साहित्य / विषय
१ स्रोतबाट ९ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
Jun 9केटाकेटी अनलाइन· Jun 9कविता लेखन प्रतियोगिता सम्पन्नएडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल, ईप्सन भक्तपुरको आयोजनामा मिति २०८३ जेठ २४ र २५ गते दुईदिने कविता लेखन प्रशिक्षण तथा कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ। संस्थाका १० वटा सदस्य विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रछात्रा सम्मिलित उक्त कार्यक्रममा बुढ्यौली साहित्यिक समाज भक्तपुरका साहित्यकार द्वय जिवनाथ अधिकारी र दिनानाथ पोख्रेलले कविता लेखन प्रशिक्षण प्रदान गर्नु भएको थियो। The post कविता लेखन प्रतियोगिता सम्पन्न appeared first on Ketaketi Online.
May 23केटाकेटी अनलाइन· May 23म अनि महरेक बिहान म उठ्थेँ, विद्यालय जान्थेँ, साथीहरूसँग हाँस्थेँ र दिन बिताउँथेँ। बाहिरबाट हेर्दा म अरू सबैजस्तै सामान्य देखिन्थेँ। तर मेरो मनभित्र भने अर्कै संसार थियो। त्यहाँ अर्को “म” बस्थ्यो । एउटा म थियो जसले धेरै सपना देख्थ्यो, कविता लेख्न चाहन्थ्यो, कार्यक्रममा भाग लिन चाहन्थ्यो, हात उठाएर उत्तर दिन चाहन्थ्यो । The post म अनि म appeared first on Ketaketi Online.May 22केटाकेटी अनलाइन· May 22म को हुँम एक सचेत, जिम्मेवार, मेहनती र अनुशासित विद्यार्थी हुँ । म मेरो देश–समाजको प्रिय सन्तान, विद्यालयको असल विद्यार्थी र समाजको एक जिम्मेवार सदस्य हुँ । मेरो उद्देश्य परिश्रम, विश्वास, अनुशासन र सपना हुन् । म जीवनलाई केवल बिताउने समय नभई केही राम्रो गर्ने अवसरका रूपमा लिन्छु । The post म को हुँ appeared first on Ketaketi Online.May 8केटाकेटी अनलाइन· May 8बालसाहित्य एकेडेमी स्थापना हुनुपर्छ : पूर्व राजदूत प्रा.डा. जयराज आचार्यपन्त स्मृति प्रतिष्ठानको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न लेखकलाई सम्मान गर्न आयोजित समारोहका प्रमुख अतिथि विद्वान् व्यक्तित्व पूर्व राजदूत प्रा.डा. जयराज आचार्यले बालसाहित्य ऐकेडेमी स्थापना हुनुपर्छ भन्नुभएको थियाे । उक्त समाराेहमा बालसाहित्यमा विशेष योगदानका लागि केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरे पुरस्कृत हुनुभएकाे थियाे । The post बालसाहित्य एकेडेमी स्थापना हुनुपर्छ : पूर्व राजदूत प्रा.डा. जयराज आचार्य appeared first on Ketaketi Online.
Jan 15केटाकेटी अनलाइन· Jan 15मेरा रहरहरूसानो सानो उमेर सानै छन् यी रहर फिँजाई मनका पखेटा कोर्न मन छ गोरेटा । The post मेरा रहरहरू appeared first on Ketaketi Online.Jan 15केटाकेटी अनलाइन· Jan 15खै मेरोे अधिकार ?सानी छु म अहिले ठुली हुम्ला कहिले सानो मेरो उमेर सानै छन् यी रहर । The post खै मेरोे अधिकार ? appeared first on Ketaketi Online.Jan 2केटाकेटी अनलाइन· Jan 2विभूति दर्पण र साङमो उपन्यास प्रकाशितआदरणीय लेखक सुशीला देउजाज्यूको उत्कृष्ट बालकृति 'विभूति दर्पण' र 'साङमो' उपन्यास प्रकाशित भएको छ । उहाँ बालकृति लेखनमा मिहिनेती अग्रज लेखक हुनुहुन्छ । सम्पदा दर्शन, भाग १ (विश्वसम्पदा सूचीमा समावेश नेपालका विश्वसम्पदाको भ्रमणमा आधारित बालनियात्रा) को अपार सफलतापछि उहाँको सम्पदा दर्शन, भाग २ (सात प्रदेशका सात सम्पदा), अमेरिका दर्शन (अमेरिका भ्रमणमा रमाएका बालबालिकाहरु) र चारुमतीको रहस्य (बालबालिका माझमा अत्यन्त लोकप्रिय, वरिष्ठ कलाकार अविन श्रेष्ठको उत्कृष्ठ चित्रकलामा सजिएको बालचित्रकथा) अत्यन्त सफल कृतिहरु हुन् । यी कृतिहरुका लागि उहाँले आधा दर्जन बढी बालसाहित्य पुरस्कार र सम्मानहरु प्राप्त गर्न सफल हुनुभयो । The post विभूति दर्पण र साङमो उपन्यास प्रकाशित appeared first on Ketaketi Online.