बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ अनलाइनखबर विचार
अन
अनलाइनखबर विचार
Onlinekhabar Bichar · onlinekhabar.com · ब्लग र विचार
onlinekhabar.com
सबै
५५
विचार
११
राष्ट्रिय समाचार
४३
ब्लग
१
अनलाइनखबर विचार मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर अनलाइनखबर विचारका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
नेपाल प्रेस चिन्तन
MS
MySansar
NI
नेपाली विचार
OT
आफ्नै कुरा
NU
Nepal Unplugged
KA
Kathmandu Alley Cat
NE
Nepal Explained
१० घण्टा अघि
अन
अनलाइनखबर विचार
· १० घण्टा अघि
भत्किएका घर बनाऔँ, नागरिकका क्षमता पनि
हामीले निर्माण गर्न खोजेको राष्ट्रिय उत्थानशीलता भनेको सुरक्षित भवन र सडकको सङ्ख्या मात्र होइन। यो त आफ्नो जोखिम बुझ्न सक्ने नागरिक, संकटमा पनि परिचालित हुन सक्ने समुदाय, विज्ञानमा आधारित निर्णय गर्ने स्थानीय सरकार र आवश्यक सहयोग समयमै पुर्याउन सक्ने उत्तरदायी प्रदेश र राज्यको समष्टिगत क्षमता हो।
१२ घण्टा अघि
अन
अनलाइनखबर विचार
· १२ घण्टा अघि
ट्रेडमार्क संरक्षण बलियो नभएसम्म लगानीको वातावरण बन्दैन
नेपाललाई लगानीको गन्तव्य बनाउने हो भने सडक, विद्युत्, कर र प्रशासनिक सुधारसँगै बौद्धिक सम्पत्तिको संरक्षण र त्यससम्बन्धी नियामकीय पूर्वानुमानयोग्यतालाई पनि लगानी वातावरणकै अभिन्न हिस्सा मान्नुपर्छ ।
१५ घण्टा अघि
अन
अनलाइनखबर विचार
· १५ घण्टा अघि
रेमिट्यान्सको कीर्तिमान र सङ्कुचित रोजगारी
नेपालमा एकातिर रेमिट्यान्सको आप्रवाह ऐतिहासिक बिन्दुमा पुगिरहेको छ भने अर्कोतर्फ वैदेशिक रोजगारीका नयाँ ढोकाहरू सीमित हुँदै गएका छन्। यसले तत्कालका लागि परिवारको आर्थिक अवस्था र देशको विदेशी मुद्रा सञ्चिति बलियो देखिए तापनि दीर्घकालमा रोजगारी र उपभोगका लागि विदेशमै निर्भर रहनुपर्ने गम्भीर सङ्कटलाई उजागर गर्छ।
१ दिन अघि
अन
अनलाइनखबर विचार
· १ दिन अघि
हिउँ पग्लिँदै छ, जोखिमको नक्सा पनि बदल्नुपर्छ
पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले माथिल्लो कर्णाली क्षेत्रमा हिमनदी खुम्चिँदै, हिउँ आवरण घट्दै र हिउँरेखा माथि सर्दै गएको देखाएका छन्। यी परिवर्तनले हिमालको स्वरूप मात्र होइन, तल्लो तटीय क्षेत्रको पानीको उपलब्धता, कृषि, जलविद्युत् र विपद् जोखिमसमेत बदलिँदै गएको स्पष्ट सङ्केत दिन्छन्।
१ दिन अघि
अन
अनलाइनखबर विचार
· १ दिन अघि
एमालेमा एन्ट्रोपी, सङ्गठनात्मक क्षय र रूपान्तरणको प्रश्न
राजनीतिक दललाई भौतिकशास्त्रको प्रयोगशालामा राखेर नाप्न सकिँदैन। तर समाजशास्त्र, सङ्गठनशास्त्र र राजनीतिशास्त्रका जटिल प्रक्रियालाई बुझाउन विज्ञानका केही रूपक अत्यन्त उपयोगी हुन्छन्; जस्तै- ऊर्जा र एन्ट्रोपी।
१ दिन अघि
अन
अनलाइनखबर विचार
· १ दिन अघि
बेलायतमा कसरी लोकप्रिय बन्दैछ ‘होम एजुकेसन’ ?
बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार घरमै पढाउने (होम एजुकेसन) अभ्यास बेलायतमा बढ्दै गएको छ। यसरी घरमै पढेका बालबालिकाले पछि कसरी विश्वविद्यालयसम्मको शिक्षा र योग्यता हासिल गर्न सक्छन् त ?
१ दिन अघि
अन
अनलाइनखबर विचार
· १ दिन अघि
नदी किनारका बस्तीमाथि मडारिएको हिमाली सङ्कट
रसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकीमा आएको लेदोसहितको विनाशकारी बाढीले हिमाली क्षेत्रमा विपद्को स्वरूप कसरी बदलिँदै छ भन्ने स्पष्ट सङ्केत दिएको छ। अब हिमालदेखि तराईसम्मका नदी करिडोरहरूको विपद्-जोखिम बुझेर विकासको ढाँचा परिवर्तन गर्नुको विकल्प छैन।
२ दिन अघि
अन
अनलाइनखबर विचार
· २ दिन अघि
सम्बन्ध सुधार्दै छन् भारत–चीन : के हुन सक्छ नेपालको अपेक्षा ?
आज चीन र भारतका बीच सम्बन्धमा सुधार हुँदै गर्दा उनीहरूले नेपाल लगायत दक्षिण एशियाली मुलुकहरूसँगको सम्बन्धमा कस्तो नीति अपनाउने छन् र त्यसले यस क्षेत्रको शान्ति, विकास र स्थायित्वमा के कस्तो भूमिका खेल्नेछ जस्ता विषय आज दक्षिण एशियाली मुलुकका अधिकांश राजधानीमा चर्चामा रहेको छ ।
२ दिन अघि
अन
अनलाइनखबर विचार
· २ दिन अघि
जातको प्रश्न विश्वव्यापी बनाउने नभीलाई नोबेल
सन् २०२६ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित अन्तर्राष्ट्रिय न्यायविद् तथा मानव अधिकार रक्षक नभी पिल्लेको योगदानलाई शान्ति, न्याय र मानव अधिकारको विश्वव्यापी अभियानसँगै जातीय विभेदविरुद्धको सङ्घर्षका सन्दर्भमा पनि स्मरण गर्नुपर्छ।
२ दिन अघि
अन
अनलाइनखबर विचार
· २ दिन अघि
बूढीगण्डकीको बाढीले उठाएका थप प्रश्नहरू
उङ्गिलुङ खोलाको छाल तुलनात्मक रूपमा बढी भएको हुँदा पहिरोले थुन्दा बनेको ठूलो ताल फुटेर त्यत्रो ठूलो बाढी आउने सम्भावना कमै देखिए तापनि अर्को प्रमाण नभेटेसम्म त्यसलाई नकार्न सकिँदैन।
२ दिन अघि
अन
अनलाइनखबर विचार
· २ दिन अघि
गगनको विद्रोह अब संस्थागत सुधारमा बदलिनुपर्छ
अब निर्णायक प्रश्न को कति लोकप्रिय छन् भन्ने होइन; कसले नेपाली कांग्रेसलाई कति लोकतान्त्रिक, पारदर्शी, जनाधारित र उत्तरदायी बनाउन सक्नुहुन्छ भन्ने हो।
२ दिन अघि
अन
अनलाइनखबर विचार
· २ दिन अघि
चाडपर्वमा सुरक्षाकर्मीको कर्तव्य र नागरिकको दायित्व
मुलुकमा देखा परेको एकपछि अर्को विपत्तिले समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कार्यमा सुरक्षा चुनौती थपिएको छ ।
३ दिन अघि
अन
अनलाइनखबर विचार
· ३ दिन अघि
राजनीतिक हस्तक्षेप र न्यायिक जवाफदेहिताबीच रुमल्लिएको अदालत
दुई दशकदेखि नेपालमा न्यायपालिका सुधारको बहस चलिरहेको छ। विभिन्न समिति र अध्ययनले समस्या पहिचान गर्दै सुधारका उपाय सुझाए पनि कार्यान्वयनको प्रश्न भने अझै अनुत्तरित छ। न्यायिक स्वतन्त्रता र उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै संस्थागत सुधार गर्ने कि प्रतिवेदन थप्दै जाने, अहिलेको मूल प्रश्न यही हो।
३ दिन अघि
अन
अनलाइनखबर विचार
· ३ दिन अघि
माओवादी सशस्त्र द्वन्द्वपीडितको बदलिँदो आवश्यकता
सङ्क्रमणकालीन न्यायसम्बन्धी बहस लामो समयसम्म कानुन, आयोगको गठन र दोषीलाई अभियोजनजस्ता विषयमा बढी केन्द्रित रह्यो। तर भुइँतहका पीडितको जीवनसँग जोडेर हेर्दा न्यायको वास्तविक अर्थ फरक देखिन्छ।
३ दिन अघि
अन
अनलाइनखबर विचार
· ३ दिन अघि
शिक्षाको मूल्य कि जातीय दमन ?
दलित समुदायलाई उधारो आश्वासन वा आलङ्कारिक क्षमायाचना होइन, आफ्नै जीवनमा महसुस गर्न सकिने व्यावहारिक र संरचनात्मक न्याय चाहिएको छ ।
६ दिन अघि
अन
अनलाइनखबर विचार
· ६ दिन अघि
राष्ट्रिय स्वार्थ, वैदेशिक सहयोग र राष्ट्रिय समृद्धिका कुरा
ठूला लगानी र सहयोगमा दातृ राष्ट्रका स्वार्थ जोडिएका हुँदैनन् भन्न सकिँदैन। तर, अतिराष्ट्रवादको नारा दिएर विकास र समृद्धिमा पछि पर्नुभन्दा बुद्धिमत्तापूर्वक वैदेशिक सहयोग र लगानी भित्र्याएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनुको विकल्प छैन।
६ दिन अघि
अन
अनलाइनखबर विचार
· ६ दिन अघि
रसुवा-भोटेकोशी : पुनर्निर्माण कि नयाँ आर्थिक करिडोर ?
चालीसको पुस्ताले चलाएको नेपाल सरकारले उत्तर आर्थिक करिडोर विकासको नयाँ मोडेल अधिकतम ३.५ खर्ब रुपैयाँको सीमाभित्र जनतासामु आगामी चार वर्षभित्र पस्कन सक्छ र देशको उत्तरी आर्थिक करिडोर विकासका लागि एउटा कोसेढुङ्गा साबित हुन सक्छ।
७ दिन अघि
अन
अनलाइनखबर विचार
· ७ दिन अघि
निजामती विधेयकका सकारात्मक पक्ष र विचारणीय प्रश्न
संघीय निजामती सेवा ऐन बन्न नसक्दा कर्मचारी प्रशासनमा देखिएका समस्या र चुनौतीबीच अघि बढाइएको विधेयकमा कर्मचारी प्रशासनलाई व्यावसायिक, नतिजामुखी र राजनीतिक रूपमा तटस्थ बनाउनेदेखि अवकाश, निवृत्तिभरण र नियुक्तिसम्बन्धी केही विचारणीय व्यवस्था छन्।
७ दिन अघि
अन
अनलाइनखबर विचार
· ७ दिन अघि
लैङ्गिक समानता कहिले हुन्छ?
महिला तथा अल्पसंख्यकका अधिकारसम्बन्धी नीति, कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे पर्याप्त सूचना प्रवाह नहुँदा अधिकारको कुरा उठाउनेहरू नै लाञ्छित हुने अवस्था छ। राज्य र सञ्चारमाध्यमले यस्ता विषयलाई कति प्राथमिकता दिएका छन्?
७ दिन अघि
अन
अनलाइनखबर विचार
· ७ दिन अघि
पर्यटन पुनरुत्थानका १० कदम
हामीले दिन सक्ने सबैभन्दा विश्वसनीय निमन्त्रणा यस्तो नेपालको हो जसले आत्मीय स्वागत गर्छ, सावधानीपूर्वक तयारी गर्छ र पुनरुत्थानको प्रतिफल न्यायोचित रूपमा बाँड्छ।
७ दिन अघि
अन
अनलाइनखबर विचार
· ७ दिन अघि
कम्युनिस्ट आन्दोलनको संकट र प्रेक्सिस पाठशालाको प्रस्ताव
आफ्ना समर्थक जनताबाट अलगिएको अर्थात् जीवनरस गुमाएको कम्युनिस्ट पार्टीहरूलाई धुलिसात गर्ने उपयुक्त अवधि २०८२ बन्यो।
Oct 7
अन
अनलाइनखबर विचार
· Oct 7
गगन-विश्वको नेतृत्वमा कांग्रेस रूपान्तरणको परीक्षा
नेतृत्व परिवर्तनले मात्र कांग्रेस बदलिँदैन। संगठनात्मक सुधार, स्पष्ट नीति, आन्तरिक लोकतन्त्र, पुस्तान्तरण र जनतासँगको पुनः सम्बन्धमार्फत गगन-विश्वको नेतृत्वले कांग्रेसलाई कति रूपान्तरण गर्न सक्छ, १५औँ महाधिवेशन त्यसैको परीक्षा हो।
Oct 7
अन
अनलाइनखबर विचार
· Oct 7
कांग्रेस बदलिँदैछ, तर कति ?
१५औँ महाधिवेशनको मुखमा रहेको कांग्रेसका लागि नेतृत्व परिवर्तन मात्र पर्याप्त छैन। आन्तरिक लोकतन्त्र, गुटगत राजनीति, सदस्यता वितरण, आर्थिक पारदर्शिता र पुस्तान्तरणमा हुने संरचनागत सुधारले मात्रै कांग्रेस साँच्चै बदलिएको प्रमाणित गर्नेछ।
Oct 6
अन
अनलाइनखबर विचार
· Oct 6
समाजवाद छाड्दै गरेको कांग्रेस, समाजवादलाई गिज्याइरहेका विष्णु सापकोटा
रास्वपाको महाधिवेशन सकिएको, अनि कांग्रेसको नियमित महाधिवेशन जारी रहेकै बेला समाजवादको बहस फेरि एकपल्ट सतहमा छ । झलक सुवेदीको यो लेखले किन नेपालका सन्दर्भमा यो अझै प्रासंगिक छ भन्नेबारे लामो बहस गरेको छ:
Oct 5
अन
अनलाइनखबर विचार
· Oct 5
क्षेत्रीय शक्तिको छायामा राष्ट्रसङ्घ
आज विश्व राजनीति संयुक्त राष्ट्रसङ्घबाट मात्र सञ्चालन हुँदैन। ईयू, अफ्रिकी सङ्घ, आसियान, खाडी सहयोग परिषद्, साङ्घाई सहयोग सङ्गठन हुँदै ब्रिक्स विस्तार भइरहेको छ । यी संस्थाहरूले संयुक्त राष्ट्रसङ्घलाई विस्थापित गर्ने कुरा गरिसकेका त छैनन्; तर तिनले आफ्नो क्षेत्रीय सुरक्षा, व्यापार, ऊर्जा, पूर्वाधार, लगानी, विकास र राजनीतिक हितमा क्षेत्रीय स्वामित्वको भावना विकास गरिरहेका छन्।
Oct 5
अन
अनलाइनखबर विचार
· Oct 5
मौसम विज्ञान विभागको वर्तमान सेवा र भावी दिशा
जलवायु जोखिम बढ्दै गएको नेपालमा मौसम पूर्वानुमानको सफलता सूचना दिनुमा होइन, त्यो सूचनाबाट समयमै क्षति रोक्न सक्नुमा मापन हुनुपर्छ।
Oct 5
अन
अनलाइनखबर विचार
· Oct 5
लोकतान्त्रिक संस्कृति बेगरको लोकतन्त्र, नीरस प्रक्रिया मात्र
परम्परागत परिभाषामा `लोकतन्त्र भन्नु बोल्ने अधिकार´ थियो, आजको समयमा `बोलेको सुनियो कि सुनिएन, सुनुवाइ भयो कि भएन´ लोकतन्त्रको परीक्षण अब यसरी हुन्छ ।
Oct 5
अन
अनलाइनखबर विचार
· Oct 5
वैचारिक पुनर्पाठ : एमाले पुनर्जागरणको वैचारिक आधार
वैचारिक पुनर्पाठ भन्नाले पुरानो विचारलाई त्याग्नु होइन, त्यसको मूल मर्मलाई कायम राख्दै नयाँ सामाजिक, आर्थिक, राजनीतिक र प्राविधिक यथार्थसँग पुनःव्याख्या गर्नु हो।
Oct 5
अन
अनलाइनखबर विचार
· Oct 5
सामुदायिक क्याम्पसमा गुणस्तर संकट
गैरनाफामुखी सामुदायिक क्याम्पसहरू आज दोहोरो संकटमा फसेका छन् । एकातर्फ शिक्षाको गुणस्तर लगातार खस्किँदो छ, अर्कोतर्फ वित्तीय आधार कमजोर बन्दै गएको छ ।
Oct 4
अन
अनलाइनखबर विचार
· Oct 4
ओशो तपोवनमा मनभित्रको भिडसँग साक्षात्कार
सायद ध्यानको सबैभन्दा ठूलो उपलब्धि समस्या हटाउनु होइन, समस्यालाई हेर्ने हाम्रो दृष्टिकोण बदल्नु हो।
Oct 4
अन
अनलाइनखबर विचार
· Oct 4
स्व–उपचारका लागि प्रसिद्ध केन्याको अफ्रिकन हात्ती
अध्ययनअनुसार हरेक हात्तीहरूले आफ्नो लागि विभिन्न प्रकारका बिरामी हुँदा आफैंले विभिन्न प्रकारका औषधीय वनस्पतिहरू खोजेर प्रयोग गर्न सक्दछन् भन्ने देखाएको छ। लक्षित आहार तथा व्यवहारमा ध्यान दिन सक्दछन्। अफ्रिकन हात्तीहरूमा विशिष्ट प्रकारको औषधिको ज्ञान हुन सक्ने देखियो।
Oct 4
अन
अनलाइनखबर विचार
· Oct 4
वैज्ञानिकको नजरमा सत्यम्–शिवम्–सुन्दरम्
यहीँ पुगेर पूर्वीय दर्शन र आधुनिक विज्ञान एउटै फूलमुनि एकसाथ उभिएका छन्। प्रकृतिले फूललाई सुन्दर बनाउन होमोसेपियन्सको कालसम्म पर्खिएको थिएन। तर मानिसको आगमनसँगै त्यो फूलले एउटा नयाँ अर्थ पायो।
Oct 3
अन
अनलाइनखबर विचार
· Oct 3
समृद्धिको नयाँ हेलिक्स
नेपालको विकास यात्रा समृद्धिको आकर्षक भाषण र नतिजाहीन नीतिको दुश्चक्रभित्र रुमल्लिएको छ। नीति निर्माणमा तल्लीन सरकार, सैद्धान्तिक ज्ञानमा सीमित विश्वविद्यालय, अल्पकालीन नाफामै अलमलिएको निजी क्षेत्र र प्रक्रियाको मूकदर्शक बनेको नागरिक समाज आआफ्नै परिधिभित्र अलमलिँदा ज्ञान, पुँजी र सामाजिक आवश्यकताको परिपूरक अन्तरसम्बन्ध नै टुटेको छ।
Oct 3
अन
अनलाइनखबर विचार
· Oct 3
गान्धीवाद र नेपाल : तुलसीमेहरको सामाजिक सुधारदेखि जलवायु सङ्कटसम्म
२०८२ भदौ २३–२४ को घटनाले अहिंसाको प्रश्नलाई नयाँ तीव्रताका साथ उठाएको छ। यो प्रसङ्गमा गान्धीको सबैभन्दा प्रासङ्गिक दृष्टान्त १९२२ को चौरीचौरा हो। त्यहाँ भिडले प्रहरी चौकी जलाएपछि गान्धीले असहयोग आन्दोलन नै स्थगित गरे।
Oct 2
अन
अनलाइनखबर विचार
· Oct 2
सलामी बहसः लोकतान्त्रिक नेपालले कस्तो प्रोटोकल अपनाउनुपर्छ ?
लोकतान्त्रिक गणतन्त्रमा राज्यले आफ्ना संवैधानिक पदहरूको सम्मान गर्नुपर्छ। गार्ड अफ अनर राज्यको सम्मान अभिव्यक्त गर्ने एउटा औपचारिक माध्यम हो। तर राज्यको सम्मान र शासकीय तामझाम एउटै कुरा होइनन्।
Oct 2
अन
अनलाइनखबर विचार
· Oct 2
कांग्रेसका लागि नयाँ अध्याय : सङ्क्रमणको घडीमा केही मन्थन
यति धेरै बदलिएको देशमा एउटा राजनीतिक परम्पराले आफ्नो सान्दर्भिकता कसरी नवीकरण गर्न सक्छ ? भन्ने नै कांग्रेसका सामु खडा भएको अझ महत्त्वपूर्ण प्रश्न हो।
Oct 2
अन
अनलाइनखबर विचार
· Oct 2
कांग्रेसको सैद्धान्तिक धार र पुनर्जीवनको आधार
नयाँ कांग्रेस भनेको सिद्धान्त, नीति र एजेन्डाका दृष्टिले नयाँ हो, सांगठनिक दृष्टिले नयाँ हो र पुस्ताका दृष्टिले नयाँ हो । यसैगरी पार्टी सञ्चालन प्रणाली, संस्कार र कार्यशैलीको दृष्टिले नयाँ हो । आजको आवश्यकता पनि यही हो र एजेन्डा पनि यिनै हुन् ।
Oct 2
अन
अनलाइनखबर विचार
· Oct 2
‘यस्तो कर्मकाण्डी अभ्यासले संसद्को गरिमा जोगिँदैन’
के सरकार भनेको एक जना प्रधानमन्त्री र केही थान मन्त्रीहरूको अनुहार मात्रै हो ? वा मन्त्रिपरिषद्को बैठक मात्र हो ? कदापि होइन।
Oct 2
अन
अनलाइनखबर विचार
· Oct 2
आमा सम्झाउने त्यो कार्यक्रम
पुरस्कारका बारेमा बोल्दै गर्दा डेनीको गला अवरुद्ध भयो, सम्हालिन खोजे, सकेनन् र भक्कानिन पुगे। उनले अगाडि बोल्न सक्दैसकेनन्, मन्तव्यलाई त्यहीँ बिसाए। मलाई लाग्छ— मातृविहीन सबैले आआफ्नी आमालाई सम्झे। केही बेर वातावरणमा उकुसमुकुस छायो।
Oct 2
अन
अनलाइनखबर विचार
· Oct 2
जलवायु न्यायको आवाज : न्युयोर्कको मञ्चदेखि उद्धारको शिविरसम्म
वैश्विक मञ्चमा विश्वव्यापी जलवायु परिवर्तनलाई दोष दिइरहँदा हामीले आफ्नो आन्तरिक ऐना पनि हेर्नु आवश्यक छ। के यो विपद् आउनुमा हाम्रो आफ्नै कुनै दोष छैन ? निश्चय नै छ।
Oct 1
अन
अनलाइनखबर विचार
· Oct 1
पश्चिम एसियामा ढल्दै अमेरिका
कुनै एक देशको वर्चस्व वा प्रतिबन्धात्मक नीतिले मात्र अब समस्याको समाधान हुन सक्दैन भन्ने पाठ इतिहासले सिकाएको छ।
Oct 1
अन
अनलाइनखबर विचार
· Oct 1
अजंगका ढुंगाहरूको स्थानान्तरणले देखाउँछ रसुवा बाढीको शक्ति
अजंगका ढुंगा स्थानान्तरणको अध्ययनले बाढीको शक्ति र कार्यको आकलन गर्न सकिन्छ ।
Sep 30
अन
अनलाइनखबर विचार
· Sep 30
बेग्लाबेग्लै वालेट र क्यूआर राख्नैपर्ने बाध्यता बन्द हुनुपर्छ
कल्पना गरौं- पाँचवटा सडक छन्। तर प्रत्येक सडकले आफ्नै सवारीसाधनलाई मात्र चल्न दिन्छ। एउटा सडकमा गुड्ने गाडी अर्को सडकमा प्रवेश गर्नै पाउँदैन। तपाईंलाई हरेक सडकका लागि फरकफरक गाडी चाहिन्छन्। यस्तो अवस्थामा सडक धेरै भए पनि यातायात सहज हुँदैन। डिजिटल भुक्तानी प्रणालीमा पनि अवस्था यस्तै भइरहेको छ।
Sep 30
अन
अनलाइनखबर विचार
· Sep 30
इन्ट्राडे कारोबार आकर्षण र जोखिम हिसाब
हल्ला र भावनाको भरमा निर्णय लिने खुद्रा लगानीकर्ताको बाक्लो उपस्थिति नेपाली बजारमा जोसुकैलाई विनाजाँच इन्ट्राडे कारोबार गर्न दिने हो भने त्यसले सामाजिक र वित्तीय विचलन निम्त्याउन सक्ने देखिन्छ।
Sep 29
अन
अनलाइनखबर विचार
· Sep 29
गैरसरकारी क्षेत्र अब कस्तो बन्ने ?
गैरसरकारी संस्था नियमनलाई प्रशासनिक प्रक्रिया र कागजी अनुमतिमा सीमित नराखी परिणाम, पारदर्शिता र सार्वजनिक जवाफदेहितासँग जोड्न आवश्यक छ।
Sep 29
अन
अनलाइनखबर विचार
· Sep 29
उज्यालोको मूल्य चुकाइरहेको आकाश
केही दशकअघिसम्म काठमाडौंमा सफा रातमा आकाशतिर हेर्दा हजारौं ताराहरू देख्न सकिन्थ्यो। तर आज, उपत्यकाका धेरै बासिन्दाहरूले केही चम्किला ताराहरू मात्र देख्न पाउँछन्। सहरभरि फैलिएको कृत्रिम प्रकाशले ताराहरूको प्रकाशलाई ओझेलमा पारेको छ।
Sep 29
अन
अनलाइनखबर विचार
· Sep 29
रित्ता घरको अर्थशास्त्र, माटोमा मिल्दैछ १० खर्ब
एउटा घर निर्माणमा सरदर २ लाख रुपैयाँको हिसाब लगाउने हो भने नेपालमा झण्डै १० खर्ब लगानीको भौतिक संरचना प्रयोगविहीन छ । यो संरचना हरेक दिन ढलिरहेको छ । एउटा संरचना ढल्दा कम्तीमा २ लाख रुपैयाँ माटोमा मिलिरहेको छ ।
Sep 29
अन
अनलाइनखबर विचार
· Sep 29
बैंक तथा वित्तीय संस्थामा किन आवश्यक छ केवाईसी ?
ग्राहक पहिचान भनेको संस्था र ग्राहकबीच सुरक्षित, पारदर्शी र विश्वसनीय सम्बन्ध निर्माण गर्ने प्रक्रिया हो। यसबाट वास्तविक ग्राहकलाई सुरक्षित सेवा उपलब्ध गराउन, गलत पहिचानबाट हुने ठगी रोक्न तथा वित्तीय प्रणालीको दुरुपयोग नियन्त्रण गर्न मद्दत पुग्छ।
Sep 29
अन
अनलाइनखबर विचार
· Sep 29
प्रकृतिको प्रकोप र मान्छेको विपद्
विपद्का कारणहरू सामाजिक असमानता, सामाजिक वञ्चितीकरण, राज्यले अवलम्बन गरेको विकासको ढाँचा र निर्णय प्रक्रियासम्म पुग्छन्।
Sep 28
अन
अनलाइनखबर विचार
· Sep 28
साक्षरोत्तर विश्वमा पठन संस्कृतिको भविष्य
साक्षरताको क्रान्ति अधुरै छाडेर साक्षरोत्तर युगमा प्रवेश गर्नु मानव सभ्यताको बौद्धिक यात्राकै एउटा अधुरो अध्याय हुनेछ।
Sep 28
अन
अनलाइनखबर विचार
· Sep 28
अब पुनर्निर्माण होइन, नवनिर्माण
हतारमा स्थायी संरचना निर्माण गर्दा विगतका कमजोरी र गल्ती दोहोरिने जोखिम मात्र हुँदैन, बदलिँदा र विकसित विकास संवेदनशील चुनौतीहरूको सही समाधान पनि नभेटिन सक्छ। त्यसैले स्थायी पुनर्निर्माणका लागि पर्याप्त समय र प्रमाणमा आधारित योजना आवश्यक छ। हामी पुरानै कमजोर अवस्थामा फर्कन हतार नगरौं।
Sep 28
अन
अनलाइनखबर विचार
· Sep 28
उत्तरी भिरालोभन्दा दक्षिणी मोहडामा किन बढी जान्छ पहिरो ?
नेपालको तीव्र भिरालो भूबनोटले गर्दा गुरुत्वाकर्षण बल बढी सक्रिय हुन्छ र माथिल्लो भागमा रहेका ढुङ्गा–माटो लेदोमा परिणत भई नदीले सहजै तल्लो तटीय भूभागतिर लग्दछ; जसकारण प्रायः नेपालका दक्षिणी ढलो पहाडहरू सुषुप्त डाइनामाइट हुन्, जसले कुनै पनि बेला ठूलो दुर्घटना निम्त्याउन सक्छन्।
Sep 28
अन
अनलाइनखबर विचार
· Sep 28
बालेनको बहुपक्षीयतावाद : बदलिंदो विश्वमा नेपालको कूटनीति
संयुक्त राष्ट्रसंघमा बालेनको भाषणबाट धेरै टेकअवेहरू निकाल्न सकिन्छ। तर, सम्बोधनको सबैभन्दा बलियो पक्ष यसको निर्माण थियो। उनले विषयहरूलाई एकपछि अर्को गर्दै जोडेर लगे, नेपालको विपत्ति, जलवायु संकट, जलवायु न्याय, विश्वव्यापी असमानता, बहुपक्षीयता र संयुक्त राष्ट्रसंघको भूमिकासम्म।
Sep 28
अन
अनलाइनखबर विचार
· Sep 28
नेपालको राजनीतिमा चिन्तनको खडेरी
जहाँ विचारको अन्त्य हुन्छ, त्यहाँ शक्तिको नग्न नृत्य सुरु हुन्छ। जहाँ दर्शन हराउँछ, त्यहाँ अवसरवाद जन्मिन्छ। जहाँ सिद्धान्त कमजोर हुन्छ, त्यहाँ राजनीति व्यक्तिको वरिपरि घुम्न थाल्छ। त्यसैले नेपाली राजनीतिलाई आज फेरि चिन्तन र विचारको खाँचो परेको छ।
Sep 28
अन
अनलाइनखबर विचार
· Sep 28
आपसी विश्वास फर्काउने अवसर बन्नुपर्छ कांग्रेस महाधिवेशन
प्रतिस्पर्धा लोकतन्त्रको स्वाभाविक हिस्सा हो। तर प्रतिस्पर्धापछि पनि हामी एउटै सङ्गठनका सहयात्री हौं भन्ने संस्कार अझ बलियो हुनुपर्छ। मतभिन्नता हुन सक्छ, मनभिन्नता आवश्यक छैन। नेतृत्वका लागि प्रतिस्पर्धा हुन सक्छ, राष्ट्रका लागि सहकार्य अपरिहार्य छ।