बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ आईसीटी समाचार
आई
आईसीटी समाचार
ICT Samachar · ictsamachar.com · प्रविधि
ictsamachar.com
आईसीटी समाचार मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर आईसीटी समाचारका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
NepaliTelecom
TS
TechSansar
IB
ICT BYTE
GN
Gadgets In Nepal
TK
Technology Khabar
TM
Techmandu
TS
TechSathi
आई
आईसीटी समाचार
सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक
काठमाडौं । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्ण डिजिटल रूपान्तरण गर्ने उद्देश्यका साथ ‘जेजे लाइट’ नामक नयाँ सफ्टवेयर सार्वजनिक गरिएको छ । विगत ८ वर्षदेखि नेपाली गहना व्यवसायलाई ‘जे-ज्वेलरी सफ्टवेयर’ मार्फत सेवा दिँदै आएको मातृका टेक्नोलोजीले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रमबीच आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो ।पुस्तौँदेखि परम्परागत सिप, मौलिक डिजाइन र सांस्कृतिक अभ्यासमा निर्भर रहँदै आएको नेपाली सुनचाँदी व्यवसाय पछिल्ल
आई
आईसीटी समाचार
नेपाल टेलिकमको नयाँ अफर : ४,९९९ रुपैयाँमै वार्षिक इन्टरनेट प्याकेज, जडान शुल्क पनि नलाग्ने
काठमाडाैं । नेपाल टेलिकमले एफटीटीएच अर्थात् घरसम्म फाइबर सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ प्याकेज सञ्चालनमा ल्याउने भएको छ ।कम्पनीका अनुसार वाइफाइ ६ व्यक्तिगत प्याकेजअन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा जडान गर्दा १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ ।त्यस्तै, कम्पनीले नयाँ प्याकेजका रूपमा ३० एमबीपीएसको इन्टरनेट सेवा पनि ल्याएको छ । यो प्याकेज वार्षिक
आई
आईसीटी समाचार
नबिल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, एनबैंक एपबाटै आवेदन दिन सकिने
काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङलाई थप सहज र आधुनिक बनाउने उद्देश्यसहित ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । अब ग्राहकले बैंकको एनबैंक एपमार्फतै भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन र प्राप्त गर्न सक्नेछन् ।बैंकले बिहीबारदेखि सञ्चालनमा ल्याएको यो सेवामार्फत ग्राहकले परम्परागत क्रेडिट कार्ड लिन आवश्यक पर्ने कागजी प्रक्रिया र झन्झटबिना नै डिजिटल माध्यमबाट कर्जा सुविधा उपयोग गर्न सक्नेछन् ।भर्चुअल क्रेडिट कार्डका लागि योग्य ग्राहकले एनबैंक एपको होमपेजमा रहेको
आई
आईसीटी समाचार
युवा उद्यमी बन्न चाहनुहुन्छ ? राष्ट्रिय युवा परिषद्ले खुलायो आवेदन
काठमाडौं । राष्ट्रिय युवा परिषद्ले नवीनतम तथा सिर्जनशील व्यावसायिक सोच भएका युवालाई उद्यमी बनाउन युवा नवप्रवर्तन तथा इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार १६ देखि ४० वर्षसम्मका नेपाली नागरिकलाई लक्षित गरी पाँचदिने कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम २०८३ साल मंसिर महिनामा सञ्चालन हुने परिषद्ले जनाएको छ ।परिषद्को सूचनाअनुसार कार्यक्रम लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन इच्छुक युवा
आई
आईसीटी समाचार
नेपाल-भारतबिच व्यापार, लगानी र प्रविधिमा सहकार्य आवश्यक : मन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई उत्पादनमुखी, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभएको छ ।नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको ३२ औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले द्विपक्षीय सम्बन्धबाट उपलब्ध अवसरलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।मन्त्री खनालले आर्थिक कूटनीति अब परराष्ट्र मन्त्रालय, औपचारिक वार्ता र स
आई
आईसीटी समाचार
स्मार्टफोनबाटै टिभीमा युट्युब अकाउन्ट कसरी लगइन गर्ने ?
काठमाडौं । प्रविधिको विकाससँगै स्मार्ट टिभीमा विभिन्न एप प्रयोग गर्ने तरिका पनि सहज हुँदै गएको छ । विशेष गरी युट्युब प्रयोगकर्ताका लागि टिभीमा आफ्नो अकाउन्ट लगइन गर्न अब पासवर्ड टाइप गरिरहनुपर्ने झन्झट कम भएको छ । स्मार्टफोनको सहयोगमा पनि टिभीमा युट्युब साइन इन गर्न सकिन्छ ।पहिले एन्ड्रोइड टिभी वा गुगल टिभीमा युट्युब अकाउन्ट लगइन गर्न रिमोटको सहायताले भर्चुअल किबोर्डमा इमेल तथा पासवर्ड टाइप गर्नुपर्ने अवस्था थियो । तर, स्मार्टफोनबाटै लगइन गर्ने सुविधाले यो प्रक्रिया थप सहज बनाएको छ ।यसका लागि सब
आई
आईसीटी समाचार
डिजिटल विज्ञापनदेखि क्लिन फिडसम्म, नियमन कसिलो बनाउँदै बोर्ड
काठमाडौं । विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले डिजिटल विज्ञापनको प्रभावकारी नियमन, सरकारी विज्ञापनको एकद्वार व्यवस्थापन, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण र विज्ञापनसम्बन्धी कानुन संशोधनलाई प्राथमिकतामा राखेको छ ।बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पेस गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा आगामी कार्यदिशा र हालसम्मका उपलब्धि समेटिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत राष्ट्रिय विज
आई
आईसीटी समाचार
लमहीमा सेफ राइडको शाखा विस्तार, बाइकदेखि एम्बुलेन्ससम्मको सेवा सुरु
दाङ । राइड सेयरिङ सेवा प्रदायक कम्पनी सेफ राइड प्रा.लि.ले दाङको लमहीमा शाखा कार्यालय स्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले स्थानीयस्तरमा प्रविधिमा आधारित यातायात सेवा विस्तार गर्ने उद्देश्यसहित लमहीबाट आफ्नो सेवा सुरु गरेको हो ।लमही नगरपालिका ५ मा बुधबार आयोजित कार्यक्रममा त्रिशिद्धेश्वरी राप्ती सेवा यातायात प्रालिका अध्यक्ष सुरेश हमालले शाखा कार्यालय उद्घाटन गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।कम्पनीका अनुसार प्रारम्भिक चरणमा बाइक, अटो, कार र एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । यसका अतिरिक
आई
आईसीटी समाचार
अब घरमै आइपुग्छ नेपाल टेलिकमको नयाँ सिम, अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि हुलाक सिम सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत ग्राहकले अब टेलिकमको काउन्टरमा लाइनमा बस्न नपरी अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिमकार्ड हुलाक मार्फत घरदैलोमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।सूचना तथा सञ्चार मन्त्री माननीय डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमका बिच सो सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले पहिलो ग्राहकको
आई
आईसीटी समाचार
गरिमा विकास बैंकको बीसौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको बीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ ।उक्त साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पेश भएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।साधारणसभाले बैंकको आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास ब
आई
आईसीटी समाचार
नबिल बैंकको ४२ औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो ।सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांश समेत पारित गरेको छ । साधारणसभा उद्घाटन कार्यक्रममा पहिलो पटक मौलिक संस्
आई
आईसीटी समाचार
गल्तीले मोबाइल नम्बर भयो डिलिट ? नआत्तिनुहोस्, यसरी सजिलै गर्नुहोस् रिकभर
काठमाडौं । स्मार्टफोनमा धेरै उत्कृष्ट सुविधाहरू उपलब्ध छन्, तर केही मानिसहरूको व्यस्त जीवनशैलीका कारण केही महत्वपूर्ण सुविधाहरूमा पनि ध्यानै नजान सक्छ । तर चिन्ता गर्नुपर्ने कुनै कारण छैन किनभने हामी तपाईंलाई सिकाउँछौं कि आफ्नो स्मार्टफोनबाट डिलिट भएका मोबाइल नम्बरलाई कसरी रिकभर गर्ने ।यो स्मार्टफोनको युग हो, र कुनै पनि सम्पर्क नम्बर सम्झन आवश्यक पर्दैन् । तर, यदि कुनै प्राविधिक समस्याका कारण सम्पर्क सूचीबाट नम्बर डिलिट हुन्छ भने पनि त्यसलाई सजिलै रिकभर गर्न सकिन्छ ।जीमेल कन्ट्याक्ट सिंकधेर
आई
आईसीटी समाचार
‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ मा हरित प्रविधिबारे छलफल
काठमाडौं । नेपालमा विद्युतीय तथा इलेक्ट्रोनिक सामाग्रीको बढ्दो प्रयोगसँगै उत्पन्न हुने फोहोर (ई-वेस्ट) व्यवस्थापनका चुनौती, सम्भावना र दिगो समाधानबारे छलफल गर्न काठमाडौंमा ‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ अहिले जारी छ ।आहा नेपालको आयोजनामा तथा Doko Recyclers को सहआयोजनामा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान १० बजेदेखि सुरु भएको संवाद ‘Responsible Technology for a Sustainable Future’ अर्थात् ‘दिगो भविष्यका लागि जिम्मेवार प्रविधि’ भन्ने न
आई
आईसीटी समाचार
विद्युतीय फोहोरलाई आर्थिक अवसरका रूपमा उपयोग गरौँ : प्रा.डा. सुदन झा
काठमाडौं । काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ प्रा.डा. सुदन झाले विद्युतीय फोहोर (इ-वेस्ट) व्यवस्थापनलाई राष्ट्रिय नीतिको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै उत्पन्न हुने फोहोरको उचित व्यवस्थापन, पुन:प्रयोग र त्यसबाट सिर्जना हुन सक्ने आर्थिक अवसरको खोजी आवश्यक रहेको उनको भनाइ छ ।ग्रीन डिजिटल नेपाल इ-वेस्ट संवाद २०२६ मा बोल्दै प्रा.डा. झाले विश्वभर इन्टरनेटमा जोडिएका विद्युतीय उपकरणको सङ्ख्या करिब २२ अर्ब पुगेको उल्लेख गरे
आई
आईसीटी समाचार
एआई सुरक्षामा कडा विश्वव्यापी निगरानीको माग, ४०० विज्ञले जारी गरे खुला पत्र
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न विश्वभरका वैज्ञानिक तथा प्रविधि विज्ञहरूले शक्तिशाली अन्तर्राष्ट्रिय संस्था गठन गर्न माग गरेका छन् ।एआई क्षेत्रका प्रख्यात अनुसन्धाता जेफ्री हिन्टन र योशुआ बेंगियोसहित करिब ४०० वैज्ञानिक तथा विज्ञले मंगलबार सार्वजनिक गरेको खुला पत्रमार्फत उन्नत एआई प्रणालीको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रियस्तरमा साझा मापदण्ड र पारदर्शी अनुगमन प्रणाली विकास गर्न आह्वान गरेका हुन् ।उनीहरूका अनुसार प्रस्तावित अन्तर्राष्ट
आई
आईसीटी समाचार
एआई कम्पनीमाथि कडाइ गर्ने अस्ट्रेलियाको तयारी, स्वतन्त्र सुरक्षा परीक्षण गर्न सिफारिस
काठमाडौं । अस्ट्रेलियाको संसदीय समितिले कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूको सुरक्षा प्रणाली प्रभावकारी बनाउन स्वतन्त्र विज्ञमार्फत नियमित जाँच गर्ने व्यवस्था लागू गर्न सरकारलाई सिफारिस गरेको छ । एआई प्रणालीमा देखिन सक्ने सुरक्षा कमजोरी पहिचान गर्न र नागरिकको व्यक्तिगत तथ्यांक सुरक्षित राख्न यस्तो व्यवस्था आवश्यक रहेको समितिको निष्कर्ष छ ।संघीय संसद्ले गत अगस्टमा गठन गरेको बहुदलीय समितिले सोमबार राति प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई प्रारम्भिक सुझावसहित पत्र पठाउँदै प्रमुख एआई कम्पनीहरूको सुरक
आई
आईसीटी समाचार
खोटाङ प्रशासनको सेवा प्रवाह प्रविधिमैत्री बन्दै, कार्यालय नपुगी घरबाटै सेवा लिन सकिने
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थितिबिनै विभिन्न सेवा लिन सकिने व्यवस्था सुरु गरेको छ । सेवा प्रवाहलाई सहज, छिटो, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले प्रशासनले पहिलो चरणमा चार प्रकारका सेवा अनलाइन माध्यमबाट उपलब्ध गराउन थालेको हो ।प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार सेवाग्राहीले आवश्यक कागजात आफैँ वा नजिकैको वडा कार्यालयको सहयोगमा प्रशासनको इमेल वा ह्वाट्सएपमार्फत पठाएर सेवा लिन सक्नेछन् ।प्रशासन कार्यालयसम्म पुग्दा सेवाग्राहीको समय र खर्च दुवै बढ्ने
आई
आईसीटी समाचार
चाडपर्वमा साइबर ठगी रोक्न राष्ट्र बैंकको कडाइ, बैंकहरूमा २४ घण्टा निगरानी र फोकल पर्सन अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार तथा छठ पर्वका सार्वजनिक बिदामा हुन सक्ने विद्युतीय आर्थिक ठगी नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ ।राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले असोज २७ गते सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई फोकल पर्सनको नाम, पद, मोबाइल नम्बर र २४ सै घण्टा निगरानी हुने ड्युटी इमेल ठेगाना उपलब्ध गराउन भनेको हो
आई
आईसीटी समाचार
दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गरिँदै
काठमाडौं । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ ।उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो ।शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शि
आई
आईसीटी समाचार
इन्डोनेसियामा सनवे कलेज काठमाडौं सम्मानित, जित्यो अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं । सनवे कलेज काठमाडौंले कृत्रिम बुद्धिमत्ता (AI) शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्दै प्रतिष्ठित ‘ASOCIO Digital & AI Awards 2026’ अन्तर्गत ‘AI in Talent Development Award’ प्राप्त गरेको छ । उक्त पुरस्कार सन् २०२६ अक्टोबर ६ मा इन्डोनेसियाको जकार्तास्थित स्विसोटेल जकार्ता पीआईके एभिन्यूमा आयोजित समारोहमा प्रदान गरिएको हो ।अक्टोबर ५ देखि ७ सम्म सञ्चालन भएको ASOCIO Digital & AI Summit 2026 अन्तर्गत आयोजित पुरस्कार वितरण समारोहमा एसिया तथा ओसिनियाका