपछि विश्वास हराएजस्तो हुन्छ। Relationship भन्दा Password बढी Sensitive भइसकेको छ। तर दोष केवल प्रविधिको होइन। समस्या हामीले सम्बन्धलाई समय दिन छोड्नुमा हो। अब हामी सुन्नभन्दा देखाउन बढी व्यस्त भएका छौँ। महसुस गर्नभन्दा पोस्ट गर्न हतारिएका छौँ। सायद यही कारणले आज मानिसहरू Online धेरै छन्, तर Emotionally Offline हुँदै गइरहेका छन्। अन्तत लाग्छ हामी मानिसलाई चाहिने भनेको Fast Internet होइन, ढुक्क भएर बोल्न मिल्ने एउटा आफ्नै मान्छे हो। किनकि जीवनको अन्तिम समयमा कति Followers थिए भन्ने होइन, कति आत्मीय मानिस थिए भन्ने कुरा सम्झना रहन्छ। आजको सबैभन्दा ठूलो विडम्बना यही हो — हामी संसारसँग जोडिएका छौँ,तर आफ्नै मानिसहरूसँग बिस्तारै टाढिँदै गइरहेका छौँ।
OT
May 5
OT
आफ्नै कुरा
· May 5
जीवनको उतरार्धमा आएर बुझेको कुरा ~ जीवन त सरल नै राम्रो र सन्तोष रहेछ ।
अनुभवले सिकाएको सरलताको सौन्दर्य जीवनका हरेक चरणले केही न केही सिकाउँछ। तर जीवनको उतरार्धमा आइपुग्दा हुने अनुभूति भने अझ गहिरो हुने रहेछ, जसमा उत्साह हराउँदैन, तर हतार हराउँदै जान्छ; सपना मर्दैनन्, तर प्राथमिकता फेरिन्छन्। आफ्नै भोगाइबाट मैले बुझेको एउटा सादा तर गहिरो सत्य के हो भने ..जीवन सरल हुँदा नै सबैभन्दा सुन्दर बन्दो रहेछ । बुढो भएको त भन्न मन लाग्दैन, तर उमेरले एउटा निश्चित घेरा पार गरेपछि सोच्ने तरिका र रहरहरु विस्तारै बदलिँदै जादा रहेछन । पहिले जस्तो हरेक कुरामा प्रतिक्रिया जनाइहाल्ने बानी कम हुँदै जाडो रहेछ। नकारात्मकताबाट टाढा हुँदै सकारात्मकतामा रमाउन सकिने रहेछ। मनलाई हलुका राख्ने कला नै जीवनको सबैभन्दा ठूलो उपलब्धि जस्तो लाग्न थाल्छ। कहिलेकाहीँ आफ्नै उमेरका मान्छेहरूलाई हेर्दा “म त अझै त्यति बुढो देखिँदैन होला” भन्ने सानो आत्मसन्तोष आउँछ। अरूको कपाल धेरै फुलेको वा झरेको देख्दा मनभित्रै मुसुमुसु हाँसो फुट्छ—तर त्यो तुलना होइन, जीवनको स्वाभाविक यात्राप्रतिको स्वीकृति रहेछ। पहिले जस्तो लोभ, घृणा, इख वा प्रतिशोध राख्ने मन विस्तारै हराउँदै जाने र माफ गर्न सजिलो लाग्न थाल्छ, अनि सकेसम्म बिर्सेर अघि बढ्न मन लाग्छ। फरक विचार भएका मानिसहरूलाई पनि अब विरोध होइन, सम्मानका साथ बुझ्न चाहना हुनु चाहि अझ राम्रो कुरा लग्यो । माया, प्रेम वा आदर अरूबाट पाउनै पर्छ भन्ने अपेक्षा पनि कम हुँदै गएको छ। किनकि विस्तारै बुझिँदैछ : साँचो सन्तोष बाहिर होइन, आफ्नै भित्र हुन्छ। मन दुखे पनि धेरै नबोली सहन सक्ने क्षमता बढेको छ, सायद अनुभवले सिकाएको सहनशीलता होला। मानव मात्र होइन, सम्पूर्ण प्राणीप्रति दया, माया र करुणा बढ्दै गएको महसुस हुन्छ। अरूको कुरा सुनेर कसैको बारेमा तुरुन्तै धारणा बनाउने बानी पनि घटेको छ। किनकि अब थाहा भइसकेको छ, हरेक कथाको अर्को पाटो पनि हुन्छ। पहिले जस्तो स-साना कुरामा अल्झिने बानी पनि कम भएको छ। अनावश्यक गफ, हल्ला र बहसभन्दा टाढा बस्न मन लाग्छ। खुल्ला विचार, स्वतन्त्र सोच र शान्त जीवनतर्फ आकर्षण बढेको छ। कतै विवादमा पर्नु भन्दा चुप लागेर बस्न सजिलो लाग्छ। किनकि अब जित्नु भन्दा शान्ति महत्त्वपूर्ण लाग्न थालेको छ। जीवनको सबैभन्दा ठूलो बुझाइ भनेको यही हो कि खुशी अरू मानिस, वस्तु वा परिस्थितिमा होइन, आफ्नै मनभित्र खोज्नुपर्छ, अनि आफु सँग जे जस्तो छ त्यसैलाइ उचतम प्रयोग कसरी गर्न सकिन्छ भन्ने लाग्दो रहेछ । जब यो कुरा बुझिन्छ, जीवन आफैं सरल र हलुका बन्न थाल्छ। म अचेल प्राय: त हाफ पाइन्ट र चप्पलमै, कपाल नकोरी, जहाँ मन लाग्यो त्यहीँ निस्कन तयार हुन्छु, यानी फर्मल भैरहनु पर्ने जरुरी नै देख्दिन । देखावटीपन घट्दै गैराहेको छ, अनि वास्तविकता नजिक लाग्न थाल्छ। साच्ची सबैलाई यस्तै हो कि मलाइ मात्रै हो ... हुन त आफ्नै विचार र आफ्नै कुरा मात्रै हुन् है मित्रहरु ... अरुमा अर्थात तपाइँहरुमा पनि लागु हुनु पर्दछ भन्ने होइन ! अन्ततः, जीवनको उतरार्धमा आएर बुझेको सार एउटै छ— सरलता नै सबैभन्दा ठूलो विलासिता हो। कम चाहना, कम अपेक्षा, तर धेरै शान्ति—सायद यही नै जीवनको असली सन्तोष हो। सायदै यहि हो मेरो इच्छा घट्दै जाँदा बढ्ने सन्तोषको कथा पनि !!
OT
May 3
OT
आफ्नै कुरा
· May 3
ऐलानी जग्गा र सरकारी जग्गा: फरक र वर्तमान सन्दर्भ
ऐलानी जग्गा र सरकारी जग्गा: फरक र वर्तमान सन्दर्भ नेपालमा ऐलानी जग्गा र सरकारी जग्गा भन्ने दुई शब्द धेरै सुनिन्छन्। धेरैजसोले यी दुवैलाई एउटै ठान्ने गरे पनि कानुनी रूपमा यी फरक प्रकृतिका हुन्छन्।सरकारी जग्गा भन्नाले नेपाल सरकारको नाममा स्पष्ट रूपमा दर्ता भएको जग्गालाई बुझिन्छ। यस्तो जग्गा सडक, बाटो, नहर, सरकारी कार्यालय, सार्वजनिक संरचना आदि प्रयोजनका लागि प्रयोग हुन्छ। यो पूर्ण रूपमा राज्यको स्वामित्वमा रहने भएकाले व्यक्तिगत रूपमा कब्जा गर्न वा स्वामित्व दाबी गर्न पाइँदैन।ऐलानी जग्गा भनेको त्यस्तो जग्गा हो जुन कुनै व्यक्तिको नाममा दर्ता छैन र सरकारी स्रेस्तामा पनि स्पष्ट रूपमा अभिलेखित छैन। यस्ता जग्गामा प्रायः मानिसहरूले वर्षौंदेखि बसोबास वा खेती गर्दै आएका हुन्छन्। कानुनी रूपमा भने यस्तो जग्गा अन्ततः राज्यकै स्वामित्वमा पर्ने मानिन्छ, तर आवश्यक प्रक्रिया पूरा भएमा सरकारद्वारा लालपुर्जा दिने सम्भावना रहन्छ।पछिल्लो समयमा सरकारले सरकारी जग्गा तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिएको छ। अतिक्रमित जग्गा खाली गराउने, सरकारी सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने र राज्यको स्वामित्व पुनः सुनिश्चित गर्ने अभियानहरू सञ्चालन भइरहेका छन्।यसको समसामयिक आवश्यकता अहिले झन् बढेको छ। शहरीकरण, जनसंख्या वृद्धि र जग्गाको मूल्य बढेसँगै सरकारी तथा ऐलानी जग्गामा अतिक्रमणका घटना बढेका छन्। साथै यी दुई जग्गाबीचको भ्रमका कारण सामाजिक तथा कानुनी विवादहरू पनि देखिन थालेका छन्।त्यसैले ऐलानी र सरकारी जग्गाको स्पष्ट बुझाइ हुनु आवश्यक छ, जसले भविष्यमा हुने विवाद कम गर्न र राज्यको सम्पत्ति संरक्षण गर्न मद्दत गर्छ।
OT
May 3
OT
आफ्नै कुरा
· May 3
देशको उद्योग थन्कियो, कुहियो सम्पत्ति, अनि युवा बिदेशिए: नेपालले गुमाउँदैछ आफ्नै भविष्य !
राज्यका जफत सम्पत्ति वर्षौंसम्म प्रयोगविहीन, उद्योगहरू बन्द अवस्थामा—कानुनी जटिलता, राजनीतिक बेवास्ता र नीतिगत कमजोरीले अर्थतन्त्र र रोजगारीमा गम्भीर असर नेपालमा “राज्यको सम्पत्ति” भन्ने शब्द सुन्दा धेरैलाई ठूला आयोजना, सरकारी भवन वा प्राकृतिक स्रोतहरू मात्र सम्झना आउँछ। तर वास्तविकता त्योभन्दा धेरै फराकिलो छ। वन कार्यालयमा थन्किएका काठ र बिरुवा, भन्सारमा रोकिएका सामान, ट्राफिक तथा प्रहरी नियन्त्रणमा रहेका जफत गाडी, यी सबै राज्यका त्यस्ता सम्पत्ति हुन्, जसको प्रभावकारी उपयोग हुन सकेमा अर्थतन्त्र र नागरिक जीवनस्तरमा प्रत्यक्ष सुधार आउन सक्छ। तर विडम्बना के छ भने, यस्ता सम्पत्तिहरू वर्षौंसम्म प्रयोगविहीन अवस्थामा बसिरहेका छन्। कतिपय गाडी २०–३० वर्षसम्म पनि थन्किएर खिया लागेर नष्ट हुन्छन्। वनका काठहरू कुहिन्छन्, भन्सारका सामान पुराना भएर मूल्य गुमाउँछन्। यो केवल व्यवस्थापनको कमजोरी मात्र होइन - यो राज्यको स्रोतप्रतिको गम्भीर बेवास्ता हो। अर्कोतर्फ, राज्यका उद्योगहरू पनि यस्तै उपेक्षाको सिकार भएका छन्। कहिल्यै नेपालमै सञ्चालनमा रहेका टायर उद्योग, धागो उद्योग, कागज उद्योग, छाला–जुत्ता उद्योग, चुरोट उद्योगजस्ता उत्पादनमूलक क्षेत्रहरू आज या त बन्द छन् वा न्यून क्षमतामा चलिरहेका छन्। यी उद्योगहरू केवल व्यवसाय मात्र थिएनन् - यी रोजगारी, आत्मनिर्भरता र राष्ट्रिय अर्थतन्त्रका मेरुदण्ड थिए। तर गलत नीति, कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र आयातमुखी सोचका कारण यी उद्योगहरू क्रमशः धराशायी हुँदै गए। हेर्दा - हेर्दै हाम्रो देशका उद्योगहरू कस्तो अवस्थामा पुगेका रहेछन् र विगतका सरकारहरुले कसरी कुन तहमा वेवास्ता गरेको रहेछ भन्ने कुरा हालै सामाजिक संजालमा भाइरल भैरहेका हेर्ने कथाको टिमले तयार पारेको क्लिपहरुबाट बुझ्दै जाँदा मन भतभती पोलेको छ । जुन राज्यमा यस्ता उद्योगहरू कहिल्यै चलायमान थिए, आज ती धेरैजसो या त बन्द छन्, या त अस्तित्व जोगाउन संघर्ष गरिरहेका छन्। पछिल्ला ३०–४० वर्ष शासन गर्ने सरकारहरूले हाम्रो उद्योगप्रति कति ठूलो हेलाचक्र्याइँ र बेवास्ता गरेछन् भन्ने कुरा आज स्पष्ट देखिन्छ। गलत नीति, राजनीतिक हस्तक्षेप र दूरदृष्टिको अभावले देशको उत्पादन प्रणाली नै कमजोर बनाइयो। हामीलाई आत्मनिर्भर बनाउने आधारहरू क्रमशः भत्काइयो। आज सोच्दा धिक्कार लाग्छ—तिनै नेताहरूलाई भोट दियौं, तिनकै लागि दिनरात “जिन्दाबाद” र “मुर्दाबाद” का नारा लगायौं। तर परिणाम के आयो? उद्योग बन्द भए, रोजगारी घट्यो, र युवाहरू बिदेशिन बाध्य भए। यो कुरा अब नयाँ पुस्ताले, विशेष गरी युवाहरूले गहिरो रूपमा बुझ्न जरुरी छ। केवल विदेश पठाएर मात्र बेरोजगारी समाधान हुँदैन, र सामान्य रोजगारी दिएर मात्रै पनि हुँदैन। अबको आवश्यकता भनेको युवाहरूलाई देशमै व्यवसाय र उद्यमशीलतामा लाग्न प्रेरित गर्ने हो। अर्को गम्भीर तर प्रायः बेवास्ता हुने पक्ष भनेको - अपराध र राज्यको सम्पत्तिबीचको सम्बन्ध हो। कतिपय अवस्थामा, ठूलो आर्थिक अपराध वा काण्डमा संलग्न व्यक्तिहरू पक्राउ पर्छन्, जेल सजाय भोग्छन् वा अदालतले ठूलो जरिवाना तोक्छ। तर व्यवहारमा भने फरक चित्र देखिन्छ। प्रभाव, पहुँच, कानुनी कमजोरी र कहिलेकाहीँ ‘सेटिङ’ को प्रयोग गरेर त्यस्ता व्यक्तिहरूले राज्यलाई वास्तविक क्षतिपूर्ति दिनबाट जोगिन्छन्। कागजमा ठूलो देखिने धरौटी वा सम्पत्ति प्रस्तुत गरिन्छ, तर वास्तविकता भने फरक हुन्छ; खोलानाला, उपयोगविहीन जग्गा वा मूल्यहीन सम्पत्तिहरू राखेर कानुनी प्रक्रिया पूरा गरिन्छ। जब राज्यले पछि ती सम्पत्ति प्रयोग वा लिलामी गर्न खोज्छ, त्यसको वास्तविक मूल्य लगभग शून्य बराबर हुन्छ। यसरी अपराधी उम्कन्छ, तर राज्यले पाउनुपर्ने सम्पत्ति र क्षतिपूर्ति गुमाउँछ। यसलाई केवल कानुनी कमजोरी भनेर टार्न मिल्दैन - यो पनि एक प्रकारको “अदृश्य आर्थिक अपराध” हो, जसले राज्यको सम्पत्ति घटाउँछ र न्याय प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउँछ। 🔍 समस्या कहाँ छ त ? १) कानुनी जटिलता।जफत गरिएका धेरै सम्पत्ति अदालतमा विचाराधीन मुद्दासँग जोडिएका हुन्छन्। मुद्दा नसकिँदासम्म प्रयोग वा बिक्री गर्न नपाइने प्रावधानले ती सम्पत्तिहरू वर्षौंसम्म निष्क्रिय बनाउँछ। २) नीतिगत अस्पष्टता।कुन सम्पत्ति कहिले लिलामी गर्ने, कसरी उपयोग गर्ने, कुन निकाय जिम्मेवार हुने, यस्ता आधारभूत प्रश्नहरूमा स्पष्ट कार्यविधि (SOP) को अभाव देखिन्छ। ३) राजनीतिक इच्छाशक्तिको कमी।राज्यको सम्पत्ति व्यवस्थापन र उद्योग पुनर्जीवन जस्ता विषयहरू प्रायः राजनीतिक प्राथमिकतामा पर्दैनन्। ४) पारदर्शिताको अभाव र स्वार्थ समूह।लामो समयसम्म थन्किएका सामानहरू पछि कम मूल्यमा लिलामी हुने र त्यसबाट सीमित समूह लाभान्वित हुने आरोपहरू बारम्बार उठ्ने गरेका छन्।अब के गर्नुपर्छ अथवा के गर्दा राम्रो होला ? १) समयसीमा सहितको कानुनी सुधार।कुनै पनि जफत सम्पत्ति १ वर्षभन्दा बढी थन्क्याउन नपाइने व्यवस्था गरिनुपर्छ। मुद्दा चलिरहे पनि “अन्तरिम लिलामी” को प्रावधान ल्याउनुपर्छ। २) डिजिटल इन्वेन्टोरी प्रणाली।देशभरका सम्पत्तिको केन्द्रीय अभिलेख राख्नुपर्छ। ३) पुनःप्रयोग नीति।जफत गाडी, काठ र अन्य सामग्रीलाई सरकारी तथा स्थानीय विकासमा प्रयोग गर्नुपर्छ। ४) उद्योग पुनर्जागरण नीति।बन्द भएका उद्योगहरूलाई सार्वजनिक - निजी साझेदारी (PPP) मोडलबाट पुनः सञ्चालन गर्नुपर्छ। आधुनिक प्रविधि, कर सहुलियत र उत्पादन प्रोत्साहन आवश्यक छ। ५) आयात प्रतिस्थापन रणनीति।नेपालमै उत्पादन गर्न सकिने वस्तुहरूमा विदेशी आयात घटाएर स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ। जस्तै नेपालमा धेरै मात्रामा उत्पादन हुने धान, मकै, आलु, अदुवा, आदि जस्ता समानहरुमा आयात निषेध गर्नुका साथै त्यस्ता बस्तुमा भन्सार वृद्धि गरेर आयात घटाउन सकिन्छ ! ६) युवामुखी नीति।युवाहरूलाई देशमै उद्यम गर्न प्रोत्साहन, सहुलियत ऋण, तालिम र बजारको पहुँच दिनुपर्छ। नीति मात्र होइन, व्यवहारमै भरोसा दिन सक्नुपर्छ।समसामयिक राजनीति र सन्देशअहिलेको नेपाली राजनीति “सुशासन” र “समृद्धि” को नारामा केन्द्रित देखिन्छ। तर वास्तविक समृद्धि केवल नयाँ योजना ल्याएर मात्रै हुदैन बरु हामी संग भएका स्रोत र उद्योगको सही उपयोग गरेर पनि सम्भव रहेको छ । अब राज्यको सम्पत्ति जोगाउनु र उद्योग पुनर्जीवन गर्नु कुनै विकल्प छैन, यो सरकारको आधारभूत कर्तव्य हो। राज्यको सम्पत्ति खेर जानु र उद्योगहरू बन्द हुनु केवल आर्थिक क्षति होइन—यो नीतिगत असफलताको स्पष्ट संकेत हो। अब समय आएको छ—नीति, प्रविधि र इच्छाशक्तिको संयोजनमार्फत सम्पत्ति संरक्षण र उद्योग पुनर्जागरण दुवैलाई सँगसँगै अघि बढाउने। नत्र, हामीसँग स्रोत भएर पनि प्रयोग गर्न नसक्ने देशको रूपमा चिनिन बाध्य हुनेछौं।
OT
Feb 14
OT
आफ्नै कुरा
· Feb 14
Valentine Election २०८२: उम्मेदवार एउटै — तिमी ❤️
माया भनेको शब्द होइन, तिमीलाई सम्झिँदा आउने मुस्कान हो ~ Saluja कान्छी 💕💕 डाक्टरले भनेका छन् ~ कान्छी, यो उमेरसँगै बढ्ने सबै रोग, डर र पीडाहरूको उपचार र अर्गानिक औषधी पनी तिमी नै हौ। 💊💞 धामीझाक्रीले जोखना हेरेर, ज्योतिषीले चिना हेरेर भनेका छन् ~ कान्छी, ~ यो जिन्दगी बिग्रने / सप्रने, सबै तिम्रै हातमा छ रे ! जसरी नेता र देशको भविष्य निर्धारण गर्ने जिम्मा जनताको हातमा हुन्छ✋❤️ चटकी नेताको भाषण, चिप्ला वाचा सुनेर थोत्रा पार्टीका ~ सधैंझैं घोषणा पत्र पढेर, भाइरल समाचारको भ्रममा परेर मतपत्रमा मत बदले जस्तो होइन होइ ~यो माया। 😄 जित निकाल्नु छ भने माया होस् वा निर्वाचन दुबैमा पहिला मन जित्नु पर्छ — विश्वास जित्नु पर्छ रे !! तर याद राख, भोट र निर्वाचन जस्तो होइन ~ होइ यो माया। ❤️💍 यो उमेरसँगै बढ्ने रोगहरू — मुटुको धड्कन, रक्तचाप जस्तै, दिनप्रति दिन माया पनि बढ्दै जाओस् होइ ~ कान्छी 💕
OT
Feb 11
OT
आफ्नै कुरा
· Feb 11
५० वर्ष अघिको ‘Taxi Driver’ फिल्म र आजको नेपाल: किन यो कथा अझै सान्दर्भिक छ?
फिल्मभन्दा बाहिरको कथा: Taxi Driver र नेपाली समाजको मनोदशा ५० वर्षअघि बनेको Taxi Driver फिल्म आज पनि किन सान्दर्भिक लाग्छ? यो प्रश्न केवल एउटा चलचित्रसँग सम्बन्धित छैन, यो प्रश्न आजको समाज, राजनीति र मानवीय मनोविज्ञानसँग गहिरो रूपमा गाँसिएको छ। फिल्मको मुख्य पात्र ट्राभिस बिकल एक्लो छ, असन्तुष्ट छ, समाजबाट टाढिएको महसुस गर्छ। उसले देख्ने शहर अव्यवस्थित छ, अन्यायले भरिएको छ, र उसलाई लाग्छ—यो सबै सफा गर्न कोही आउनैपर्छ। आज ५० वर्षपछि हेर्दा, यही भावना हामी धेरै नेपाली नागरिकको मनमा पनि देखिन्छ। नेपाली समाजको मनोविज्ञान: एक्लोपन र असन्तुष्टि आज नेपालमा ठूलो संख्यामा नागरिक—विशेषगरी युवा—रोजगारीको अभाव, राजनीतिक अस्थिरता, महँगी र अनिश्चित भविष्यका कारण मानसिक दबाबमा छन्। देश छोड्नेको लर्को, भोलिप्रतिको अन्योल र “यहाँ केही हुँदैन” भन्ने निराशा समाजमा गहिरिँदै गएको छ। यो अवस्था ट्राभिस बिकलको मनोदशाबाट धेरै टाढा छैन। फरक यति मात्र हो—उसको शहर न्यूयोर्क थियो, हाम्रो समाज नेपाल हो। राजनीति: पुरानो सोच र नयाँ अपेक्षाबीचको संघर्ष आजको नेपाली राजनीति पनि दुई युग र दुई सोचबीचको द्वन्द्वमा छ। एकातिर पुरानो नेतृत्व, पुरानै कार्यशैली र भाषणमुखी राजनीति छ। अर्कोतिर परिणाम, पारदर्शिता र जवाफदेहिताको माग गर्ने नयाँ पुस्ता छ। झापा–५ जस्ता चुनावी मैदानहरू यसैको प्रतीक बनेका छन्, जहाँ प्रतिस्पर्धा व्यक्ति–व्यक्तिबीच मात्र होइन, पुस्ताबीच, सोचबीच र राजनीतिक संस्कृतिबीच भइरहेको छ। दैनिक जीवनसँग जोडिएको राजनीति राजनीति संसद् वा चुनावसम्म सीमित छैन। ट्याक्सी चालक, सार्वजनिक यातायात मजदुर, किसान, साना व्यापारी—सबैको जीवनमा नीतिको प्रत्यक्ष असर पर्छ। लाइसेन्स नीति, यातायात नियम, बजार नियन्त्रण, रोजगारीका अवसर—यी सबै विषय मानिसको दैनिकी, मनोविज्ञान र आत्मसम्मानसँग जोडिएका प्रश्न हुन्। जब राज्य यी सवालमा असफल हुन्छ, तब असन्तुष्टि, आक्रोश र निराशा बढ्छ—जसको झल्को Taxi Driver जस्ता कथामा देखिन्छ। अब जनताले के कुरामा ध्यान दिनुपर्छ? अबको समयमा आम नागरिकले केही आधारभूत कुरामा सचेत रहन जरुरी छ— ~ राजनीति भाषण होइन, जीवन सुधार्ने नीति हो कि होइन? ~ नेता परिवर्तन मात्र होइन, शासन शैली परिवर्तन हुँदैछ कि छैन? ~ युवाको असन्तुष्टि सुन्ने कान छ कि छैन? ~ रोजीरोटी, न्याय र सेवा केन्द्रमा छन् कि सत्ताको खेल? निष्कर्ष: कथा फिल्मको होइन, हाम्रो हो Taxi Driver ५० वर्ष पुरानो फिल्म हुन सक्छ, तर यसले उठाएका प्रश्नहरू आज पनि नयाँ छन्। यो कथा ट्राभिस बिकलको मात्र होइन, आजको आम नागरिकको मनोदशाको कथा हो। अब प्रश्न फिल्म सान्दर्भिक छ कि छैन भन्ने होइन— हामी कस्तो समाज र राजनीति रोज्दैछौं? त्यो निर्णय हाम्रै चेतना, हाम्रै मत र हाम्रै आवाजले गर्नेछ।
OT
Jan 24
OT
आफ्नै कुरा
· Jan 24
अनुहार फेरिए, प्रणाली उही: Rent Seeking र Crony Capitalism ले थिचेको नेपाल
नेपालको अदृश्य रोग: Rent Seeking, Crony Capitalism र निर्वाचन, राजनीति अर्थशास्त्र र राजनीतिक अर्थशास्त्र बुझ्न Rent Seeking र Crony Capitalism अत्यन्तै महत्वपूर्ण अवधारणाहरू हुन्। यी दुईलाई नबुझी आजको नेपालको राजनीति, नीतिनिर्माण र निर्वाचनको वास्तविक चरित्र बुझ्न कठिन हुन्छ।१) Rent Seeking (रेन्ट सिकिङ) के हो ? Rent Seeking भनेको कुनै व्यक्ति, समूह वा कम्पनीले नयाँ मूल्य/उत्पादन सिर्जना नगरी, राज्यको शक्ति, नीति, कानुन, लाइसेन्स, कर छुट, ठेक्का, कोटा आदिको दुरुपयोग गरेर असामान्य फाइदा (Economic Rent) लिने प्रक्रिया हो। सरल भाषामा बुझ्दा - काम गरेर कमाउने होइन, - नियम आफ्नो पक्षमा बनाइदिने - राजनीतिज्ञ वा कर्मचारीलाई प्रभावमा पारेर - एकाधिकार (Monopoly) वा विशेष सुविधा पाउने यही Rent Seeking हो। उदाहरण जस्तै ; - ठेक्कामा एउटै कम्पनीले बारम्बार काम पाउनु - लाइसेन्स/परमिट पाउन घुस वा पहुँच चाहिनु - कर छुट वा सब्सिडी केही सीमित समूहलाई मात्र दिनु - नीतिनै केही व्यापारी/समूहलाई फाइदा पुग्ने गरी बनाइनु Rent Seeking प्रणालीले समाज र राष्ट्रलाइ के नोक्सानी छ भने :- - उत्पादन र रोजगारी बढ्दैन - राज्यको स्रोत सीमित हातमा जान्छ - योग्य र मेहनती व्यक्ति पछाडि पर्छ - भ्रष्टाचार संस्थागत हुन्छ २) Crony Capitalism (क्रोनी क्यापिटलिज्म) के हो ? Crony Capitalism भनेको राजनीति र व्यवसायबीचको अपवित्र गठबन्धन हो, जहाँ - व्यवसायीहरू सत्तासँग नजिक हुन्छन् - सत्तामा बसेकाहरू उनीहरूलाई नीति, ठेक्का, ऋण, कर छुट दिलाउँछन् - प्रतिस्पर्धा होइन, पहुँच ले बजार जित्छ Crony Capitalism मुख्य विशेषता भनेको - “आफ्नो समर्थक/ पक्षको मान्छे” लाई फाइदा - प्रतिस्पर्धा होइन, राजनीतिक नाता/ सम्बन्ध अनिवार्य आवश्यकता पर्दछ । - कानुन सबैका लागि समान हुँदैन नेपालमा अहिले सम्म यस्तो भैरहेछ - ठूला व्यापारीले कुनै दल/नेतालाइ चुनावी खर्च जुटाइदिने - चुनाव जितेपछि तिनै व्यापारीलाई फाइदा पुग्ने नीति बनाइदिने - बैंक ऋण नतिर्ने, विजुलिको विल, राजस्व नतिर्ने ठूला व्यवसायी सुरक्षित, तर सबै तिर्ने र नियम/कानुन अनुसार चल्ने साना उद्यमी दबाबमा रहन्छन । - ठूला परियोजनामा सीमित कम्पनीको एकाधिकार नेपालको अहिलेको राजनीति र निर्वाचनमा Crony Capitalism को भूमिका:- (क) किन निर्वाचन महँगो हुन्छ ? - चुनाव जित्न पैसा चाहिन्छ - पैसा दिने व्यवसायी Rent खोजिरहेका हुन्छन् - जितेपछि “लगानी फिर्ता” नीति र ठेक्काबाट गरिन्छ (ख) किन राम्रा नीति आउँदैनन् ? - नीति जनताको लागि होइन - चुनावी लगानीकर्ताको लागि बन्छ (ग) किन नयाँ र योग्य उम्मेदवार दबिन्छन्, थाहा छ ? - पैसा र पहुँच नभएकाले प्रतिस्पर्धा गर्न सक्दैनन् - यही कारण पुरानै अनुहार दोहोरिन्छन् यदि यिनै प्रवृत्ति कायम रह्यो भने आगामी निर्वाचनमा के फरक पार्न सक्छ ?- भ्रष्टाचार झनै संस्थागत हुन्छ - युवाको विदेश पलायन बढ्छ - राज्य ऋणमा डुब्छ - लोकतन्त्र औपचारिक र संविधानमा मात्रै सिमित हुन्छ तर यदि मतदाताले सचेत भएर - कुन नेता या दलहरुले कुन नीति लिएका छन भनेर बुझेर निर्णय गरे भने :- - नीति निर्माणमा दबाब पर्छ - Crony नेटवर्क कमजोर हुन्छ - सार्वजनिक स्रोत जनतामा फर्किउन सकिन्छ ६) अब आम जनताले के कुरामा ध्यान दिनुपर्छ ? > > उम्मेदवारको पैसाको स्रोत - कसले चुनाव खर्च उठाएको छ ? - ठूला व्यवसायीको छायाँ त छैन ? >> विगतको नीति र व्यवहार कस्तो थियो - ठेक्का, नियुक्ति, निर्णय कसका लागि गर्यो ? - जनताको हित कि सीमित समूह ? >> भाषण होइन, संरचना बुझ्ने - “भ्रष्टाचार गर्छु गर्दिन” भन्दा पनि कसरी Rent Seeking रोक्छ भन्ने योजना हेर्ने / बुझ्ने । >> पार्टीभन्दा व्यक्ति र विचार बुझ्नुस - पार्टी होइन, Economic Vision हेर्ने - प्रतिस्पर्धा, पारदर्शिता र जवाफदेहिता समर्थन गर्ने >> स्थानीय स्तरमा प्रश्न गर्ने - वडादेखि संघसम्म - “यो नीति कसलाई फाइदा पुग्छ ?” भन्ने प्रश्न गर्ने ? समग्रमा भन्नु पर्दा Rent Seeking र Crony Capitalism नेपालको विकास चाहे जस्तो हुन नसक्नुको मुख्य र अदृश्य कारण हो । निर्वाचन भनेको केवल भोट हाल्ने प्रक्रिया होइन, कुन आर्थिक प्रणाली रोज्ने भन्ने निर्णय पनि हो। सचेत मतदाता नै देशको भ्रष्ट प्रणाली तोड्ने, स्वस्थ लोकतन्त्र बनाउने सबैभन्दा ठूलो शक्ति हो। त्यसो भए अबको निर्वाचनमा रोज्नुपर्ने “सही प्रणाली” के हो त? अथवा कस्तो प्रणाली अपनाएको दल या नेता रोज्ने त? नेपालजस्तो देशका लागि अहिले सबैभन्दा उपयुक्त प्रणाली भनेको Rule-Based Democratic System with Competitive Market Economy (कानुनको शासनमा आधारित लोकतन्त्र + प्रतिस्पर्धात्मक अर्थतन्त्र) हुन् सक्दछ ! यसको अर्थ: - व्यक्ति होइन नियम बलियो र प्रभवकारी हुनु पर्यो - पहुँच होइन प्रतिस्पर्धा जरुरी हुनु पर्यो - सिफारिस होइन योग्यता हुनु पर्यो - नारा होइन संरचना र कार्ययोजना हुनु पर्यो अहिले सम्म हाम्रो देशमा किन पुरानो मोडेल र दल असफल भए ? नेपालमा अहिले व्यवहारमा रहेको मोडेल भनेकै चुनावी लोकतन्त्र + Crony Capitalism + Rent Seeking प्रणालीले देशमा कस्तो राजनैतिक सस्कार विकास भयो - - राजनीति चुनाव जित्ने व्यवसाय भयो - नीति सीमित समूहका लागि बन्यो - राज्य Referee होइन Partner बन्यो - युवा, किसान, साना उद्यमी सिस्बाटममा अटाएन त्यसैले समस्या व्यक्ति बदल्दा होइन, प्रणाली नबदल्दा आयो। अब भने हामीले रोज्नुपर्ने प्रणालीका ५ आधारस्तम्भ यस्तो हुन् सक्दछ :- 1. Rule of Law (कानुन सबैका लागि समान) - नेता, व्यापारी, कर्मचारी सबै एउटै कानुनमा - “ठूलो मान्छे” का लागि कानुन/कर छुट नहुने - सम्पत्ति र निर्णय पारदर्शी मतदाताले सोध्नुपर्ने प्रश्न: “तपाईंको पार्टी/उम्मेदवारले कानुन सबैका लागि बराबर लागू गर्छ कि गर्दैन ?” 2. Open & Competitive Economy (खुला र प्रतिस्पर्धी अर्थतन्त्र) - ठेक्का खुला प्रतिस्पर्धाबाट - लाइसेन्स, परमिट सरल, अनलाइन र डिजिटल - एकाधिकार (Monopoly) तोड्ने नीति यसले देश र समाजमा कस्तो प्रभाब प्रर्द्छ त ?? - Rent Seeking प्रणाली घटाउँछ - Crony Capitalism प्रणालीलाइ कमजोर बनाउँछ - साना र नयाँ उद्यमीलाई अवसर दिन्छ 3. Limited but Strong Government (सानो तर सक्षम सरकार) - सरकार व्यापारी होइन, नियम बनाउने र लागू गर्ने हुनु पर्यो - अनावश्यक हस्तक्षेप कम हुनु पर्यो - शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा मा केन्द्रित हुनु पर्यो सरकारले सबै गर्छु भन्ने होइन, सरकारले निष्पक्ष नियम बनाउँछ भन्ने दृष्टिकोण दिनु पर्यो । 4. Accountable & Decentralized Democracy (जवाफदेही र विकेन्द्रित लोकतन्त्र) - स्थानीय सरकारलाई वास्तविक अधिकार प्रदेशले संविधानमा रहेर आफ्नो कार्य गर्न बारम्बार केन्द्र धाइरहनु र फकाइरहनु पर्ने सिस्टम हटाउनु पर्यो । - नागरिकले सजिलै प्रश्न गर्न सक्ने व्यवस्था - खराब काममा तत्काल राजनीतिक मूल्य चुकाउनुपर्ने - भोटपछि पनि नागरिक–नेता सम्बन्ध सकिनु हुँदैन 5. Evidence-Based Policy (भावनामा होइन, तथ्यमा आधारित नीति) - नीति बनाउँदा डाटा र अध्ययन गरेर बनाउनु पर्यो - लोकप्रियता होइन, दीर्घकालीन प्रभाव पार्ने हुनु पर्दछ - खर्च–लाभ विश्लेषण (Cost–Benefit Analysis) अनिवार्य गरिनु पर्दछ साथै पारदर्शी तरिकाले प्रणाली सही छ छैन भनेर पहिचान गर्ने “सरल चेकलिस्ट” भोट हाल्नु अघि यी प्रश्नमा 'हो/गर्छ' भन्न सकिन्छ कि सकिँदैन हेर्नुहोस्: - उम्मेदवार चुनावी खर्च कसरी उठाउँछ ? - ठेक्का र नियुक्तिमा खुला प्रतिस्पर्धाको कुरा गर्छ ? - कानुन उल्लङ्घनमा आफ्नै मान्छेलाई कारबाही गर्छ ? - नीति कसलाई फाइदा पुग्छ भनेर स्पष्ट छ ? - निजी क्षेत्रलाई प्रतिस्पर्धामा विश्वास गर्छ ? यदि यी प्रश्नहरु टारिन्छन् भने, प्रणाली पुरानै हो, अनुहार मात्र नयाँ हुन् सक्दछ । अबको यो निर्वाचनले के तय गर्छ भने:- - नेपाल उत्पादनमुखी देश बन्छ कि Rent बाँड्ने देश नै रहन्छ ? - युवाले देशमै भविष्य देख्छ कि विदेश जान बाध्य हुन्छ ? त्यसैले अब हाम्रो Bottom Line भनेको, हामीलाई - शक्तिशाली नेता होइन - ठूलो पार्टी होइन पनि होइन - भावनात्मक नारा मात्रै पनि होइन अब नेपालीले रोज्नुपर्ने कुरा भनेको - ब्यक्ति र पाटी भन्दा बलियो प्रणाली - नियममा चल्ने राज्य र सरकार - प्रतिस्पर्धामा आधारित अर्थतन्त्र हो |! किनभने निर्वाचन भनेको “को शासन गर्छ ?” मात्र होइन “कसरी शासन हुन्छ ?” भन्ने निर्णय पनि हो।
OT
Jan 17
OT
आफ्नै कुरा
· Jan 17
बालेन झापा–५ नै किन ?
मान्नुस यो चुनाव होइन, जनमत संग्रह हो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवारी दिने विषयलाई लिएर अनेक टिकाटिप्पणी भइरहेका छन्। केहीले यसलाई ‘राजनीतिक आत्मघाती कदम’ भनेका छन्, केहीले ‘प्रतिशोधको राजनीति’।तर प्रश्न एउटै हो— झापा–५ नै किन ? यसको उत्तर भावनामा होइन, तथ्य र इतिहासमा छ। ⸻ जिज्ञासा १ : रास्वपाले बालेनलाई भावी प्रधानमन्त्री भनेर बलिको बोको बनायो ? उत्तर : झापा–५ बालेनलाई कसैले पठाएको क्षेत्र होइन। न त पार्टीले जबर्जस्ती धकेलेको हो, न त वरपरका मानिसले उक्साएको । दलीय राजनीतिमा प्रवेश गर्ने प्रारम्भिक दिनदेखि नै बालेन शाहले झापा–५ लाई आफ्नो राजनीतिक परीक्षणस्थलका रूपमा छनोट गरेका थिए। यो निर्णयमा उनले अरूलाई होइन, बरु रासपालाइ बालेनले नै कन्भिन्स गरेका हुन्। यस अर्थमा झापा–५ कुनै ‘हार्ने ठाउँ’ होइन, यो विचारको टकराव हुने ठाउँ हो। ⸻ जिज्ञासा २ : हेभिवेट नेतासँग भिड्नु राजनीतिक संस्कार हो ? उत्तर :- इतिहास पल्टाऔँ। तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईविरुद्ध एमालेले आफ्नै महासचिव मदन भण्डारीलाई काठमाडौँ–१ मा उठाएको थियो। त्यो बेला मदन भण्डारी मात्र ४० वर्षका थिए।आज त्यो निर्णयलाई एमाले गर्वका साथ सम्झन्छ। तर उही इतिहासलाई गर्व गर्नेहरूले आज बालेनको निर्णयलाई ‘संस्कारहीन’ भन्नु नैतिक रूपमा तर्क संगत छैन। - लोकतन्त्रमा भिडाइ -लौरो–भालामा होइन, तर्कमा, विचारमा र मतपेटिकामा हुन्छ। ⸻ जेन Z आन्दोलन र झापा–५ जेन–Z आन्दोलनको सबैभन्दा मुख्य म्यान्डेट एउटै थियो— पुराना भ्रष्ट्र तथा ३/४ दशक देखी बारम्बार दोहोरिरहने त्यो पनि असल भैसकेका नेतालाई संसद् भवन छिर्न नदिनु। आन्दोलनका उत्प्रेरक र नैतिक अभिभावकका रूपमा बालेन शाहले त्यो म्यान्डेट पूरा गर्नैपर्छ। त्यसैले झापा–५ को चुनाव सामान्य प्रतिनिधि सभा चुनाव होइन। यो जनमत संग्रह हो। ⸻ जिज्ञासा ३ : झापा–५ मा कसरी जनमत संग्रह हुन्छ ? भदौ २३ र २४ पछि देशका लगभग सबै राजनीतिक दलहरूले आत्मसमीक्षा गरे। -काँग्रेसले विशेष अधिवेशनमार्फत संरचनात्मक सुधार गर्यो -माओवादीदेखि राप्रपासम्मले आन्दोलनलाई जनआन्दोलन माने -मारिएकालाई सहिदको सम्मान गर्यो -गल्ती स्वीकार गर्यो तर एमालेले के गर्यो ? • गोली लागेर ढलेका युवालाई ‘आतङ्ककारी’ भन्यो • घाइते र समर्थकलाई जेल हाल्ने धम्की दियो • स्वयं अध्यक्ष ओलीले सार्वजनिक रूपमा त्रास सिर्जना गरे त्यसैले झापा–५ मा मतदाताले दुईमध्ये एक रोज्नेछन् ! क) भदौ २३–२४ मा गोली लागेर ढलेका युवा सहिद हुन्, देशभक्त विद्रोही हुन् भन्ने लाग्नेले → घण्टीमा मत लगाउदछन । ख) ती युवा विदेशीले उक्साएका आतङ्ककारी थिए र गोली हानिनु जायज थियो, राज्यले ति आतङ्ककारीलाइ सफाया गरेको ठान्नु पर्दछ भन्नेले → सुर्यमा मत लगाउदछन । यसैले झापा–५ मा दुई चिन्ह होइन, दुई इतिहास ठोक्किँदैछन्। यसकारण यो जनमत संग्रह हो । ⸻ जिज्ञासा ४ : बालेन झापा–५ मा हार्छन् ? “बालेन हार्छन्” भन्ने हल्ला इतिहास नबुझ्नेहरूको तर्क हो। सन् १९७७ मा आपतकालपछि इन्दिरा गान्धी आफ्नै सुरक्षित क्षेत्र रायबरेलीमा राज नारायणसँग पराजित भएकी थिइन् । जनतामा विश्वास हुने नेता कहिल्यै हार्दैन। नेपाली जनता त्यति विकाउ छैनन् कि स्कुल–कलेज पढ्ने आफ्ना छोराछोरीको रक्ताम्मे शरीर बिर्सून्। कुनै पनि आमाले त्यो नरसंहार बिर्सेकी छैन। बिर्सने छैन। ⸻ झापा–५ र किरात र लिम्बुवानको प्रश्न बालेन मेयर हुँदा काठमाडौंमा लुकाइएका ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्पदाले नवजीवन पाए। • नक्साबाट हराइएका खोला फेला परे • लिच्छविकालीन भौतिक प्रमाण उत्खनन भए • नेवाः कला–संस्कृति पुनर्जीवित भयो • विश्व सम्पदा क्षेत्रमा सवारीरहित शान्त क्षेत्र स्थापना भयो यस्तै, लिम्बुवानमा पनि इतिहास लुकाइएका छन्। विजयपुर दरबार क्षेत्र, सेमुक्तिगोक (मुक्कुम्लुङ), पाथिभरा जस्ता स्थलहरू आज पनि राजनीतिक बेवास्ताको सिकार छन्।भूमि र स्थानियले नस्वीकारेका मूर्ति ठड्याउने, इतिहास मेटाउने, यस्ता कुकर्म रोक्न बालेनको जित अनिवार्य छ। साथै, झापा र कोशीका आदिवासी–जनजातिले केपी ओलीलाई सोध्नैपर्ने प्रश्नहरू :- झापा–५ को चुनाव केवल सत्ता र विपक्षको प्रतिस्पर्धा मात्र होइन, यो आदिवासी–जनजाति, लिम्बुवान र समग्र कोशी क्षेत्रको आत्मसम्मानसँग जोडिएको प्रश्न पनि हो। यस क्षेत्रमा बसोबास गर्ने आदिवासी–जनजाति र मूलवासी समुदायले केपी ओलीसँग निम्न प्रश्नहरूको उत्तर खोज्नैपर्छ— ⸻ प्रश्न १ : आदिवासी–जनजातिको साझा पहिचान बोकेको रंगशालालाई किन ‘मदन भण्डारी रंगशाला’ बनाइयो ? आदिवासी–जनजाति आन्दोलनको ऐतिहासिक मञ्चका रूपमा विकसित आदिवासी–जनजाति रंगशाला किन सत्तामा पुगेपछि एक व्यक्तिको नाममा सीमित गरियो ? के यो निर्णय गर्दा त्यहाँका आदिवासी–जनजाति समुदायसँग एक पटक पनि परामर्श गरियो ? कि सत्ता पाएपछि पहिचानमाथि हस्तक्षेप गर्नु स्वाभाविक अधिकार ठानियो ? ⸻ प्रश्न २ : खुवालुङलाई ‘फगत ढुंगा मात्र’ भनेर प्रधानमन्त्रीकै हैसियतमा किन फुटाउन आदेश दिइयो ? खुवालुङ लिम्बु, राई, याक्खा, सुनुवार लगायत किराती समुदायका लागि धार्मिक, सांस्कृतिक र सभ्यतागत प्रतीक हो । तर केपी ओलीले प्रधानमन्त्री हुँदा सार्वजनिक रूपमा भने— “त्यो त फगत ढुंगा मात्र हो।” प्रश्न सरल छ— यदि त्यो ढुंगा मात्र हो भने किन तोड्न आदेश दिनुपर्यो ? किन राज्यको शक्ति प्रयोग गरेर समुदायको आस्थामाथि प्रहार गरियो ? यो अज्ञानता हो कि सचेत अपमान ? ⸻ प्रश्न ३ : लिम्बुवान–किरात प्रदेशको माग उठ्दा किन ‘कोशी प्रदेश’ नाम जबर्जस्ती लादियो ? लिम्बुवान–किरात पहिचानसहितको प्रदेश आदिवासी जनजातिको शान्तिपूर्ण र लोकतान्त्रिक माग थियो। तर त्यसको सट्टा जनभावनाविपरीत ‘कोशी प्रदेश’ नामकरण गरियो। • सडकमा आन्दोलन हुँदा पनि नसुन्ने ? • घाइते हुँदा पनि बेवास्ता गर्ने ? • मृतक हुँदा पनि आत्मसमीक्षा नगर्ने ? के यही हो संघीयता र समावेशिताको मर्म ? ⸻ प्रश्न ४ : आदिवासी–जनजातिको पहिचानको माग लाइ किन सधैँ ‘राष्ट्रघात’ हो भन्ने बनाइन्छ ? आदिवासी–जनजातिले भाषा, संस्कृति, भूगोल र इतिहासको सम्मान माग्दा किन सधैँ— • विदेशीको उक्साहट यि कुरा यिनीहरुले ल्याए भनिन्छ ? • देश टुक्र्याउने आरोप लगाइन्छ ? • दमन, जेलनेल र गोलीको भाषा प्रयोग गरिन्छ किन ? के यो देश केवल सिंहदरबारको सम्पत्ति हो ? कि यहाँ आदिवासी–जनजातिको पनि बराबर स्वामित्व छ ? कि आदिवासी–जनजाति यी प्रश्न नै बिर्सिए ?? ⸻ झापा–५ लाइ यो प्रश्न, चुनौती र अवसर पनी हो । जसलाई सदुपयोग गर्दै मतदानबाट उत्तर दिनु पर्दछ ! झापा–५ मा बालेन शाहको उम्मेदवारी कुनै व्यक्तिविशेषको जित–हारको प्रश्न होइन। यो प्रश्न हो— • पहिचान कि अपमान ? • संवाद कि गोली ? • इतिहासको सम्मान कि मेटाउने राजनीति ? बालेन मेयर हुँदा काठमाडौंका लुकाइएका इतिहासले जीवन पाए। प्रधानमन्त्री बने लिम्बुवान, किरात र समग्र आदिवासी–जनजातिको इतिहासले पनि नवजीवन पाउनेछ। ⸻ झापा–५ का जनताले आज एउटा प्रश्न सोधिरहेको छ— यो देश सबैको हो कि केहीको मात्र ? त्यसको उत्तर मतपेटिकाबाट पक्कै पनि आउनेछ। झापा–५ का जनतालाई बधाई छ। तपाईंहरूको मतले पूरै देशको राजनीतिक रक्तसञ्चार बदल्नेछ। यो चुनाव होइन। यो प्रश्न हो। अवसर हो ~ परिवर्तनको र हामीले विगत ३०/३५ बर्ष देखि दिएको भोटको अबमुल्यन गर्नेहरुलाई जवाफ दिनेको ! यो देशमा कुन राजनीतिक दल सिद्धान्तको राजनीतिमा छ ? एकछिन मन थामेर, इमानदारीपूर्वक जनताले आफैँलाई सोध्नुपर्ने प्रश्न— नेपालमा कुन राजनीतिक दल सिद्धान्तको राजनीतिमा छ ? माओवादी ? कांग्रेस ? एमाले ? कि यी सबै दलाली, सत्ता–सम्झौता र अवसरवादको एउटै बाटोमा हिँडिरहेका छन् ? पुराना दल : सिद्धान्तको नाम, व्यवहार :दलाली माओवादीले जनयुद्ध गर्दा भनेको थियो— वर्ग, शोषण र अन्यायको अन्त्य। आज सोधौँ त— - वर्ग समाप्त भयो कि नेतामात्र वर्ग बदलियो ? - शोषित कहाँ छन् ? कि उनीहरू अझै सडकमा छन्? र नेता सत्ताको कोठामा ? कांग्रेस भन्छ— हामी लोकतन्त्रका रक्षक हौँ। तर प्रश्न छ— - लोकतन्त्र जोगाउने पार्टीमा किन नेतृत्व पुस्तौंदेखि उही अनुहार ? - किन पार्टीभित्रै प्रश्न गर्नेलाई अपराधी जस्तै व्यवहार ? एमालेले भन्छ— हामी सिद्धान्त र अनुशासनको पार्टी। तर जनताले देखेको के हो ? - विचारभन्दा एक व्यक्तिको इच्छाले पार्टी चल्नु - प्रश्न गर्नेलाई राष्ट्रघाती करार गर्नु - सत्ता नपाउँदा आन्दोलन, पाएपछि दमन यदि यी दलहरू साँच्चै सिद्धान्तमा चलिरहेका हुन् भने, आज देश किन यति दिशाहीन छ ? तर अचम्म के छ भने ... यही देशमा अहिलेसम्म शासन नगरेका, कुनै ठेक्का नबाँडेका, कुनै सत्ता–सौदामा नफसेका रास्वपा र बालेनलाई भने भर्खरै राजनीतिमा उदाउँदै गर्दा नै भनिन्छ— “यी त सिद्धान्तहीन हुन्।” “यी त बिदेशी एजेन्ट हुन्।” - जो केहि हुने बित्तिकै र हरेक देशका सम्झौता गर्न भारत र चिन जान्छन उनीहरु चाही राष्ट्रीवादी ?? “यीसँग अनुभव छैन।” “यी कहाँ देश चलाउन सक्छन् ?” प्रश्न उठ्छ— अनुभव भनेको के हो ?- देश बिगार्ने अनुभव ?- सिद्धान्त तोड्ने अनुभव ?- जनताको भरोसा बेच्ने अनुभव ? प्रयोग नै नगरी असफल घोषणा ? रास्वपा र बालेनलाई— - न त संघीय सरकार चलाउन दिइयो - न त नीति निर्माणमा निर्णायक भूमिका - न त देशव्यापी प्रणाली लागू गर्ने अवसर तर फैसला चाहिँ पहिल्यै— “यी असफल छन्।” “यीसँग सिद्धान्त छैन।” यो न्याय हो कि डरले जन्मिएको पूर्वाग्रह ? यदि सिद्धान्तको प्रश्न उठाउने हो भने… सोध्ने ठाउँ यता होइन र ? - ३०–४० वर्ष सत्ता चलाएकाहरूलाई -“तपाईंको सिद्धान्त कहाँ हरायो ?” भनेर - युद्ध, आन्दोलन, लोकतन्त्रको नाममा आएको सत्ता किन जनताको जीवनमा रूपान्तरण भएन ? - किन आजसम्म - शिक्षा, स्वास्थ्य, रोजगारी व्यवस्था होइन, दया बनिरहे ? यदि यति लामो समय शासन गर्दा पनि सिद्धान्त देखाउन नसक्नेहरूलाई प्रश्न गर्न सकिँदैन भने— के त्यो डर हो ? कि हिम्मतको अभाव ? जनतालाई अन्तिम प्रश्न के हामी पुरानाले गल्ती गर्दा “अनुभव” भन्छौँ, नयाँले गल्ती नगर्दै “असफल” घोषणा गर्छौँ ? के परिवर्तनको कुरा गर्ने तर परिवर्तनलाई मौका नै नदिने यही हाम्रो राजनीति हो ? यदि सिद्धान्त खोज्ने हो भने— पहिले सत्ता खाइसकेकालाई सोधौँ।पहिले देश बिग्रिसकेकाहरूलाई जवाफदेही बनाऔँ। नयाँलाई सुरुमै दबाउने होइन, नतिजाबाट मूल्याङ्कन गर्ने साहस राखौँ। नयाँले नयाँको विरोध होइन, मिलेर पुराना र भ्रष्टलाई हराउनु नै सही बाटो होनयाँ राजनीतिक शक्तिको उदय भएको छ। जनतामा आशा पलाएको छ। तर दुर्भाग्य नयाँ–नयाँबीच नै अविश्वास, आरोप र टकराव बढ्दैछ। यो बाटो सही होइन। सिधै भनौँ— नयाँले नयाँको विरोध गर्नु भनेको पुराना, भ्रष्ट र ३०–४० वर्षदेखि जनतालाई झुक्याइरहेकाहरूलाई फेरि अवसर दिनु हो। इतिहासले के भन्छ ?जब–जब परिवर्तन चाहने शक्ति आपसमा झगडिन्छन्; - पुराना दलहरू एकआपसमा मिल्छन् - भ्रष्ट संरचना सुरक्षित हुन्छ - जनता फेरि “हेरिरहने दर्शक” बन्छन् र परिवर्तन? कागजमै सीमित हुन्छ। आजको यथार्थ यही होयदि, - नयाँ भनिने दलहरू आपसमा जुधेर शक्ति खर्च गर्छन्, एकअर्कालाई कमजोर बनाउने खेल खेल्छन् भने भोलि परिणाम यही हुनेछ; “फेरि उही अनुहार, उही भाषण, उही लुट।” समाधान के हो ?समाधान स्पष्ट छ: दल फरक हुन सक्छ, झण्डा फरक हुन सक्छ, नेतृत्व फरक हुन सक्छ, तर लक्ष्य एउटै हुनुपर्छ। त्यो लक्ष्य हो; - भ्रष्ट राजनीतिक संरचना हटाउने - ३०–४० वर्षदेखि सत्ता कब्जा गरेर बसेकालाई विश्राम दिने - राज्य प्रणालीलाई जनमुखी बनाउने चुनावमा सहकार्य: बाध्यता होइन, आवश्यकतायदि साँच्चै— - परिवर्तन देख्न चाहिन्छ - देश विकास भएको अनुभूति चाहिन्छ - युवाले विदेश होइन, भविष्य यहीँ देख्नुपर्छ भने आउँदो चुनावमा सहकार्य अनिवार्य छ। नत्र— - मत विभाजन हुन्छ - पुराना दल अल्पमतमा जित्छन्ज - नताको आशा फेरि धोका खान्छ Zen Z र युवाहरूको सपना यसरी मात्र पूरा हुन्छआज सडकमा, सामाजिक सञ्जालमा, बहसमा Zen Z र युवाहरू परिवर्तन चिच्याइरहेका छन्। तर त्यो चिच्याहट त्यतिबेला मात्रै शक्ति बन्छ जब ; - नयाँ शक्तिहरू एकताबद्ध हुन्छन् - Ego होइन, उद्देश्य अगाडि राखिन्छ - “म” होइन, “हामी” बोलिन्छ अन्तिम चेतावनीनयाँले नयाँसँग लड्ने हो भने— - जित पुरानाको हुन्छ - सत्ता भ्रष्टकै हातमा पुग्छ - परिवर्तन चाहने जनता फेरि निराश बन्छन् त्यसैले आजको प्रश्न यो हो— के हामी फेरि पुरानालाई जिताउन चाहन्छौँ ? कि इतिहास नै बदल्न चाहन्छौँ ? यदि उत्तर दोस्रो हो भने— अब झगडा होइन, सहकार्य। आरोप होइन, रणनीति। व्यक्तिगत महत्वाकांक्षा होइन, देश र पुस्ताको भविष्य। यही नै साँचो परिवर्तनको बाटो हो।
OT
Jan 5
OT
आफ्नै कुरा
· Jan 5
मञ्च, पर्दा र ताली : नयाँ सरकार ~ एक नाटक !
यो देशमा बा’को शासन खोसिएपछि, “आमालाई त सन्तानको माया बढी लाग्छ” भनेर हामीले आमा रोज्यौं। आमाको काख न्यानो होला भन्ने आशा थियो, तर काखमा निदाउँदा देशचाहिँ निदाइरहेन। जेन–जी सडकमा उत्रियो, नारा होइन—प्रश्न बोकेर। क्षणभर सिंहदरबार हल्लियो, मञ्च फेरियो, पर्दा खुलेको जस्तो भयो, नयाँ सरकार एक दृश्य बनेर आयो, नाटकको पहिलो अंक जस्तै। पछि आयो अर्को दृश्य— लेखक, ओली बयान लिइयो, कानुन चलेको अभिनय गरियो। काठमाडौं नछाड्नू भनियो, विदेश नजानू भनियो, र फेरिसबै रोक फुकुवा गरियो— परर ताली बज्यो रङ्गमन्चमा । बा' सोच्दा हुन् दुश्मन हेरेको हेरै .. जनता हेरेका हेरै .... ......बिचरा !मर्नेहरु मरि रहेकराउनेहरु कराई रहे उफ्रनेहरु उफ्री रहे तर उपलब्धि :मुहार मात्रै फेरीए नयाँ सरकार मात्रै जन्मी रह्यो !!समस्या र प्रविती ~ उही ! हेक्का रहेस ... तर जनता सोच्दै'छन् यो कानुन होइन, क्यामेरा अगाडिको दृश्य मात्र हो। आमाका कदम भनेको: दोषीलाई समात्ने होइन, समयलाई छल्ने रणनीति रहेछ ! आन्दोलन निभाउने, प्रतीकात्मक वर्षा गरिएको रहेछ ! न्याय होइन, सन्देशको व्यवस्थापन गरिएको रहेछ !! आज देशको समस्या केवल नेता होइन, केवल सरकार पनि होइन— समस्या त सरकारको विश्वासको मृत्यु हो। देशको सिस्टमको मृत्यु हो ~ यो !! त्यसैले जनता ठान्दछन — “यो नाटक हो।” आउँदै गरेको खतराको संकेत हो।
OT