बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ सम्मोहन साहित्यिक पत्रिका
सम
सम्मोहन साहित्यिक पत्रिका
Sammohan Patrika · sammohanpatrika.com.np · साहित्य
sammohanpatrika.com.np
सबै
२५
समाचार
१८
अन्तरवार्ता
१
गजल
१
लघुकथा
१
कला/सङ्गीत
२
कथा
१
आख्यान
१
सम्मोहन साहित्यिक पत्रिका मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर सम्मोहन साहित्यिक पत्रिकाका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर साहित्य
नेप
नेपाल प्रेस साहित्य
AK
Aksharang
के
केटाकेटी अनलाइन
MJ
मझेरी
NG
नेपाली साहित्य घर
SS
साहित्य सङ्ग्रहालय
२ घण्टा अघि
सम
सम्मोहन साहित्यिक पत्रिका
· २ घण्टा अघि
थापाको कविताकृति ‘त्यो खाली ठाउँ’ सार्वजनिक
पोखरा, असोज २९ गते । साहित्यकार मदनराज थापाको पहिलो कविताकृति ‘त्यो खाली ठाउँ’ को बिहिवार पोखरामा लोकार्पण गरिएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल र कवि घर पोखराद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ र विम्बकवि रमेश श्रेष्ठले कृतिको लोकार्पण गरे । वरिष्ठ साहित्यकार सरूभक्तले ब्रम्हाण्डमा सूर्यभन्दा हजारौँ गुणा ठुला अनेकौँ ग्रहहरू रहे पनि खाली ठाउँ रहेको चर्चा गर्दै कवि मदनराज थापाले ‘त्यो खाली ठाउँ’ कृतिमा दार्शनिक चेत प्रस्तुत गरेको बताए । थापाले आफूलाई बाल्यकालमा पढाएको समयको समेत स्मरण गर्दै सरुभक्तले उनको कवि व्यक्तित्वबाट आफू प्रभावित भएको अनुभव सुनाए । संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कविता र लोकप्रियताको मानक फरक भएको बताउँदै इमानसहितको सिर्जना कालजयी हुने धारणा राखे । कविता र लोकार्पित कृतिबारे चर्चा गर्दै कविता क्लबका अध्यक्ष विम्बकवि रमेश श्रेष्ठले मदनराज थापा जन्मजात कवि व्यक्तित्व भएकाले उनका कवितामा कवित्व फेला पर्ने बताए । जनकविकेशरी धर्मराज थापाको पारिवारिक विरासत बोके पनि मदनले आफ्नो पहिचान कविताबाट दिएको श्रेष्ठको भनाइ थियो । स्रष्टा मदनराज थापाले कविता कुरा नभएर कोरिने विषय भएको बताउँदै आफू स्वदेश विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन तथा विभिन्न अनुभव बटुल्दै नेपाली साहित्य र संस्कृतिको उन्नयनमा लाग्दै आएको बताए । कविघर पोखराका अध्यक्ष कुञ्जराज थापाले महाकवि लक्ष्मीप्रसाद देवकोटाले चुरोटको बट्टाको भित्री कागजमा रहेको त्यो खाली ठाउँ कविताले भर्ने गरेको दृष्टान्त हाम्रा माझ भएका बेला मदनराज थापाले देखेको खाली ठाउँको बहस आजको आवश्यकता भएको बताए । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीले जनकविकेशरी धर्मराज थापाको विरासतलाई जीवन्त राख्नका लागि मदनराज थापाको साहित्यिक राजमार्ग फराकिलो भएर अगाडि बढ्न आवश्यक रहेको धारणा राखे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले गुणात्मक उपस्थितिका बिचमा लोकार्पित ‘त्यो खाली ठाउँ’ भित्रका कविताले हरेक खाली ठाउँबारे प्रश्न गरिरहेको बताए । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’, पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति तिलक पुर्जा पुनलगायतले शुभकामना व्यक्त गरेका थिए भने रुपिन्द्र प्रभावी र अम्बिकाप्रसाद भट्टराईले कृतिभित्रका कविता वाचन गरेका थिए ।
२ दिन अघि
सम
सम्मोहन साहित्यिक पत्रिका
· २ दिन अघि
प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव सङ्कलन
पोखरा, असोज २७ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरूले पोखरामा सुझाव सङ्कलन गरेका छन् । प्रतिष्ठानका प्राज्ञसभा सदस्य विनोद बानिया, दीपक पराजुली र परिवर्तनको अगुवाइमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत, सङ्गीत, नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधिमार्फत परिवर्तनको सङ्केत दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्राज्ञसभा सदस्य गायक विनोद बानियाँले आगामी प्राज्ञसभामा सम्बन्धित विषयविज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले आवश्यकता र नीतिको संयोजन गरी कार्यक्रम गर्न सकिए त्यसले गतिलो परिणाम ल्याउन सक्ने धारणा राखे । अर्का प्राज्ञसभा सदस्य तथा र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष दीपक पराजुलीले प्राप्त सुझावहरू प्राज्ञसभामा राखिने बताए । प्राज्ञसभा सदस्य तथा पोखरा थिएटरका अध्यक्ष, नाट्यकर्मी परिवर्तनले नीति निर्माणका तहमा आफूहरूले जोड दिने बताए । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विशेष कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औँल्याए । सो अवसरमा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य गायक रामभक्त जोजिजू, पोखरा साङ्गीतिक कलाकार सङ्घका निवर्तमान अध्यक्ष सुनील थापा, उपाध्यक्ष तेज केसी, जोजिजू म्युजिक सेन्टरका प्रबन्धक विनित जोजिजू, पोखरा प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य दिलिप गायक, रेनेसा थिएटरकी रोशनी रामदाम, नाट्यकर्मी प्रमिला तुलाचन, गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, उपाध्यक्ष लाल कार्की ‘अञ्जान’, सचिव रुपिन्द्र प्रभावी, पोखरेली युवा सांस्कृतिक परिवारका सचिव एमडी काफ्ले, त्रिवेणी सङ्गीतालयका सुनील बरालले विद्यालय तहमा सङ्गीत, नाटक र संस्कृति पुग्न सक्ने गरी कार्यक्रम ल्याउने, प्रतिलिपि अधिकार र रोयल्टीसम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयन गर्नेलगायत सुझाव दिएका थिए । त्यसै गरी, कमला श्रेष्ठ, दलबहादुर गुरुङ, असीम शेरचन, डविन गुरुङ, निश्चल विमल, नेपालहरि रानाभाट, रामजी पौडेललगायतले सबैले अपनत्व महसुस गर्न सक्ने कार्यक्रम ल्याउन सुझाव दिएका थिए । सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग सुझाव सङ्कलनका लागि गरिएको पहलप्रति सहभागीहरूले धन्यवाद ज्ञापन गरेका थिए ।
३ दिन अघि
सम
सम्मोहन साहित्यिक पत्रिका
· ३ दिन अघि
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
वालिङ, असोज २६ गते । युवा साहित्यकार वसन्त खनालको पहिलो कृति निर्बन्ध-आख्यान ‘वेध’ को आइतवार स्याङ्जामा लोकार्पण गरिएको छ । वालिङ उद्योग वाणिज्य सङ्घको सभाहलमा एक कार्यक्रमका बिच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेले कृतिको लोकार्पण गर्नुभएको हो । खनालको निर्बन्ध–आख्यान कृति ‘वेध’ नेपाली साहित्यको क्षेत्रमा एउटा महत्त्वपूर्ण कृतिका रूपमा आएकामा आफूलाई निकै खुसी लागेको कुलपति न्यौपानेको भनाइ थियो । उहाँले कृति ‘वेध’ पढ्नुपर्ने र गर्व गर्नलायक भएको बताउनुभयो । "`वेध´ प्रयोगका लागि प्रयोग भएको कृति होइन, कठोर साधना र अनुसन्धानपश्चात् लेखिएको कृति हो" उहाँले भन्नुभयो, "निबन्धलाई निर्बन्ध भनिएको पनि होइन, `वेध´ आफ्नो हुलिया स्पष्ट पार्दै सार्वजनिक भएको सिर्जना हो । नेपाली साहित्यमा `वेध´ विशिष्ट प्रकृतिको सिर्जना भएकाले नपढी सुखै छैन ।" साहित्य, कला र भाषाको संरक्षण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठान योजना बनाएर अगाडि बढेको बताउँदै साहित्यकार एवम् स्रष्टाको संरक्षणमा सहयोग गर्नेसमेत कुलपति न्यौपानेले बताउनुभयो । उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठान शुद्ध लेख्नुपर्छ र बोल्नुपर्छ भन्ने अभियानमा रहेकोसमेत बताउनुभयो । साहित्यकार सहप्राध्यापक कृष्णप्रसाद पौडेल, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका क्याम्पस प्रमुख डा. टङ्क पन्थ, समालोचक एवम् स्रष्टा डा. शङ्करप्रसाद गैरे, वालिङ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजु कुँवर (बोधराज), रणवीर मावि, खहरेका प्रअ लक्ष्मीप्रसाद रेग्मी, पुस्तकका लेखक वसन्त खानाल, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापालगायतले बोल्नुभएको थियो । युवा साहित्यकार मिलन समीरको सञ्चालन र सागर खनालको स्वागत मन्तव्यसँगै सम्पन भएको विशिष्ट साहित्यिक समारोहको अध्यक्षता कृतिकार वसन्त खनालका पिता सूर्यप्रसाद खनालले गर्नुभएको थियो । कार्यक्रममा पहिलो पुस्ताका अग्रज साहित्यकार एवम् स्रष्टाहरूलाई सम्मानसमेत गरिएको थियो । जिल्लामा सक्रिय साहित्यिक सङ्घसंस्थाका मूल कर्तालाई समेत सम्मान गरिएको थियो । कार्यक्रम वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान- २०७६ स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठान वालिङको व्यवस्थापन र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो । प्रस्तुत कृतिको मूल्य रू. ७५०/- रहेको र सम्पर्क विन्दुको रूपमा वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान- २०७६ स्याङ्जा र काठमाडौँका लागि भुँडीपुराण प्रकाशन गृह, बागबजार, देशैभरि वितरणको लागि सम्पूर्ण किताब, भरतपुर, चितवन र स्थानीयको लागि विद्या बुक्स एण्ड स्टेशनरी, नयाँबजार, वालिङ रहेको सो अवसरमा जानकारी दिइएको थियो ।
४ दिन अघि
सम
सम्मोहन साहित्यिक पत्रिका
· ४ दिन अघि
भोर्लेटारलाई भानुभक्तको मावली गाउँका रूपमा पहिचान गराइँदै
भोर्लेटार (लमजुङ), असोज २५ गते । आदिकवि भानुभक्तको मावली गाउँका रूपमा भोर्लेटारलाई पहिचान गराउने उद्देश्यले मिति आज मध्यनेपाल नगरपालिका-६, भोर्लेटारमा भेलाको आयोजना गरियो । उक्त भेलाले भानुभक्त स्मृति प्रतिष्ठान नामक संस्था दर्ता गर्नका लागि ९ सदस्यीय तदर्थ समिति र ४ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । सामाजिक एवम् शैक्षिक व्यक्तित्व रामकृष्ण घिमिरेको अध्यक्षतामा गठित तदर्थ समितिमा उपाध्यक्ष रामभक्त पौडेल, सचिव रामकृष्ण घिमिरे (पूर्वप्रअ) र कोषाध्यक्ष प्रतीक्षा सुवेदी पौडेल तथा सदस्यहरूमा युवराज पौडेल, बाबुराम पौडेल, दयाराम खनाल, विष्णुमाया पौडेल तथा सन्ध्या पौडेल रहनुभएको छ भने विधान मस्यौदा समितिमा संयोजक मोहनहरि पौडेल तथा सदस्यहरूमा रमेशचन्द्र घिमिरे, मोहनराज घिमिरे र रमेश लामिछाने रहनुभएको छ । भेलाको अध्यक्षता रामकृष्ण घिमिरे (पूर्वशिक्षक) ले गर्नुभएको थियो । पूर्व प्रअ रामकृष्ण घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गर्नुभएको थियो भने भानुभक्तसँग भोर्लेटारको सम्बन्धका साथै भानुभक्तको साहित्यिक योगदानका बारेमा रामभक्त पौडेलले चर्चा गर्नुभएको थियो । मोहनहरि पौडेलले भोर्लेटारको पहिचान र अस्तित्व गुम्न नदिनका लागि संस्था स्थापना गर्नु अनिवार्य रहेको अभिव्यक्ति दिनुभयो भने वसन्तराज घिमिरेले भानुभक्तलाई हाम्रा गौरवका रूपमा प्रचार प्रसार गर्न आवश्यक रहेको तथ्य प्रस्तुत गर्नुभयो । भेलामा रामचन्द्र पौडेलले उपयुक्त ठाउँको खोजी गरी भानुभक्तको सालिक बनाउने तथा पार्क निर्माण गर्ने कुरामा जोड दिनुभयो । उपस्थित सहभागीहरूमध्ये गोपाल लामिछाने, युवराज पौडेल, पुण्यप्रसाद पौडेल, कृष्णभक्त पौडेल, देवहरि पौडेल, मोहनराज घिमिरे, बद्रीप्रसाद पौडेल, मुक्तिमणि पौडेल, देवेन्द्र गुरुङ (सुरज), कोपिला परियार, आनन्द पौडेल, बाबुराम पौडेल लगायतका वक्ताले आआफ्नो तर्क राख्नभएको थियो भने कार्यक्रमको सहजीकरण रमेशचन्द्र घिमिरेले गर्नुभएको थियो । भेलाले प्रत्येक वर्षको असार २९ गते भानुजयन्तीका अवसरमा साहित्यिक तथा भानु स्मृति कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।
५ दिन अघि
सम
सम्मोहन साहित्यिक पत्रिका
· ५ दिन अघि
कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान
पोखरा, असोज २४ गते । कविता क्लबले बडा दसैँको अवसर पारेर शनिवार पोखरामा नौ जना नारी कविहरूको सामूहिक कविता वाचन सम्पन्न गरेको छ । ‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरुङ, बिर्सना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारीशक्ति र नारी अधिकारबारे कविता सुनाएका थिए । कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान गरेका थिए । उनीहरूले दसैँ, नारी अधिकार, नारीशक्ति र समसामयिक विषयमा कविता सुनाएका थिए । कार्यक्रमका अध्यक्ष तथा क्लबका समेत अध्यक्ष विम्बकवि रमेश श्रेष्ठले कविता क्लबले नेपाली कविताको उत्थानका लागि साठीको दशकदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । वाचित कविताहरूको सङ्क्षिप्त समीक्षा गर्दै उनले कवितामा प्रस्तुत विचारले नारीभित्र बर्सौँदेखि जकडिएर रहेका पीडा प्रस्तुत भएको बताए । आगामी दिनमा कविताको विकासका लागि ‘स्कुलमा कविता’ कार्यक्रम आयोजना गर्नका लागि विभिन्न विद्यालयसँग कुरा भइरहेको पनि श्रेष्ठले जानकारी दिए । क्लबका उपाध्यक्ष पदमराज ढकालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
Sep 26
सम
सम्मोहन साहित्यिक पत्रिका
· Sep 26
८९ औँ नियमित लघुकथा वाचन सम्पन्न
पोखरा, असोज १० गते । लघुकथा प्रतिष्ठान, पोखराद्वारा आयोजित ८९ औँ नियमित लघुकथा वाचन शनिवार पोखरामा सम्पन्न भएको छ । लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा ढाकामोहन बराल, जमुना कायस्थ, रामचन्द्र आचार्य, लक्ष्मण गौतम 'हिमाली', डा. ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, अल्पविराम पोखरेली र कल्याण पन्तलगायतले लघुकथा वाचन गरेका थिए । लघुकथा प्रतिष्ठानका निवर्तमान सल्लाहकार लक्ष्मण थापाले लघुकथाकारहरूलाई स्वागत मन्तव्य राखेका थिए भने सो प्रतिष्ठानका सदस्य ढाकामोहन बरालले कार्यक्रम सञ्चालन गरेका थिए । २०७४ चैत महिनाको १० गते भएको साहित्यकारहरूको व्यापक छलफलपछि पोखरामा हरेक महिनाको दोस्रो शनिवार नियमित लघुकथा वाचन पोखरा गैह्रापाटनस्थित पश्चिमाञ्चल माध्यमिक विद्यालयमा हुँदै आएको छ । आगामी कार्यक्रम कार्तिक १४ गते शनिवार हुने अध्यक्ष पन्तले बताए । नियमित रूपमा आख्यान विधाको लघुकथा वाचन गर्ने यो लघुकथा प्रतिष्ठान नेपालकै एक मात्र संस्था हो ।
Sep 22
सम
सम्मोहन साहित्यिक पत्रिका
· Sep 22
आकारले लघुकथा बन्छ भन्नु लेखकको भ्रम हो : श्रीओम रोदन
रखापत्रको प्रधान सम्पादकबाट सेवानिवृत्त भएका श्रीओम श्रेष्ठ ‘रोदन’ लघुकथा समाजका अध्यक्ष हुन् । वि. सं. वि.सं. २०१९ कार्तिक ११ गते माता बेलकुमारी र पिता शिवप्रसाद श्रेष्ठका सुपुत्रका रूपमा झम्सीखेल, ललितपुरमा जन्मेका हुन् । वि. सं. २०४५ मा ‘ललिता’ कवितासङ्ग्रह प्रकाशन गरेर कृति प्रकाशनको यात्रारम्भ गरेका रोदनका सरगम, समवेदनाका स्वरहरू, अर्थहीन अर्थहरू, समयका सम्भावनाहरू, समुद्रपारि समुद्रवारि, नबिर्सने दिनहरू, प्रसङ्गवश, एक्लो परिचयलगायतका कविता, निबन्ध र नियात्राका पुस्तक प्रकाशित छन् । उनका आँखीझ्याल, भ्रममार्ग र भनौँ कि नभनौँ गरी ३ वटा लघुकथाकै पुस्तक प्रकाशित छन् । दर्जनौँ कृति तथा पत्रिकाको सम्पादन गरेका उनले सुप्रबल जनसेवा श्री (तृतीय, २०७६), उत्तम शान्ति पुरस्कार (२०५४), युवा वर्ष मोती पुरस्कार (२०५७), शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार (२०६३), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार (अमेरिका, २०६४) लगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । पचासको दशकदेखि नै लघुकथाको विकासमा विभिन्न माध्यमबाट क्रियाशील रोदन लघुकथा समाजको स्थापना गरी नेपाली लघुकथाको संस्थागत विकास तथा विधागत पहिचान स्थापित गर्नका लागि लागिरहेका छन् । लघकथाका यिनै अभियन्तासँग कालीको सुसेली (लघुकथा विशेषाङ्क) का लागि यस अङ्कका सम्पादक रुपिन्द्र प्रभावीले गरेका कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । · लघुकथा समाजका अध्यक्ष हुनुहुन्छ, किन आवश्यक पर्यो यो संस्था ? - नेपालमा लघुकथा सङ्ग्रह प्रकाशन भएको इतिहास सात दशक भइसक्दा पनि लघुकथा स्थापित हुन नसकेकाले नै संस्थागत रूपमा काम गर्नका लागि संस्था आवश्यक भएको हो । लघुकथा लोकप्रियताको दृष्टिले त्यति कमजोर नभए पनि सिद्धान्त र चर्चाका दृष्टिले उपेक्षित थियो र शून्य जस्तै थियो । लघुकथामा रुचि राख्नेहरू सङ्गठित हुन नसकेकाले नै लघुकथाको लागि बहस गर्नेहरूको पनि अभाव थियो । यी सबै कार्यलाई संस्थागत रूपमा नै अगि बढाउनुपर्छ भन्ने मान्यताले वि.सं.२०६५ मा लघुकथा समाजको स्थापना भएको हो । प्रारम्भमा मेरो संयोजकत्वमा किशोर पहाडी, ध्रुव मधिकर्मी, डा.रवीन्द्र समीर र गोरखबहादुर सिंह थियौँ । · समाज स्थापना स्थापना भएपछि लघुकथाको विकासका लागि के के गर्नुभयो ? - धेरै नै काम गरेका छौँ भन्ने लागेको छ । नेपाली लघुकथालाई सैद्धान्तिक रूपमा परिभाषित गरेका छौँ । ‘लघुकथाको विधान’ नामक पुस्तक लेख्नका लागि डा. लक्ष्मणप्रसाद गौतमलाई अनुरोध गरेर प्रकाशन गरेका छौँ । ‘आजका लघुकथा’ सङ्ग्रह र ‘नेपाली लघुकथा’ नामक पत्रिका प्रकाशन गरिरहेका छौँ । लघुकथामाथि अनुसन्धान गर्ने, योगदान पुर्याउने, कृति प्रकाशन गर्नेहरूलाई पाँचओटा पुरस्कारबाट सम्मान अर्पण गर्दै आएका छौँ । काठमाडौँमा मात्र नभएर विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम पनि गर्दै आएका छौँ । लघुकथा पुस्तक प्रकाशनपूर्व पाण्डुलिपिको अन्तरक्रिया गर्ने गरेका छौँ । सर्वनाम नाटक घरसँग मिलेर लघुकथाको मञ्चन गर्दै आएका छौँ । लघुकथा समयअनुरूपको सिर्जना हो भन्ने हाम्रो प्रचारप्रसार अभियानले गर्दा नै अहिले लघुकथाको लेखन र प्रकाशनको सङ्ख्या ह्वात्तै बढेको छ । कार्यक्रम र चर्चा बढिरहेका छन् । लघुकथालाई साहित्य नै होइन भन्नेहरूलाई प्रशंसक बनाउन सकेका छौँ । · यहाँले नै भनिसक्नुभयो, सात दशकदेखि लघुकथासङ्ग्रह प्रकाशन हुन थालेको हो । तपाईँहरूले संस्था स्थापना गर्नुअगि पनि लघुकथा लेखिएका थिए र त्यसपछि अझै बढी लेखिएका छन् । भिन्नता चाहिँ के पाउनु भएको छ ? - तिसको दशकमा लेखिएका लघुकथाहरू निकै चोटिला थिए । राम्रा लेखिएका थिए तर कस्तो हुनुपर्छ भन्ने कुनै मान्यता थिएन । त्यसैले चुट्किलालाई पनि लघुकथा भनेर लेखिन र छापिन थालेको थियो । वि.सं. २०५६ मा मधुपर्कले लघुकथा विशेषाङ्क प्रकाशन गरेपछि नै केही सैद्धान्तिक कुरामा चर्चा हुन थालेको हो । अहिले लघुकथा लेखनमा सचेतना बढेको छ । छोटो रचना लेख्नु चुनौती हो भन्ने बुझ्न थालेका छन् त्यसैले बुझेर लघुकथा लेख्न सजिलो छैन भन्ने कुरा स्थापित हुँदै गएको छ । · कुनै कथा छोटो हुनेबित्तिकै लघुकथा भइहाल्ने हो र ? कि अन्य कुनै निश्चित मूल्य, मान्यता, नियम वा सिद्धान्त छन् ? - आकारले लघुकथा बन्छ भन्नु लेखकको ठुलो भ्रम हो । लघुकथा संरचनाले छोटो भए पनि पूर्ण हुन्छ । लघुकथाका प्रत्येक वाक्यमा कौतूहल जगाउने हुनुपर्छ र अन्त्य झङ्कृत पार्ने हुनुपर्दछ । त्यसका लागि समापनमा पाठकलाई पनि सहभागी बनाउने गरी खुला हुनुपर्छ त्यसैले लघुकथा बढीमा तीन सय शब्दको हुनुपर्ने भएकोले यसमा व्याख्या र विश्लेषणको प्रयोग गर्नुहुँदैन । कथालाई तीव्र रूपमा अगाडि बढाउनका लागि सङ्क्षिप्त, कौतूहल, समसामयिक, साङ्केतिक र व्यङ्ग्यमूलक हुनु जरुरी हुन्छ । · व्यङ्ग्यमूलक भनिरहँदा नेपाली साहित्यमा लेखिएका कतिपय लघुकथाहरू चुट्किला जस्ता पनि छन् । अझै भनौँ, कतिपय चुट्किला नै लघुकथा भनेर छापिएका छन् । कतिपयलाई त लघुकथाको संरचना नै त्यस्तै हुने हो कि भन्ने भ्रम पनि परेको छ । तपाईँलाई के लाग्छ ? - यो सत्य हो तर कतिपयलाई कहीँ पनि नियन्त्रण गर्न सकिँदैन । कानुनै लाग्ने, सजाय नै पाउने काम त गरिरहेका छन् भने साहित्यमा के हुन सक्छ र ? सिर्जनाको गहिराइ बुझेपछि आफैँ स्वतः नियन्त्रण हुन्छ नै । · त्यसो भए कथा र लघुकथामा के के फरक हुन्छन् ? - कथामा घटनाहरूलाई व्याख्या गरेर अगाडि बढाउन सकिन्छ तर लघुकथामा सम्भव हुँदैन । कथामा उपकथाहरू हुन्छन् तर लघुकथामा हुँदैन । कथामा शब्दसीमा नहुन सक्छ तर लघुकथामा हुन्छ । कथामा पात्र, परिवेश धेरै हुन सक्छ तर लघुकथामा त्यस्तो हुँदैन । · अङ्ग्रेजीमा लेखिने Short Story नै नेपाली लघुकथा हो वा Very Short Story लघुकथा हो ? - नेपालमा लघुकथाको सिद्धान्त तयार नहुन्जेलसम्म विभिन्न भाषाका विद्वान्का परिभाषा उद्धृत गर्ने गरिन्थ्यो । त्यही भएर लघुकथा भनेको अङ्ग्रेजीको सर्ट स्टोरी भन्ने भ्रम निकै मौलाएको थियो । यही भ्रमले गर्दा वि. सं. २०५२ मा पहिलो पटक प्रज्ञाप्रतिष्ठानले झापाको धुलाबारीमा आयोजना गरेको लघुकथा गोष्ठीमा प्रवासका धेरै स्रष्टाहरूले लामा कथाहरू वाचन गरेका थिए । म त लघुकथालाई अङ्ग्रेजीमा पनि नेपालीमा जस्तै लघुकथा नै भन्नुपर्छ भन्छु, हाइकुलाई नेपालीमा पनि हाइकु नै भनिए जस्तै । · नेपाली लघुकथाका क्षेत्रमा प्राज्ञिक कार्यहरू खासै हुन सकेको पाइँदैन, किन होला ? - अहिले त हुन थालिसकेका छन् । विश्वविद्यालयहरूमा शोध, अनुसन्धान, विद्यावारिधि भइसकेका छन् । पाठ्यपुस्तकहरूमा समावेश हुन थालिसकेका छन् । लघुकथामाथि कार्यपत्रहरू लेखिइरहेका छन् । लघुकथा कृतिको समालोचना मात्र होइन, एउटै लघुकथाको समालोचना हुन थालेको छ । विभिन्न सङ्घ/संस्थाहरूले प्रतियोगिता गर्ने, पुस्तक निकाल्ने, विशेषाङ्क प्रकाशन गर्ने जस्ता कार्यहरू हुँदै आएका छन् । प्रज्ञाप्रतिष्ठानले नेपाली र हिन्दी भाषामा समेत कृतिहरू प्रकाशन गरेको छ । समय समयमा बौद्धिक बहस र छलफल पनि भइरहेका छन् । · लघुकथा समाज पनि साहित्यका अन्य गुट जस्तै एउटा गुट मात्रै हो भन्ने पनि सुनिन्छ । यस सम्बन्धमा के भन्नुहुन्छ ? - यो कुरा त मैले पहिलो पटक सुनेँ । लघुकथा समाजले अहिलेसम्म कुनै गुट, विचार, नजिक, टाढालाई चासो नै राखेको छैन त्यसैले समाजले अर्पण गर्दै आएका पुरस्कार र कार्यक्रमहरूको प्रशंसा नै हुने गरेका छन् । लघुकथा समाजको गुट भनेको लघुकथा र लघुकथाकारहरू नै हुन् । · संस्थाका भावी योजनाहरू के छन् ? - लघुकथाको प्रशिक्षण अभियानलाई सातै प्रदेशमा लैजाने, गोष्ठी, कार्यक्रमलाई सघन बनाउने, नेपाली उत्कृष्ट लघुकथाहरूलाई अङ्ग्रेजीमा अनुवाद गर्ने लक्ष्य रहेका छन् । · नेपाली साहित्यमा लघुकथाको अवस्था कस्तो छ ? - अत्यन्तै सुखद अवस्थामा लघुकथा पुगेको छ । लेखन बढ्दो छ । लोकप्रियताका कारण अन्य विधाका स्थापित स्रष्टाहरूले पनि लेख्न थालेका छन् । लघुकथा पहिले जस्तो हल्काफुल्का, विवरण र चुट्किला मात्र लेख्ने प्रवृत्ति घट्दै गएको छ । अहिलेको लघुकथा लेखन तुलनात्मक रूपमा सन्तोषजनक मान्नुपर्छ । प्रकाशन सङ्ख्या बढ्दै गइरहेको छ । सहज भने लघुकथाको मात्र होइन, कुनै विधाको हुन सकेको छैन । · यहाँहरूले लघुकथा गोष्ठी, प्रशिक्षण, वाचनलगायतका कार्यक्रमहरू सञ्चालन गर्नुभएको समाचार सुन्न/पढ्न पाइन्छन् तर अहिले पनि लघुकथा भनेर राष्ट्रिय पत्रिकाहरूमा, सामाजिक सञ्जालहरूमा आउने कथाहरूमा गुणात्मक परिवर्तन आएको त देखिँदैन ! - कुनै पनि कुरा चर्चामा आएपछि त्यसप्रतिको आकर्षण बढ्नु स्वाभाविक हो । लघुकथा लेख्नेहरूको सङ्ख्या उत्साहका साथ बढिरहँदा गुण ओझेल पारिरहेको हुन्छ । हेर्दै जानुहोला, अब बिस्तारै लघुकथा लेख्नेहरू गुणस्तरीय लेखनमा नै सचेत हुने छन् । कुनै पनि कुरा जति नबुझ्दा सजिलो हुन्छ, त्यति बुझेपछि हुँदैन । मलाई लाग्छ लघुकथा बुझ्नेको सङ्ख्या पनि बढ्दै गइरहेको छ । · यहाँ स्वयम्ले थुप्रै लघुकथाका पुस्तकको लेखन र सम्पादन गरिसक्नुभयो । सुरुको किताब लेख्दा र पछिल्लो किताब लेख्दाको फरक अनुभूति केही छन् कि ? - सुरुमा लघुकथा लेख्न कुनै गाह्रो लाग्थेन । अहिले निकै गाह्रो लाग्छ । सानो आयाममा एउटा पूर्ण कथा उतार्नु सजिलो त हैन नै । मैले लेख्ने गरेको कविता, निबन्ध, नियात्रा लेख्नुभन्दा लघुकथा लेख्न चुनौती लाग्छ मलाई । · यहाँ गोरखापत्र संस्थानमा आबद्ध हुनुहुन्थ्यो । त्यहाँका प्रकाशनहरूमा लघुकथाको स्थिति कस्तो थियो ? - हो, मैले गोरखापत्र दैनिक र मधुपर्कको सम्पादकीय नेतृत्व गरेँ र केही वर्ष युवामञ्चमा पनि आबद्ध भएँ । मधुपर्कमा कतैबाट पनि लघुकथाबारेमा चर्चा नहुँदा र नगर्दा नै लघुकथा विशेषाङ्क प्रकाशन गरेका थियौँ । यसरी मधुपर्कबाटै दुई पटक विशेषाङ्क निकाल्यौँ २०५६ र २०७२ मा । युवामञ्चमा हुँदा लघुकथाले विशेष स्थान पाएको थियो भने गोरखापत्रको शनिवारीय परिशिष्टाङ्कमा पनि लघुकथालाई यथेस्ट स्थान दिएका थियौँ । रेयुकाई नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, मधुपर्कलगायत धेरै संस्थाबाट पनि लघुकथा प्रतियोगिता गराएर चर्चा चलाएको छु । · लघुकथाको विकासमा सञ्चार माध्यमको भूमिका कस्तो छ ? - पछिल्लो दशकदेखि लघुकथाप्रति सञ्चार माध्यमको भूमिका निकै सकारात्मक र सहयोगी बन्दै आएको छ । · देशभरि हुने गरेका लघुकथासम्बन्धी गतिविधिलाई कसरी हेर्नुभएको छ ? - निकै सुखद । देश मात्र होइन, अहिले सामाजिक सञ्जालका माध्यमबाट संसारभरि नै नेपाली लघुकथाको लेखन, प्रकाशन र चर्चा हुने गरेका छन् । लघुकथासम्बन्धी जुनसुकै कार्य जहाँबाट भए पनि त्यसले लघुकथाको गुणस्तर लेखन र विकासमा सहयोग पुर्याइरहेकै हुन्छ । अहिले भइरहेका लघुकथासम्बन्धी गतिविधिले लघुकथाको सुन्दर भविष्य साकार हुँदै गएको जस्तो लाग्छ । · फेरि पनि स्पष्ट भाषामा भनिदिनुहोस् न, लघुकथा हुनका लागि नभई नहुने र हुनै नहुने कुराहरू के के हुन् ? - लघुकथा बन्नका लागि कथा पूर्ण हुनुपर्छ । समाजलाई प्रतिविम्बित गर्ने लघुकथा छोटो, छरितो र कौतूहल जगाउने सूत्रात्मक हुनुपर्छ । व्यङ्ग्य र अन्तिमको बिज वाक्य शक्तिशाली हुनु जरुरी हुन्छ । छोटो आयाम नै लघुकथा हो भन्ने भ्रम हुनै हुँदैन । छोटो हुने भएकाले लेख्न सजिलो हुन्छ भन्ने मानसिकता पनि हुनुहुँदैन । · अन्त्यमा केही भन्नुहुन्छ ? - साहित्यिक यात्रामा तत्कालको लाइक र कमेन्टको सङ्ख्या र वाह्वाहीले गन्तव्यमा पुर्याउन सक्दैन । सिर्जना यात्रा निरन्तर बगिरहने नदी जस्तै हुनुपर्छ । साहित्य हतार गर्नेहरूका लागि होइन । कहीँ पुगे जस्तो लागे पनि कहीँ पुग्न सकेको हुँदैन । साहित्य भनेको साधना हो । साधनाको कुनै गन्तव्य र अन्त्य पनि हुँदैन । मैले बुझेको साहित्य र यसको यात्रा यही हो । साभारः कालीको सुसेली (लघुकथा विशेषाङ्क), २०७७
Sep 19
सम
सम्मोहन साहित्यिक पत्रिका
· Sep 19
२८८ औँ साहित्य शृङ्खला
पोखरा, असोज ३ गते । साहित्य शृङ्खला पोखराको २८८ औं शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्मण गौतम हिमालीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा आलोक शृङ्खलाका सम्पादक परशुराम कोइराला,अर्का सम्पादक निर्मल सापकोटा, सल्लाहकार नारायण परिश्रमी, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ छन्दमणी त्रिपाठी, गण्डकी प्रज्ञाप्रतिष्ठानका प्राज्ञ छन्दिका त्रिपाठी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सूर्य खड्का ‘बिखर्ची’, वामबुद्धिजीवी रामजी थापा, लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्त, कोषाध्यक्ष कृष्ण बास्तोला, लेखनाथ साहित्य प्रतिष्ठानका सदस्य हृषिकेश बराल, पोखरेली युवा सांस्कृतिक परिवारका साहित्य संयोजक ढाकामोहन बराल, गीतल प्रतिष्ठान तनहुँका अध्यक्ष आकाश अधिकारी, शृङ्खलाका पूर्वअध्यक्ष लोकनाथ पुडासैनी, निवर्तमान अध्यक्ष लक्ष्मी थापा, साहित्यकार कृष्ण सुवेदी, भक्त रसाइली, यादवचन्द्र भुर्तेल, छविलाल आचार्य, माधव खतिवडा, लोचना अधिकारी, जमुना कायस्थ, प्रतिभा तिमिल्सिना, एकदत्त लम्साललगायतले लघुकथा, कथा, गीत, कविता, गजल वाचन गरेका थिए । वाचित रचनाहरुको समीक्षा सल्लाहकार एवम् प्राध्यापक यादवराज उपाध्यायले गरेका थिए । उपाध्यक्ष लिला पण्डितको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव काजी गाउँले र सहसचिव विकास लुङ्गेलीले गरेका थिए । शृङ्खलाले हरेक महिनाको पहिलो शनिवार रचना वाचन गर्दै आएको छ ।
Sep 19
सम
सम्मोहन साहित्यिक पत्रिका
· Sep 19
समता काव्य सन्ध्याको ३९८औं शृङ्खला सम्पन्न
पोखरा, असोज ३ गते । समता काव्य सन्ध्याको ३९८ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । साहित्य, सङ्गीत र कलाको क्षेत्रमा विगत ४९ वर्षदेखि अविछिन्न कार्यरत पोखराको जेठो वाङ्मयिक संस्थाका रूपमा क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारको मासिक काव्य वाचन कार्यक्रम समता काव्य सन्ध्याको सो शृङ्खला सम्पन्न भएको हो । परिवारका नवचिर्वाचित अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रमका संस्थाका पूर्वअध्यक्ष एवम् सल्लाहकार सुप्रसिद्ध कलाकार तथा विम्बकवि रमेश श्रेष्ठले पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाको रुचि र क्षमताअनुसारका कला, साहित्य र सङ्गीतमध्ये जुनसुकै मञ्च प्रयोग गर्न सक्ने अवसर दिनु खुसीको कुरा भएको धारणा राखे । संस्थाका सल्लाहकार डा. ईश्वरमणि अधिकारीले आफू कविताकै विद्यार्थी भएको महसुस हुने भन्दै कविता लेख्नु कविताको आराधना गर्नु भएको विचार राखे । कार्यक्रममा प्राज्ञ दीपक समीप, रीता अधिकारी ऋतु, लक्ष्मी थापा, ढाकामोहन बराल, कौशलचन्द्र जिसी, अमृत, गीता तिवारी, काजी गाउँले, तेजनारायण अधिकारी, एकदत्त लम्साल, गीता तिवारी, देवेन्द्र चिनार, वसन्त चालिसे, विकास लुङ्गेली, कृष्ण सुवेदी, अक्षता पाण्डे, जमुना कायस्थलगायतले गर्दै आफ्ना कविता वाचन गरेका थिए । साहित्य विभागका संयोजक ढाकामोहन बरालले स्वागत र सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।
Sep 12
सम
सम्मोहन साहित्यिक पत्रिका
· Sep 12
सार्दीखोला साहित्य चौतारीको पहिलो साहित्यिक कार्यक्रम सम्पन्न
कास्की (भुर्जुङखोला), भदौ २७ गते । सार्दीखोला साहित्य चौतारी, माछापुच्छ्रे गाउँपालिका–२, कास्कीको आयोजनामा पहिलो साहित्यिक कार्यक्रम शनिबार भुर्जुङखोलामा सम्पन्न भएको छ । चौतारीका अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिका, वडा नम्बर २ का वडाअध्यक्ष गणेश आचार्यले साहित्यिक गतिविधिलाई संस्थागत रूपमा अगि बढाउने उद्देश्यले स्थापित चौतारीका गतिविधिलाई वडाका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा करिब २० जना साहित्यप्रेमी तथा साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सो अवसरमा सन्तोष आचार्य, छविलाल आचार्य, प्रतीक आचार्य, स्वस्ति आचार्य र प्रवेश पौडेललगायत साहित्यकारहरूले कविता वाचन, आफूलाई मन परेका पुस्तकबारे चर्चा तथा अध्ययन गरेका कथा र साहित्यिक रचनाबाट प्राप्त सन्देश प्रस्तुत गरेका थिए । विविध सिर्जना तथा विचार आदानप्रदानले कार्यक्रमलाई सिर्जनात्मक र रोचक बनाएको थियो । कार्यक्रममा सहभागी साहित्यप्रेमीहरूले साहित्यिक सिर्जना, पठन संस्कृति र नियमित छलफललाई निरन्तरता दिने प्रतिबद्धता जनाएका उपाध्यक्ष सन्तोष आचार्यले जानकारी दिए । चौतारीले प्रत्येक महिनाको अन्तिम शनिवार साहित्यिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । आगामी दिनमा थप साहित्यकार तथा साहित्यप्रेमीहरूलाई सहभागी गराउँदै साहित्यिक गतिविधिलाई व्यापक बनाउने लक्ष्य लिइएको छ । कार्यक्रमको सञ्चालन सचिव सन्तोषकुमार अत्रेयले गरेका थिए ।
Sep 11
सम
सम्मोहन साहित्यिक पत्रिका
· Sep 11
पोखरामा मनाइयो मोतीजयन्ती, गण्डकी प्रदेशका गजलको चर्चा
राजाराम पौडेल पोखरा, भदौ २६ गते । गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ । गण्डकी प्रज्ञा-प्रतिष्ठानले मोतीजयन्तीको अवसर पारेर शुक्रबार ‘गण्डकी प्रदेशमा गजल : विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्राज्ञ अनुराग अधिकारी र साहित्यकार रुपिन्द्र प्रभावीले संयुक्त रूपमा तयार पारेको गोष्ठीपत्र प्रस्तुत गरिएको थियो। गोष्ठीपत्र प्रस्तुत गर्दै साहित्यकार प्रभावीले गण्डकी प्रदेशमा गजलको इतिहास, यस क्षेत्रमा भएका साहित्यिक गतिविधि, गजल कृति प्रकाशन गरेका स्रष्टा, सक्रिय संघसंस्था तथा गजल क्षेत्रले भोग्दै आएका विभिन्न उतारचढावका विषयमा प्रकाश पारे। गोष्ठीपत्रमाथि सहभागी साहित्यकार तथा स्रष्टाहरूले विभिन्न सुझावसमेत दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमन्त्री गोविन्दबहादुर नेपालीले गण्डकीमा गजलको अवस्था समेटेर गोष्ठीपत्र तयार पार्न गरिएको मेहनतको प्रशंसा गरे । सहभागीबाट प्राप्त सुझावलाई समेटेर गोष्ठीपत्रलाई पूर्णता दिन आग्रह गर्दै उनले यो सामग्री आगामी दिनमा गण्डकी प्रदेशको गजल विधासम्बन्धी महत्वपूर्ण दस्तावेज बन्न सक्ने बताए । पछिल्लो समय प्रविधिको तीव्र विकासले साहित्य क्षेत्रमा समेत प्रभाव पारिरहेको उल्लेख गर्दै नेपालीले कृत्रिम बौद्धिकता (एआई) ले मानव अस्तित्वमै चुनौती थपिरहेको धारणा राखे। यस्तो अवस्थामा साहित्यको औचित्य र महत्व स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । नयाँ पुस्तामा साहित्यिक इतिहास र सिर्जनाको हस्तान्तरण हुन नसके त्यो इतिहास नै हराउने अवस्था आउन सक्ने भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरे। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा।डा। कुसुमाकर न्यौपानेले प्राज्ञिक र परिणाममुखी कार्यक्रम गर्ने योजनाअनुसार गोष्ठी आयोजना गरिएको बताए । कार्यक्रमले प्रतिष्ठानले सञ्चालन गरिरहेका साहित्यिक अभियानलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । स्थानीय स्रष्टाले कृति तयार पार्दा विभिन्न झन्झट र समस्या भोग्नुपरेको उल्लेख गर्दै कुलपति न्यौपानेले स्रष्टालाई सहज वातावरण निर्माण गर्न प्रतिष्ठानले पहल गरिरहेको जानकारी दिए। प्रतिष्ठानले लेखकले तयार पारेका कृतिको विमोचन गरिदिने सोच बनाएको भन्दै उनले त्यसका लागि कृति विमोचन हुनुभन्दा कम्तीमा १० दिनअघि प्रतिष्ठानमा उपलब्ध गराउनुपर्ने बताए। अध्ययनका क्रममा त्रुटि नभेटिएमा मात्र विमोचन गरेर सहयोग गरिने उनको भनाइ थियो । उनले प्रतिष्ठानमा विभिन्न विषयमा गोष्ठीपत्र प्रस्तुत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जानकारीसमेत दिए । कार्यक्रममा साहित्यकारहरू शिव त्रिपाठी, दिलीप दोषी र रुपिन्द्र प्रभावी तथा प्राज्ञहरू कमल पौडेल ‘अथक’, इन्द्रमान खत्री, शान्ता बास्तोला र अनुराग अधिकारीसहित पूर्वमन्त्री नेपालीले गजल वाचन गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठले प्रकाश पारे । उनले प्रतिष्ठानले सम्पन्न गरेका तथा आगामी दिनमा सञ्चालन गर्ने विभिन्न कार्यक्रमबारे जानकारी दिए । उपकुलपति शंकरविरही गुरुङले स्वागत गरेको कार्यक्रम कार्यक्रम संयोजकसमेत रहेका प्राज्ञ अनुराग अधिकारीले सञ्चालन गरेका थिए ।
Jul 29
सम
सम्मोहन साहित्यिक पत्रिका
· Jul 29
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
पोखरा, साउन १३ गते । पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सरस्वती प्रतीक्षा नियुक्त भएकी छन् । पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षका रूपमा सफल कार्यकाल पूरा गरी कुशल नेतृत्वकर्ताको पहिचान बनाइसकेकी प्रतीक्षाका ‘नथिया’ र ‘स्व’ गरी दुई उपन्यास चर्चित छन् । उनका ‘यद्यपि प्रश्नहरू’, ‘विम्बहरूको कठघरा’ र ‘बागी सारङ्गी’ गरी तीन कविता सङ्ग्रह प्रकाशित छन् । पोखरा महानगरपालिकाद्वारा गठित प्रतिष्ठानको दोस्रो कार्यकालका लागि बुधवार आयोजित एक कार्यक्रमका बिच नगर प्रमुख धनराज आचार्यले कुलपति प्रतीक्षासँगै उपकुलपति तिलक पुर्जा पुन मगर, सदस्य सचिव जीवन दाहाललगायत सम्पूर्ण प्राज्ञ परिषद् सदस्य तथा प्राज्ञ सभाका सदस्यहरूलाई जिम्मेवारीसहित नियुक्तिपत्र प्रदान गरेका हुन् । प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा श्रीजङ गुरुङ (नृत्य), हरेराम जोजेजू (फाइन आर्ट/ललितकला), दिलीप गायक (सङ्गीत तथा वाद्यवादन) र प्रमिला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय) रहेका छन् । यस्तै प्राज्ञ सभा सदस्यमा कल्पना चिलुवाल (साहित्य), कृष्णप्रसाद गौतम (संस्कृति), गमबहादुर परियार ‘गम्भीर बर्देवा’ (नृत्य निर्देशन तथा कलाकार), ज्योति गुरुङ (फाइन आर्टल/ललितकला), नवराज अधिकारी (लेखनाथ साहित्य प्रतिष्ठान), प्रेमराज अधिकारी (लोकगीत तथा सङ्गीत, गीतकार), भाष्करध्वज श्रेष्ठ (सङ्गीत तथा ब्याण्ड), रवीन्द्र माकाजु (साहित्य तथा इतिहास), रीता पाहारी (साहित्य तथा कला), शिवहरि ढुङ्गाना (लोक तथा दोहोरी गीत/सङ्गीत) रहेका छन् । सो अवसरमा नगर प्रमुख आचार्यले प्रतिष्ठानका गतिविधिहरूमार्फत पोखरा महानगरपालिका क्षेत्रको साहित्य, कला, संस्कृति, भाषालगायत समग्र प्राज्ञिक क्षेत्रको उन्नयन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानका गतिविधिहरूलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले संस्थागत रूपमा पोखरा घरमा व्यवस्थित कार्यालय र कार्य सञ्चालनका लागि कानुनी रूपमा पर्याप्त व्यवस्था र बजेटको समेत प्रबन्ध गरिएको आचार्यको भनाइ छ । छनोट समितिकी संयोजक तथा नगर उपप्रमुख मन्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगर क्षेत्रको साहित्य, कला, भाषा र संस्कृतिको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् । महानगरपालिकाले यसका गतिविधिहरूलाई चलायमान बनाउनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्ने गुरुङले बनाइन् । नवनियुक्त कुलपति प्रतीक्षाले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्ने प्रतिबद्धता जाहेर गरिन् । पोखरेली प्राज्ञिक क्षेत्रको विकास र श्रीवृद्धिमा आफूहरू समर्पित भएर लाग्ने उल्लेख गर्दै उनले पोखरा प्रज्ञा प्रतिष्ठानलाई नमुना प्रतिष्ठानका रूपमा स्थापित गर्ने विश्वास दिलाइन् । पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन, २०८२) अनुसार कुलपतिलगायतका पदाधिकारीहरू नियुक्त तथा मनोनयन गरेको हो । उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा तीर्थ श्रेष्ठ र ज्ञानबहादुर थापा सदस्य रहेको सिफारिस समितिको सिफारिसबमोजिम प्राज्ञहरूको छनोट गरिएको महानगर स्रोतले बताएको छ ।
Jul 25
सम
सम्मोहन साहित्यिक पत्रिका
· Jul 25
८७ औँ लघुकथा वाचन सम्पन्न
पोखरा, साउन ९ गते । लघुकथा प्रतिष्ठान, पोखराको मासिक लघुकथा वाचनको ८७ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रेश्वर कोइरालाले पोखरेली लघुकथाले नेपाली साहित्यिक क्षेत्रमा विशेष महत्त्व राख्ने गरी लघुकथाकारहरू लाग्नुपर्ने धारणा राखे । आफूले लेख्ने विषयवस्तुसम्बन्धी अध्ययन, अनुसन्धानको आवश्यकतामा जोड दिँदै उनले साधनाबाट मात्र असल साहित्य जन्मिने बताए । गीतकार प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य अनुराग अधिकारीले विभिन्न संस्थाहरूसँग मिलेर गतिविधि सञ्चालन गर्नका लागि प्रज्ञा प्रतिष्ठानले योजना बनाएको जानकारी दिए । कुराभन्दा काममा ध्यान दिएर सबै मिलेर गण्डकी प्रदेशका भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतको उत्थानका लागि एकजुट हुनुपर्ने अधिकारीको जोड थियो । प्रतिष्ठानका अध्यक्ष पन्तले लघुकथाका सैद्धान्तिक तत्त्वहरू जोडेर मात्रै राम्रा लघुकथा नबन्ने बताउँदै लघुकथामा मारक क्षमता हुनुपर्नेमा जोड दिए । प्रतिष्ठानले २०७४ सालदेखि आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताउँदै उनले नेपालभरि नै नियमित रूपमा लघुकथा वाचन गर्ने एक मात्र संस्था लघुकथा प्रतिष्ठान, पोखरा नै भएको दाबी गरे । कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष गीता तिवारीले प्रतिष्ठानले लघुकथाको विधागत पहिचानका लागि काम गर्दै आएको भन्दै नयाँ पुस्ताका लेखकलाई लघुकथासम्बन्धी अझ जानकारी हुने गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अल्पविराम पोखरेली, पूर्वअध्यक्ष लक्ष्मण थापा, सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले, दिनेश बस्नेत, रति भट्टराई, लोचना अधिकारी, कृष्णप्रसाद बास्तोला, छविलाल आचार्य, जमुना कायस्थ, आकाश अधिकारी, ढाकामोहन बराल, लक्ष्मी थापा, मातृकाप्रसाद ढुङ्गाना, लीला आचार्यलगायतले आफ्ना लघुकथा वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव विष्णुप्रसाद बास्तोलाले गरेका थिए । प्रतिष्ठानले हरेक महिनाको दोस्रो शनिवार मासिक रूपमा लघुकथा वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Jul 19
सम
सम्मोहन साहित्यिक पत्रिका
· Jul 19
समता काव्य सन्ध्याको ३९६ औँ शृङ्खला सम्पन्न
पोखरा, साउन ३ गते । साहित्य, सङ्गीत र कलाको त्रिवेणीका रुपमा वि. सं. २०३४ सालदेखि अविच्छिन्न रूपमा सेवारत पोखराको अग्रणी वाङ्मयिक संस्था “पोखरेली युवा सांस्कृतिक परिवार”ले आँफुले नियमित रुपमा गर्दै आएको मासिक काव्य वाचन कार्यक्रम “समता काव्य सन्ध्या ”को ३९६औँ शृङ्खला श्रावण महिना विशेष कार्यक्रमका रुपमा शनिवार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका विशेष उपस्थिति जनाउँदै संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार सुप्रसिद्ध कलाकार तथा बिम्बकवि रमेश श्रेष्ठले “ समता काव्य सन्ध्या कविताको अनौपचारिक पाठशाला भएको र यहाँ वरिष्ठ र स्थापित कविले पनि नवपुस्ताका कविसंग सिक्छन् र नवपुस्ताले अग्रजसंग सिक्छन् । यसरी सिक्ने सिकाउँने क्रम अब ४००औं शृंखलामा पुग्न लागेको र ४००औं शृंखलालाई विशेष शृंखला बनाउँन सुझाव दिंदै म कस्तो कविता लेख्छु त म भन्न सक्दिन, तर म कविताको आराधना गर्ने व्यक्ति हुँ र सुन्दर कविता सुन्न चाहन्छु । म घरबाटै आज सुन्दर कविता सुन्न पाइनेछ भन्ने अपेक्षा गर्दै आउँछु र सुनिएका मध्ये आधा यस्ता हुनेछन् कि ती कविताबाट मलाई कविता लेख्न थप प्रेरणा मिल्नेछ भन्ने मेरो अपेक्षा रहन्छ । तपाइँको कविताले मलाई चुनौति प्राप्त होस् र हरेक कविलाई चुनौति महसुस होस् । यस्तो भएमा नै पोखरेली कविताको उचाई बढ्छ र समग्रमा नेपाली कविताको उचाई बढ्छ’ भन्दै आफ्नो कविता वाचन गर्नु भयो । कार्यक्रममा संस्थाका सल्लाहकार प्रकाश ज्ञवाली, अल्पविराम पोखरेली , शिव त्रिपाठी, नवराज न्यौपाने, केशु शर्मा, रती भट्टराई, ढाकामोहन बराल, नारायण बास्तोला, आकाश अधिकारी, लोचना अधिकारी, गीता तिवारी, शान्ति कँडेल, तेजनारायण अधिकारी, आशीष रेग्मी, मुक्तिनाथ अधिकारी, मनोज गौतम लगायत कविहरुले असारलाई समर्पित गर्दै आफ्ना कविता वाचन गर्नुभयो । परिवारका उपाध्यक्ष लक्ष्मण थापाले सभाध्यक्षमा भएको कार्यक्रममा साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत र सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।
Jul 18
सम
सम्मोहन साहित्यिक पत्रिका
· Jul 18
२८६ औँ साहित्य शृङ्खला सम्पन्न
पोखरा, साउन २ गते । साहित्य शृङ्खला, पोखराको २८६ औं शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’ को अध्यक्षतामा भएको कार्यक्रममा नारायाण बास्तोला ‘श्रमपन्थी’, लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्त, सचिव विष्णु बास्तोला, ढाकामोहन बराल, अल्पविराम पोखरेली, धनबहादुर नेपाली, नारायण परिश्रमी, पोयुसापका कार्यबाहक अध्यक्ष लक्ष्मण थापा, लक्ष्मीप्रसाद पौडेल, वसन्त चालिसे, रति भट्टराई, लक्ष्मी थापा, छविलाल आचार्य, लोचना अधिकारी, मातृकाप्रसाद ढुङ्गाना, स्ट्रगल राना, विद्याविमल बराल, कलाकार तिलक पुन पुर्जा, छवि सुवेदी विजयी, गीता तिवारी, ठाकुरप्रसाद सुवेदी, चियाङ तमुलगायतले आफ्ना रचना सुनाएका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार रामराज रेग्मी, प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्षा प्रा. डा. यदुनन्दन उपाध्याय, पूर्वअध्यक्ष यादवराज उपाध्याय, पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रेश्वर कोइराला, उपप्राध्यापक परशुराम कोइराला, ठाकुरप्रसाद सुवेदीलगायतले आफ्ना विचार राखेका थिए । उपाध्यक्ष लीला पण्डितको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव काजी गाउँले र बिकास लुङ्गेलीले संयुक्त गरेका थिए ।
Jul 1
सम
सम्मोहन साहित्यिक पत्रिका
· Jul 1
लक्ष्मण अधिकारीको कथा सङ्ग्रह ‘डोपामिन’ सार्वजनिक
काठमाडौँ । मानिस हाँसिरहेको देखिन्छ, तर भित्रभित्रै ऊ कति पीडामा बाँचिरहेको छ भन्ने आधुनिक जीवनको अदृश्य यथार्थलाई कथाको केन्मा राख्दै वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ । कामना न्यूज पब्लिकेसन्स् परिसरमा आयोजित समारोहमा विमोचित १८ कथाको यस संग्रहले शारीरिक तथा मानसिक स्वास्थ्य, मानवीय संवेदना, सामाजिक विभेद, प्रेम, न्याय, स्वास्थ्य सेवा र जीवन संघर्षलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरेको छ। बाहिरबाट सामान्य देखिने तर भित्र गहिरो संघर्ष बोकेर बाँचिरहेका मानिसहरूको कथा यस पुस्तकको मूल विषय हो।समारोहमा पुस्तकको समीक्षा गर्दै समालोचक प्राडा दयाराम श्रेष्ठले डोपामिन’लाई नेपाली कथा साहित्यमा मनोविज्ञान र आख्यानको सशक्त संयोजन भएको कृतिका रूपमा चित्रण गर्नुभयो। उहाँका अनुसार संग्रहका अधिकांश कथामा साहित्यिक इमानदारी, आख्यानात्मक सौन्दर्य र शिल्पगत परिपक्वता देखिन्छ। उहाँले भन्नुभयो मानिसको मानसिक क्रियाकलाप र त्यसले सिर्जना गर्ने द्वन्द्वलाई लेखकले अत्यन्त आकर्षक कथाशैलीमा प्रस्तत गर्नभएको छ। डोपामिन’ केवल कथा संग्रह होइन, पाठकलाई आफ्नै मनभित्र यात्रा गराउने कृति हो।’ उहाँले यो कथा संग्रहमा कथाकारले मनोविज्ञानको परिप्रेक्ष्यमा मनका विभिन्न अवस्था, हीनताग्रन्थी आत्महत्याभित्रका सत्य, अशान्त मानसिकता, मनोद्वन्द्व, पलायन भाव रुग्न सोच, कुण्ठा, यौन शोसन आदिलाई आख्यात्मक कोणबाट संयोजन गरेर आफ्नो कथाशिल्पको परिचय दिएको बताउनुभयो।कार्यक्रममा वरिष्ठ पत्रकार तथा कथाकार श्रीराम सिंह बस्नेतले यो कथा संग्रह केवल कोरा कल्पनामा मात्र सिमित नरही यथार्थको धरातलमा उभिएको टिप्पणी गर्दै भन्नुभयो यो कथा संग्रह पठनीय मात्र होइन, मननीय र नघोतलिकन सुख पाइन्न।’त्यसैगरी नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कपिल काफ्लेले स्वास्थ्य विधाको पत्रकारितामा जीवन अर्पित गरेका लेखक अधिकारीको यसअघि प्रकाशित मर्फिन’ले पीडाको शान्त पक्षलाई खोजेको स्मरण गर्दै यसपटक डोपामिन’ले पीडाभित्र लुकेको आशा, प्रेरणा र मानव मस्तिष्कका अदृश्य रासायनिक प्रक्रियालाई कथामार्फत बुझाउने प्रयास गरेको बताउनुभयो।लेखक अधिकारीले यो शरीरको रोगभन्दा गहिरा मानसिक घाउ बोकेका पात्रहरूको कथा भएको जानकारी दिंदै भन्नुभयो स्वास्थ्य र मनोविज्ञानको सीमामा उभिएका पात्रहरूको कथाबाट मैले केवल कल्पना मात्र नभई बैज्ञानिक रुपले सत्यतथ्य सूचना दिने कोशिस गरेको छु । उनीहरूको पीडामा लुकेको चाहनालाई खोतल्ने प्रयास गरेको छु । उहाँले डोपामिन मानिसलाई खुशी दिलाउने एउटा हार्मोन र साहित्यले पनि खुशी दिने भएकोले यो पुस्तकको नाम डोपामिन राखिएको पनि बताउनुभयो । कार्यक्रममा पुस्तकका प्रकाशक संस्था कामना न्यूज पब्लिकेशन्स्का अध्यक्ष दिरेकलाल श्रेष्ठले डोपामिन नेपाली कथा साहित्यमा महत्वपूर्ण उपलब्धीका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुस्तकका लेखक लक्ष्मण अधिकारीले कामना प्रकाशन्सको स्वास्थ्य मासिक साधना’को सम्पादकका रुपमा दुई दशकभन्दा बढी समयसम्म काम गर्दा उहाँको अनुशासन, समयप्रतिको सम्मान र सिर्जनाप्रतिको निष्ठाबाट आफू निकै प्रभावित भएको जिकिर गर्दै भन्नुभयो डोपामिन केवल कथाहरूको संग्रह मात्र होइन, आधुनिक मानिसको मन, सम्बन्ध, एक्लोपन, चाहना, पीडा र समाजभित्र लुकेका अनेक भावनाहरूको ऐना पनि हो।’नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले पुस्तकले समकालीन समाजमा बढ्दो मानसिक स्वास्थ्यको बहसलाई साहित्यमार्फत नयाँ उचाइ दिएको धारणा राख्नुभयो ।संग्रहका रेफर नहँदा’, पश्चात्तापको आगो’, एक आरोपको मूल्य’, चँगेरीको माया’, उसको ठाउँमा बसेर’, सपना साँचेको जून’ र न सुसाइड न हनिमुन’लगायतका कथाले अस्पतालका शैय्यादेखि समाजका गल्लीसम्म फैलिएको पीडा, अन्याय, प्रेम, करुणा र मानसिक संघर्षलाई जीवन्त बनाएका छन्।डोपामिन : खुसी र प्रेरणा’ लाई आधुनिक नेपाली समाजका अदृश्य मानसिक घाउ, मानवीय सम्बन्ध र सामाजिक यथार्थलाई साहित्यिक संवेदनासहित अभिव्यक्त गर्ने महत्वपूर्ण कथा संग्रहका रूपमा हेरिएको छ। स्वास्थ्य, मनोविज्ञान र साहित्यलाई एउटै कथात्मक धरातलमा उभ्याउने प्रयासका कारण यो संग्रह समकालीन नेपाली कथा साहित्यमा फरक पहिचान बनाउन सफल हुने अपेक्षा गरिएको छ।
Jun 20
सम
सम्मोहन साहित्यिक पत्रिका
· Jun 20
साहित्य शृङ्खलामा नारायण बास्तोलाको विशेष वाचन
पोखरा, असार ७ गते । साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २८५औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा साहित्यकार नारायण बास्तोलाको विशेष रचना वाचन भएको थियो । उनले विशेष रचना कर्खा, झ्याउरे र असारे भाकाका गीतसहित आफ्ना रचना सुनाएका थिए । कार्यक्रममा वामबुद्धिजीवी रामराज रेग्मी, रघुनाथ अधिकारी, गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाट, प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा. यदुनन्दन उपाध्यायले साहित्य शृङ्खालले प्रगतिशील साहित्य र सङ्गीतका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा लघुकथा प्रतिष्ठानका संस्थापक अध्यक्ष अल्पबिराम पोखरेली, प्रतिष्ठानकै सचिव विष्णु बास्तोला, डिलबहादुर थापा, लक्ष्मण थापा, मातृकाप्रसाद ढुङ्गाना, नारायण परिश्रमी, धनबहादुर नेपाली, लक्ष्मी थापा, विद्याविमल बराल, ढाकामोहन बराल, छविलाल आचार्य, लोचना अधिकारी,प्र तिभा तिमिल्सिना, एकदत्त लम्साल, हृषिकेश बराललगायतले आफ्ना रचना सुनाएका थिए । सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरू बिकास लुङ्गेली, चियाङ तमू, कृष्णप्रसाद रिजाल, लालबहादुर भुजेलले कार्यक्रमको बिच बिचमा असारे गीतहरू सुनाएका थिए । शृङ्खलाका संस्थापक अध्यक्ष स्ट्रगल रानाले समेत सो अवसरमा असारे गीत सुनाएका थिए । अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’ को अध्यक्षतामा भएको कार्यक्रम सचिव काजी गाउँलेले सञ्चालन गरेका थिए ।
Jun 20
सम
सम्मोहन साहित्यिक पत्रिका
· Jun 20
समता काव्य सन्ध्याको ‘असार विशेष शृङ्खला’ सम्पन्न
पोखरा, जेठ ६ गते । पोखरेली युवा सांस्कृतिक परिवारको नियमित मासिक समता काव्य सन्ध्याको ३९५ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । साहित्य, सङ्गीत र कलाको त्रिवेणीका रूपमा वि. सं. २०३४ सालदेखि क्रियाशील पोखराको अग्रणी वाङ्मयिक संस्था “पोखरेली युवा सांस्कृतिक परिवार”ले हरेक महिनाको पहिलो शनिवार सञ्चालन गर्दै आएको कार्यक्रमको सो शृङ्खला असार महिना विशेषका रूपमा सञ्चालन गरेको छ । कार्यक्रममा विम्बकवि रमेश श्रेष्ठले आफूलाई असार महिना नै कविता जस्तो लाग्ने धारणा राखे । उनले असार सिर्जनाको महिना भएको भन्दै माटालाई माया गर्ने मानिस सिर्जनाभन्दा पनि महान् हुने बताए । कार्यक्रममा संस्थाका सल्लाहकार दीपक समीप र प्रकाश ज्ञवाली तथा साहित्यकारहरू अल्पविराम पोखरेली, भीम रानाभाट, शिव त्रिपाठी, नवराज न्यौपाने, केशु शर्मा, लक्ष्मण गौतम ‘हिमाली’, रती भट्टराई, ढाकामोहन बराल, अम्बिकाप्रसाद भट्टराई, विमला अधिकारी, जमुना कायस्थ, समीप वैरागी, एकदत्त लम्साल, निकेश गिरी, शान्ति कँडेललगायतले असारलाई समर्पित गर्दै आफ्ना कविता वाचन गरेका थिए । परिवारका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत र सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।
May 30
सम
सम्मोहन साहित्यिक पत्रिका
· May 30
पोखरामा पैकेलो उपन्यासको चर्चा
पोखरा, जेठ १६ गते। उपन्यासकार ओम रिजालको उपन्यास ‘पैकेलो’माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनामा सो विमर्श कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तीर्थ श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले मान्छे प्रयत्न गर्न स्वतन्त्र भएको तर प्राप्ति उसको वशको कुरा नभएको बताए । उपन्यासकारको अध्ययन, खोजी र लेखनले उपन्यासको वैशिष्ट्य झल्काएको बताउँदै उनले नेपालीले आफ्नै इतिहास आफैँले लेखेर पढ्न नपाएकामा दुःख प्रकट गरे । नेपाल खस, नेवा, मैथिल र मुन्धुम सभ्यताको समष्टि भएको उल्लेख गर्दै श्रेष्ठले यी सभ्यताको उत्पत्ति र विकासबारे लेखिएको हाम्रो इतिहास अधुरो र कतिपय सन्दर्भमा काल्पनिक भएको सुनाए । उनले अर्काले लेखिदिएको अनुवाद गरेर आफ्नो इतिहास पढ्नुपर्ने दयनीय अवस्थामा हामी रहेकोमा चिन्ता व्यक्त गर्दै राज्यले इतिहासको गहिरो अनुसन्धान गर्नतर्फ समयमै ध्यान दिनुपर्नेमा जोड दिए । जुन सभ्यताको अध्ययन गर्नु छ, त्यही सभ्यतामै हुर्केको अनुसन्धाता भयो भने इतिहासको खास तथ्य भेट्न सकिनेतर्फ उनले सङ्केत गरे । पैकेलो उपन्यास तथ्यको बाटो सत्यको खोजीतर्फ अग्रसर रहेको आफूले मनन गरेको भन्दै लेखकलाई आगामी समयमा अझ जिम्मेवारपूर्वक खोजमा आधारित कलम चलाउन शुभकामनासमेत दिए । उपन्यासको समीक्षा प्रस्तुत गर्दै समालोचक डा. भूमिराज बस्ताकोटीले उपन्यास दुल्लुमा प्रचलित लोकगथा ‘बालाराजा काशीरामको भारत’ मा आधारित रहेको बताए । मूल विषय गाथामा आधारित भए पनि प्रेम, रीतिरिवाज, किंवदन्ती, युद्धकौशल जस्ता विषय थप्दै सुन्दर आख्यानीकरणसहित उपन्यास बुनिएको उनले उल्लेख गरे । सांस्कृतिक मूल एवम् जरा खोज्ने उद्देश्यले उपन्यास प्रेरित रहेको बताउँदै आख्यानीकरणको सिप एवम् कलात्मक मूल्यका हिसाबले उपन्यास सुन्दर बनेको जानकारी दिए । उपन्यासमा उखान, उपमाको विशेष प्रयोग रहेको पनि उनले सुनाए । यथार्थवादी शैलीमा लेखिएको भए तापनि पूर्वाभास, चेतनप्रवाह जस्ता शैलीले उपन्यासलाई कलात्मक बनाएको भनी कलात्मक सिपको प्रशंसा गरे । युद्धकेन्द्री विषयभित्र पनि मानवता, प्रेम, करुणा र शान्तिलाई महŒव दिने गरी प्रस्तुत हुन सक्नु उपन्यासकारको लेखकीय सामथ्र्यको प्रशंसा गरे । उपन्यासभित्रका केही विषयमा आफू सन्तुष्ट हुन नसकेको बस्ताकोटीले बताए । इतिहासले नखोजेको वा किनारीकृत रहेको विषयलाई उठाएर सीमान्तीय विषयकेन्द्री देखिँदा देखिँदै पनि राजामहाराजाकै विषय उजागर गर्दा उपन्यासमा विरोधाभास देखिएको उनले बताए । ऐतिहासिक विषयमा ऐतिहासिक तथ्य नभेटिनु उपन्यासको सीमा रहेको बताउँदै उनले भाषा प्रयोगमा समेत उपन्यासकारहरू सचेत हुनुपर्नेमा जोड दिए । संस्कृतिको निरन्तरतालाई मूल केन्द्रमा उल्लेख गरेको उपन्यासकै अनुसार हामी जाँदा विकृति पनि सँगै बोकेर सभ्यतातर्फ पुग्न सकिँदैन कि भन्ने कुरातर्फ पनि लेखक सचेत हुन सकेको भए उपन्यास अझ सुन्दर हुने भन्दै सुझाव प्रस्तुतसमेत गरे । कार्यक्रममा बोल्दै लेखक रिजालले कर्णाली केबल १० जिल्लाको भूगोल मात्रै नभएको र यो सिङ्गो सभ्यताको अर्को नाम भएको बताए । यति महान् सभ्यताको अध्ययन र अनुसन्धान हुन नसकेको र लेखिएको इतिहास पनि अपुरो एवम् तथ्यहीन रहेको कुराले आफूलाई यो उपन्यास लेख्न प्रेरित गरेको उनले जिकिर गरे । खस सभ्यता त्रिशूली हुँदै पूर्व कोशीपारिसम्मै पुगेको हुँदा यसको तथ्य खोजिनुपर्नेमा उनले जोड दिए । पहिलो उपन्यास ‘हटारु’ लेखनको सन्दर्भ कोट्याउँदै उनले पहिलो उपन्यास माटोको मायाले प्रेरित रहेतापनि यो उपन्यास नेपालको ऐतिहासिकताको अनुसन्धानलाई थप बल पुगोस् भनी गाथाको जगमा इतिहासको तथ्यलाई जोडेर उपन्यास बुनिएको स्पष्ट पारे । माटो, राज्य, संस्कृति, सभ्यता र नलेखेको इतिहासप्रतिको मोह नै पैकेलो उपन्यासको लेखनगर्भ रहेको उनले बताए । यो कर्णालीको मात्रै नभई समग्र नेपालको कथा हो भनी उल्लेख गरे । मस्टालाई कुलदेवता मान्ने कर्णालीको आस्थामाथि कर्णालीको इतिहास लेख्ने कतिपय स्वघोषित इतिहासकारले प्रेतदेवता भनेर गलत तथ्य लेखिएकाले कर्णालीको इतिहासको गहिरो अनुसन्धान गरी पुनर्लेखन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली लेखक सङ्घ, गण्डकीका अध्यक्ष दीपक समीपको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष समीपले लेखकको लेखनको निरन्तरताको कामना गर्दै उपन्यासको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा संस्थाका सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले खोजमूलक लेखन निकै कठिन र संवेदनशील रहेकाले गम्भीरतापूर्वक कलम चलाउनुपर्नेमा जोड दिए । यस प्रकारको लेखनमा लेखकहरू चुक्ने गरेको बताउँदै उनले ऐतिहासिक लेखनको आवश्यकता नेपालजस्तो बहुलतायुक्त देशमा सधैँ रहिरहने विचार व्यक्त गरे । संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव सञ्जीव पौडेलले गरेका थिए ।
May 23
सम
सम्मोहन साहित्यिक पत्रिका
· May 23
मोहनविक्रमलाई गोकुल पुरस्कार !
पोखरा, जेठ ९ गते । ‘गोकुल वाङ्मय पुरस्कार २०८२’ बाट साहित्यकार तथा समालोचक मोहनविक्रम सिंह पुरस्कृत हुनुभएको छ । २०४९ सालमा स्थापित ‘गण्डकी साहित्य सङ्गम’, पोखराले शनिवार क्रान्तिद्रष्टा कवि गोकुल जोशीको ९७ औं जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिंहलाई ४० हजार रुपियाँसहित सो पुरस्कार प्रदान गरेको हो । सम्मानित व्यक्तित्व सिंहले आफूलाई सम्मान गरेकामा संस्थालाई धन्यवाद दिँदै गोकुल जोशी नेपालको प्रगतिशील साहित्यको महान् विभूति भएको उल्लेख गर्नुभयो । उहाँको नामबाट स्थापना गरिएको पुरस्कारबाट सम्मानित हुनु आफ्ना लागि गौरवको विषय भएको बताउँदै सिंहले गोकुल जोशीले साहित्य सिर्जनाद्वारा समाज र जीवनमा परिवर्तनका लागि जोड दिएको उल्लेख गर्नुभयो । जोशीका रचनामा जीवनको दर्शन र क्रान्तिको उद्घोष पाइने बताउँदै उहाँले आफ्नो पनि दुईचारपटक गोकुल जोशीसँग भेट भएको सन्दर्भ समेत कोट्याउनुभयो । कार्यक्रममा सम्मानित प्रतिभा मोहनविक्रमको साहित्यिक योगदानमाथि प्रतिभा छनौट समितिका सदस्य प्रा.डा. यदुनन्दन उपाध्यायले प्रकाश पार्नुभएको थियो भने गोकुल जोशीको जीवनी, व्यक्तित्व तथा कृतित्वका बारेमा साहित्यकार एवम् बुद्धिजीवीहरु डा. कृष्णराज अधिकारी, रामराज रेग्मी, रघुनाथ अधिकारी, चन्द्रप्रकाश बानियाँ, शङ्कर बराल, झलकपाणि तिवारी, डा बुद्धिबहादुर थापा, नुमराज बराल लगायतले चर्चा गर्नुभएको थियो । सोही सन्दर्भमा गण्डकी साहित्य सङ्गम, पोखराको आवधिक प्रकाशन ‘गण्डकी सङ्गम’को पूर्णाङ्क– २२ लोकार्पण गरिएको थियो । प्रकाशित उक्त पत्रिकामाथि समीक्षक राजेन्द्र पौडेलले टिप्पणी गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष पद्मराज ढकालद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रमको अध्यक्षता भीम रानाभाटले र सञ्चालन सचिव नारायण मरासिनीले गर्नुभएको थियो ।
May 19
सम
सम्मोहन साहित्यिक पत्रिका
· May 19
मोहनविक्रम सिंहलाई ‘गोकुल वाङ्मय पुरस्कार’
पोखरा । गण्डकी साहित्य सङ्गम, पोखराले गोकुल वाङ्मय पुरस्कार २०८२ वरिष्ठ प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहलाई प्रदान गर्ने भएको छ । शोभाकान्त गौडेलको संयोजकत्वमा गठित सल्लाहकार डा. कृष्णराज अधिकारी र प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. यदुनन्दन उपाध्यायसमेत तीन जनाको समितिले सर्वसम्मत सिफारिस गरेअनुरूप करिब ६ दशकदेखि प्रगतिवादी साहित्यका फाँटमा निरन्तर साहित्य साधना गर्दै आएका स्रष्टा एवम् द्रष्टा सिंहलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार ९७ औं गोकुल जयन्तीको अवसर पारेर यही जेठ ९ गते शनिवारका दिन पोखरामा विशेष समारोहका साथ हस्तान्तरण हुने बताइएको छ । सङ्गमले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवादविरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टा–द्रष्टाहरुलाई प्रेरणा, प्रोत्साहन एवम् सम्मान गर्न २०५२ सालदेखि राष्ट्रिय तहमा रु. ४० हजार रहेको ‘गोकुल वाङ्मय पुरस्कार’ र क्षेत्रीय तहमा रु. २० हजार नगद रहेको ‘गण्डकी वाङ्मय पुरस्कार’ एक /एक वर्ष बिराएर प्रदान गर्दै आएको छ । १९९२ सालमा प्युठानको ओखरबोटमा जन्मेका मोहनविक्रम सिंहका ‘प्युठानको किसान समस्या र सङ्घर्ष’ (राजनीतिक पुस्तक, २०११), ‘इन्क्लाव जिन्दावाद’ (कविता सङ्ग्रह, २०१७), ‘युग बोल्छ’ (गीति नाटक, २०३४), ‘विश्व कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास (२०३८), ‘गङ्गा–काबेरी एक्सप्रेस’ (लामो कविता, २०४०), ‘झिमरुक नदी र चिबे चराको कथा’ (खण्डकाव्य, २०४२), ‘विचार, विवेचना र विश्लेषण’ (समालोचना, २०४२),‘आदि विद्रोह’ (खण्डकाव्य, २०४२), ‘बाह्र मई (नाटक, २०४६), ‘महिला मुक्तिको महान गाथा (समालोचना, २०४८), ‘कामरेड जलजला’ (उपन्यास, २०८१) लगायतका पुस्तकहरु प्रकाशित छन् । उक्त गोकुल वाङ्मय पुरस्कारद्वारा यसभन्दा पहिले केवलपुरे किसान— २०५२, खगेन्द्र सङ्ग्रौला— २०५४, गोविन्द भट्ट— २०५६, श्यामप्रसाद शर्मा— २०५८, रमेश विकल— २०६०, निनु चापागाईँ— २०६२, मोहन वैद्य (चैतन्य)— २०६४, आनन्ददेव भट्ट— २०६६, घनश्याम ढकाल— २०६८, मोदनाथ प्रश्रित— २०७०, हरिहर खनाल— २०७२, जीवन शर्मा— २०७४, डा. ऋषिराज बराल– २०७८ र ईश्वरचन्द्र ज्ञवाली– २०८० पुरस्कृत भइसकेको जानकारी संस्थाका सचिव नारायण मरासिनीले दिएका छन् ।
May 18
सम
सम्मोहन साहित्यिक पत्रिका
· May 18
स्याङ्जामा नियमित भेटघाट तथा सिर्जना वाचन
स्याङ्जा । साहित्यिक अभियानमा स्याङ्जाली नारीद्वारा आयोजित नियमित भेटघाट तथा सिर्जना वाचन समारोह सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष लक्ष्मी रेग्मी खनालको सहजीकरणमा भएको कार्यक्रममा स्याङ्जाली साहित्यकारहरूको सहभागिता रहेको थियो । नियमित भेटघाट र सिर्जना वाचन कार्यक्रम नाम दिइएको कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठान, वालिङ, स्याङ्जाका अध्यक्ष यमकान्त खनाल र सचिव श्यामप्रसाद ढुङ्गाना, जेष्ठ नारी स्रष्टा दमकला बगाले, अग्रज साहित्यकार लेखनाथ काफ्ले, सर्जक कमलप्रसाद बगाले, वसन्त खनाल, ढालबहादुर केसी, सिर्जना खनाल, सरस्वती काफ्ले, मञ्जु पराजुली, आशिष मिजारलगायतले आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए । कार्यक्रममा सूर्यप्रसाद खनालले नारी स्रष्टाको यो कर्म सराहनीय रहेको र निरन्तरतालाई मुख्य केन्द्रविन्दु बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा गीता ढकाल, रमेश अधिकारी, विश्व पराजुली, देव बुढाथोकी, सूर्यांश काफ्ले र सुलभ खनाललगायतको सहभागिता रहेको थियो ।
May 18
सम
सम्मोहन साहित्यिक पत्रिका
· May 18
साहित्य शृङ्खलाको प्रकाशन २२ औँ अङ्क सिर्जना आलोक लोकार्पण
पोखरा । साहित्य शृङ्खला पोखराद्वारा प्रकाशित पत्रिकार सिर्जना आलोकको २२ औँ अङ्क सार्वजनिक भएको छ । शृङ्खलाले नियमित रचना वाचनको २८४ औँ शृङ्खलासँगै आफ्नो नियमित प्रकाशन सिर्जना आलोकको नयाँ अङ्क सार्वजनिक गरेको हो । पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रेश्वर कोरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोइरालाले नियमित आकस्मिकताको दर्शनबारे चर्चा पार्दै आकस्मिकता गुणात्मक हुने धारणा राखे । उनले शृङ्खलाका गतिविधिहरू निरन्तर हुनु खुसीको कुरा भएको बताए । शृङ्खलाका सल्लाहकार डा. कृष्णराज अधिकारीले डिजिटल लतमा लाग्नेहरूलाई पठन संस्कृतिलाई अगि बढ्न सुझाव दिए । साहित्यिक सामग्रीहरू लक्षित वर्गसम्म पुग्नुपर्ने, युवा केन्द्रित रचना सिर्जना गर्नुपर्ने र उनीहरूलाई आकषर्ण गर्दै नाराका रूपमा मात्र नभई कलालाई अघग सार्नुपर्नेमा जोड दिए । साहित्यकार नारायण मरासिनीले जेठ महिनालाई क्रान्तिको कविता लेख्ने कवि शिद्धिचरण श्रेष्ठ, काव्य लेखन प्रगतिशील कविता लेख्ने मानक कवि गोकुल जोशी र पत्रकारितासँगै प्रगति फाँटका कवि कृष्ण सेन इच्छुकलाई सम्झना गर्नुपर्ने महिनाका रूपमा चर्चा गरे । संस्थाका सल्लाहाकार एवम् दर्शनशास्त्री रामराज रेग्मी, पूर्वअध्यक्ष लोकनाथ पुडासैनी, शृङ्खलाका परिकल्पनाकार धनप्रसाद तामाङ, वामबुद्धिजीवी रामजी थापा, मार्क्सवादी स्रोत अध्ययन केन्द्रका अध्यक्ष झलकपाणि तिवारी, गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीमरानाभाट, नियात्रा समाजका केन्द्रीय सदस्य एवम् कलाकार तिलक पुन पुर्जालगायतले संस्थाको गतिशीलताका बारेमा चर्चा गर्दै शुभकामना मन्तव्य दिएका थिए । सिर्जना आलोकको समीक्षा सहप्राध्यापक डा. पुण्यप्रसाद शर्माले गरेका थिए । उपप्राध्यापक एवम् आलोक शृङ्खलाका सम्पादक परशुराम कोइरालाले सम्पादकीय भनाइ राखेका थिए भने अर्का सम्पादक उपप्राध्यापक निर्मल सापकोटाले कार्यक्रमको दौरानमा वाचित रचनाहरुको मिहिन समीक्षा गरेका थिए । सो अवसरमा सङ्गम सांस्कृतिक मञ्च,नेपालका विकास लुङ्गेली, खेम लामा, डिबी बान्तवालगायतले साङ्गीतिक प्रस्तुति राखेका थिए । लघुकथा प्रतिष्ठान, पोखराका अध्यक्ष कल्याण पन्त, सचिव विष्णुप्रसाद बास्तोला, सदस्य ढाकामोहन बराल, पोखरेली युवा सांस्कृतिक परिवारका उपाध्यक्ष लक्ष्मण थापा, प्रगतिवादी कवि नुमराज बराल, साहित्यकार विद्याविमल बराल, जमुना कायस्थ, सिर्जना साहित्य सदन, घाचोकका पूर्वअध्यक्ष टेकनाथ पिडित, पूर्वप्रधानाध्यापक हृषिकेश बराल, शोभाकान्त गौडेल, कथाकार आरसी आचार्यलगायतका स्रष्टाहरूले आफ्ना रचना सुनाएका थिए । विभिन्न साहित्यिक सङ्घ संस्थाहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’ ले गरेका थिए । उपस्थित महानुभावहरूलाई शृङ्खलाकी सदस्य लोचना अधिकारीको स्वागतमा भएको कार्यक्रमको संस्थाका सचिव काजी गाउँलेले कार्यक्रम सञ्चालन गरेका थिए ।
May 18
सम
सम्मोहन साहित्यिक पत्रिका
· May 18
समताको ३९४ औँ शृङ्खला विद्यार्थी विशेष
पोखरा, जेष्ठ २ गते । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा नियमित रूपमा सञ्चालित समता काव्य सन्ध्याको ३९४ औँ शृङ्खला शनिवार सम्पन्न भएको छ । साहित्य, सङ्गीत र कलाको त्रिवेणीका रुपमा वि. सं. २०३४ सालदेखि अविच्छिन्न रूपमा क्रियाशील पोखराको अग्रणी वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले मदरल्याण्ड माध्यमिक विद्यालयको प्रेक्षालयमा विद्यार्थी विशेष शृङ्खला सम्पन्न गरेको हो । कार्यक्रमका सुप्रसिद्ध साहित्यकार डा. ईश्वरमणि अधिकारीले पोखरेली युवा सांस्कृतिक परिवारद्वारा विगत तेत्तिस वर्षदेखि सञ्चालित ‘समता काव्य सन्ध्या’ले नियमित कार्यक्रममै सन्ध्या नायक, नयाँ पुस्ता विशेष, नारी स्रष्टा विशेष, छन्द कविता विशेष आदि शृङ्खला सञ्चालन गर्दै आइरहेकामा विद्यार्थी विशेष शृङ्खला सञ्चालन गरेको बताए । विद्यार्थीका कवितामा अनुभूतिको तीव्रता, समाज, देश र परिवारप्रतिको संवेदनशीलता देख्दा यिनको साहित्यिक भविष्य उज्ज्वल देखिएको उनको भनाइ थियो । अर्का प्रसिद्ध साहित्यकार दीपक समीपले आफूले पनि विद्यार्थीकालदेखि नै लेख्न थालेर यहाँसम्म आइपुगेको र यहाँका विद्यार्थीहरुको प्रतिभा देख्दा आफ्नो बाल्यकाल याद आएको बताए । विद्यालयका निर्देशक त्रिभुवन शर्माले पोखरेली युवा सांस्कृतिक परिवारले यस्तो आफ्नो विद्यालयमा समता काव्य सन्ध्या आयोजना भएकामा खुसी व्यक्त गरे । कार्यक्रममा विद्यालयका विद्यार्थीहरू शाश्वत पौडेल, सुविका घिमिरे, सुम्निमा क्षेत्री, सुस्मिता आचार्य, रिभा आचार्य, शुभानी पौडेल, नम्रता ढकाल, अक्षता पाण्डेका साथै अग्रज कविहरू नवराज न्यौपाने, रेशम गिरी, केशु शर्मा, सतीश रेग्मी, ढाकामोहन बराल, रती भट्टराई, देवेन्द्र चिनार, वसन्त चालिसे, भगवती बञ्जारा, प्रेमनारायण पोखरेल, विद्याविमल बराल, एकदत्त लम्साल, हरि पौडेल, लोचना अधिकारी, रोशन तिमिल्सिना, चन्द्रावती वाग्ले, निकेश गिरी, मनोज गौतम, शान्ति कँडेल, भवसागर घिमिरे, तेजबहादुर गुरुङ, आशिष रेग्मी, विमला अधिकारी, सिर्जना आचार्यलगायतले आफ्ना कविता वाचन गरेका थिए । परिवारका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत र सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।
Apr 26
सम
सम्मोहन साहित्यिक पत्रिका
· Apr 26
पराजुलीको `बखान´ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श
स्याङ्जा, वैशाख १३ गते । युवा लेखक, पत्रकार वसन्त पराजुलीको `बखान´ उपन्यासमाथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले आइतबार अपरान्ह नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट, वालिङ बजारमा विमर्श कार्यक्रम गरेको हो । उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको छ । पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले बखान उपन्यास बखानसिंह गुरुङको जीवनीसँगसँगै एउटा इतिहासको कालखण्ड भएको बताए । `बखानमा सात सालको क्रान्तिको कथा, त्यो बेलाको जीवनको तस्वीर, सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको छ´ समीरले भने - `चितवनको बस्ती विकासको इतिहास, नेपाली कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत उपन्यासमा केलाइएको छ ।´ कार्यक्रममा उपन्यासकार पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर उपन्यास तयार पारेको बताए । चितवनको बस्ती विकास, सहकारी स्थापना र चितवनको राजनीतिमा बखानसिंह गुरुङले पुर्याएको योगदानलाई आफूले उपन्यासमा उतारेको पराजुलीले बताए । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङको योगदानको चर्चा गर्दै बखानसिंहलाई पुस्तकमा उतार्ने काम गरेकोमा लेखक पराजुलीलाई धन्यवाद दिए । कार्यक्रमलाई कवि, निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष रहेका पराजुलीका यसअघि `कुमाता´, `मोम्चो´ र `ड्रीमी आइज´ कथासङ्ग्रह प्रकाशित छन् ।